कनिका छराइले सकियो करोडौं
१४ असार २०७२
•
१७ मिनेट पाठ
कनिका छराइले सकियो करोडौं
इलाम/पाँचथर/ताप्लेजुङ- आर्थिक वर्ष सकिनै लाग्दा इलामको चमैंतास्थित बाघखोरमा बुधबार एउटा एक्स्काभेटर पुगेको छ। हप्तौं खोज्दा बल्ल भेटिएको त्यो भारी उपकरण अब केही दिन बाघखोरदेखि महभीर हुँदै चमैताको फला"टेसम्म मोटरबाटो बनाउँदै निस्कनेछ। स्थानीय उपभोक्तालाई मध्य वर्षामा मोटरबाटो बनाउनैपर्ने 'बाध्यता' छ, नत्र असार मसान्त नाघे विकास बजेट फ्रिज हुन्छ। त्यो मोटरबाटोलाई छुट्टिएको १२ लाख रुपैया" कति दिनमा कति किलोमिटर मोटरबाटो बनाएर सकिन्छ, धेरैलाई खुल्दुली छ।निर्वाचन क्षेत्र विशेष कार्यक्रमअन्तर्गत इलाम–३ का सभासद केशव थापाले पाएको एक करोड रुपैयाँबाट बाघखोर–फलाँटे मोटरबाटोलाई १२ लाख रुपैयाँ छुट्ट्याइएको थियो। कार्यक्रम सञ्चालन कार्यविधिबमोजिम पहिल्यै उपभोक्ता समिति गठन भए पनि एक्स्काभेटर समयमा नपाउ"दा मोटरबाटो निर्माणमा विलम्ब भएको हो। सीमित बजेटले कयौं घुम्ती र थुपै्र खोल्साखोल्सी नघाएर मोटरबाटो फला"टे पुग्छ या बीचमै कतै टुंगिन्छ, न सभासदलाई थाहा छ न त उपभोक्ता समितिलाई।

'मेरो भूमिका योजना छनोटमा मात्र हो, बा"की सबै जिविसले हेर्छ,' कांग्रेसबाट निर्वाचित सभासद थापाले बिहीबार नागरिकलाई भने, 'कुनकुन योजना कुनकुन चरणमा निर्माण हुँदैछन्, मलाई थाहा छैन।' जिविसका अनुसार आफ्नो नाममा प्राप्त एक करोडबाट थापाले १० योजना छनोट गरेका छन्, ती सबै मोटरबाटो सम्बन्धित छन्। तीमध्ये बिहीबारसम्म पाँचवटा निर्माण सकिएको र पा"चवटा निर्माणकै क्रममा छन्। मध्यवर्षामा बनाइने मोटरबाटोको गुणस्तबारे कोही जवाफदेही छैनन्।

घोषणैदेखि विवादित र आलोचित यो कार्यक्रमअन्तर्गत करोडौं रकम छोटो समयमै यसै गरी देशभरि सकिँदैछ। कार्यक्रमको लक्ष्य र उद्देश्य आफैंमा नराम्रो नभए पनि कार्यान्वयन शैली फितलो हु"दा यसको प्रभावकारिता चित्तबुझ्दो नभएको हो। प्रतिनिर्वाचन क्षेत्र १ करोडका दरले २ सय ४० क्षेत्रकै लागि छुट्टिएको दुई अर्ब ४० करोड रुपैया" फागुनदेखि जिल्लाजिल्लामा निकासा भएको थियो। संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले जिविसमार्फत रकम पठाएको हो।

प्रत्यक्षतर्फका २ सय ४० जनै सभासद संयोजक रहने गरी उनीहरूका निर्वाचन क्षेत्रमा एक–एक करोड रुपैयाँ बेलैमा विनियोजन भए पनि योजना निर्माणको काम ढिलो सुरु भएको हो। उपभोक्ता समिति गठनदेखि निर्माण उपकरण जुटाउँदासम्म झेल्नुपर्ने विवाद र ढिलासुस्तीले समयमा काम नभएको सरोकारवाला बताउँछन्। अधिकतम १० आयोजनामा खर्च गर्न पाउने गरी विनियोजन भएको यो रकम मापदण्ड तोकिएका निश्चित आयोजनामा खर्चिनुपर्ने प्रावधान छ।

तर, जिल्ला–जिल्लाको अवस्था के छ भने विगतमै जसरी मोटरबाटो र खेलमैदान निर्माणमा यसलाई खर्चिएको छ। नियमावलीले बजेट अभावमा कार्यान्वयन हुन नसकेका, बजेट अभावले रोकिएका, प्रकोप–विपद्ले क्षति भएका र केन्द्रीय बजेटमा समावेश हुन नसकेका आयोजनालाई प्राथमिकता दिन भने पनि व्यवहारमा त्यो छैन। जिल्लास्थित दलका अगुवाले राजेका स्थल र आयोजना, त्यसमा पनि धेरैजसो मोटरबाटोमै रकम खर्च गरिएको छ।

कार्यक्रमको उद्देश्यलाई राष्ट्रिय शीर्ष नेताले नै बेवास्ता गरेको देखिन्छ। इलाम–१ बाट निर्वाचित एमाले सभासद झलनाथ खनालले छनोट गरेका आठ आयोजनामध्ये चार मोटरबाटोकै थिए। संविधानसभा अध्यक्ष सुवास नेम्वाङले आफ्नो क्षेत्र इलाम–२ लाई छानेका आयोजनामा मोटरबाटो नै धेरै थिए। इलाम–३ का थापाले १० आयोजनामध्ये १० वटै मोटरबाटो राजेका थिए। शीर्ष नेताले नै कार्यविधि बेवास्ता गरेर योजना छनोट गर्नुलाई 'कार्यकर्ता र मतदाता रिझाउने दाउ' भन्ने धेरै छन्।

नियमावलीले 'जिविसको प्राथमिकतामा परेका पूर्वाधारसम्बन्धी आयोजना'लाई समेट्न भने पनि खासै ध्यान दिइएको छैन। कार्यक्रमको उद्देश्य श्रममा आधारित रोजगारी सिर्जना गर्ने, जनसहभागिता जुटाउँदै उपभोक्ता समितिमार्फत चल्ने, जोखिम न्यूनीकरण गर्ने, एकै आर्थिक वर्षमा सकिने र सार्वजनिक प्रकृतिका अधुरा आयोजना समेट्नुपर्ने प्रावधान छ तर हचुवाका भरमा आयोजना छानिएका छन्। महत्व दिनुपर्ने भनिएका खोलानाला र पहिरो नियन्त्रण, खानेपानी र सरसफाइमा चासो दिइएको छैन।

'स्टिमेट तयार पार्दा लागत खर्च बढी देखाएर पैसा उबार्ने गरी बनाइएका योजना धेरै छन्,' योजना अनुगमनमा हि"डेका एक नेता भन्छन्, 'उब्रिएको पैसा पार्टी र कार्यकर्ता खर्चमा लाउने धेरैको दाउ छ।' सभासदकै नाममा छुट्टिने जनही १५ लाखअन्तर्गतका आयोजना पनि हचुवाको भरमै पूरा हुँदै छन्। मेची पहाडमा सात निर्वाचन क्षेत्रमा एक–एक करोड, ती क्षेत्रबाट निर्वाचित सात सभासदका नाममा १५–१५ लाखका दरले १ करोड ५ लाख र ९ जना समानुपातिक सभासदका लागि १५ लाखकै दरले १ करोड ३५ लाख रुपैया" चार महिनामा खर्च भइसक्न लागेको छ।

स्थानीय विकास अधिकारी सदस्यसचिव रहने गरी 'कार्यक्रम निर्देशन तथा व्यवस्थापन समिति'समेत गठन भएकाले आर्थिक पारदर्शितामा शंका नहुने इलामका योजना अनुगमन तथा प्रशासकीय अधिकृत चोलाराज पोखे्रल बताउ"छन्। 'आयोजनाको छनोट, कार्यान्वयन र व्यवस्थापन कार्य निर्देशित गर्न त्यो समिति सक्रिय छ,' उनी दाबी गर्छन्, 'सरोकारवाला निकायका प्रमुख सम्मिलित समितिले सरकारी रकम दुरुपयोग हुन दिँदैन र आयोजनाको अनुगमन गर्दै जनमुखी पार्न प्रयास गर्दै छ।'

छनोट आयोजनाको अनुगमन र सार्वजनिक सुनुवाइ नगरी अन्तिम भुक्तानी नदिइने प्रावधान छ। यसले रकम चुहावट र काम निष्प्रभावी हुने सम्भावना नरहे पनि अनुगमनमा एकै व्यक्ति दोहोरिइरहने र सुनुवाइमा एकपक्षीय मानिस मात्र बोलाइने आरोप लाग्दै आएको छ। 'सभासदको रकम दुरुपयोग हुन नदिन थुप्रै कानुनी प्रक्रिया र चरण पूरा गरेपछि मात्रै सबै रकम भुक्तानी दिइने व्यवस्था छ,' इलामका स्थानीय विकास अधिकारी मदन कोइराला दाबी गर्छन्, 'जसले गर्दा छनोट भएका आयोजना राम्ररी निर्माण हुनेछन्।'

कामै सुरु भएन
पाँचथर–१ को सुभाङ–सालबोटे–पिनासी मोटरबाटोका लागि ८ लाख ५० हजार रुपैयाँ विनियोजन भए पनि निर्माणकार्य सुरु भएको छैन। असार मसान्त नजिकि"दै गर्दा 'बाटो कता लैजाने' विषयमा उपभोक्ताबीच विवाद हु"दा जिविसमा सम्झौता हुनै ढिलाइ भएको थियो। एउटै बाटोका लागि दुइटा समिति गठन भएपछि बजेट आधाआधा बाँडेर निर्माण अघि बढाउने उपभोक्ताको निर्णय जिविसले अमान्य ठहर्याटएपछि काममा ढिलाइ भएको हो।

समिति अध्यक्ष नरेश चम्लागाईंका अनुसार बाटो निर्माण विवाद अझै सुल्भि्कएको छैन। लयप्रसाद संग्रौला अध्यक्ष रहेको समानान्तर समितिले इलामस्थित पुनरावेदन अदालतमा सम्झौताविरुद्ध रिट दायर गर्ने तयारी गदैर् छ। दुई निर्वाचन क्षेत्र रहेको पा"चथरमा निर्वाचन क्षेत्र विकास कार्यक्रम र निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रम यस्तैखाले विवादले प्रभावकारी देखिएका छैनन्।

सभासदले राजनीतिक अभीष्ट पूरा गर्ने उद्देश्य लि"दा कार्यक्रमको प्रभावकारिता घटेको हो। सञ्चालनमा रहेका आयोजनाको कामसमेत गुणस्तरीय नभएको स्थानीय बताउ"छन्। सामान्यतः असार १५ गते भित्रै 'काम सक्नुपर्ने' प्रावधान भए पनि त्यो सम्भावना टरेर गएको छ। कार्यक्रमअन्तर्गत पा"चथरमा २ करोड रुपैयाँ आएको थियो। त्यसअन्तर्गत धेरै योजना सम्पन्न भएकै छैनन्। एक सभासदले १५ लाख रुपैयाँ खर्चिने निर्वाचन क्षेत्र विकास कार्यक्रमको अवस्था पनि यहाँ उस्तै छ। जनप्रतिनिधिविहीन स्थानीय निकायको काममा सुशासन र पारदर्शिता हराइरहेको अवस्थामा सभासदका नाममा छुट्टिएको रकममाथि प्रश्न उठाउने कोही छैनन्।

स्थानीय विकास अधिकारी तुलसीबहादुर श्रेष्ठका अनुसार पा"चथरमा पूर्वाधार विशेष कार्यक्रमअन्तर्गत तीनवटा योजना मात्रै पूरा भएका छन्। फुटार–गुम्बाडाँडा–हांगुम सडक, किरात मन्दिर कुरुम्बा र कुरुम्बा– दारेेगौंडा सडकको काम सकिएको हो। सम्झौता भएका बाँकी १७ योजना निर्माणाधीन छन्। १ नम्बरमा एउटै योजना सम्पन्न छैनन्। चार योजनाले पहिलो किस्ताको रकम बुझेका छन्। २ नम्बरमा पनि चारै योजनालाई पहिलो किस्ताको रकम दिइएको छ।

यहाँ पनि अधिकतर बजेट सडक निर्माणमा केन्द्रित छ। २ नम्बरमा विद्युतीकरणका लागि ३० लाख छुट्ट्याइए पनि काम सकिएको छैन। राजनीतिक आड, अनुगमन अभाव, स्थानीय निकाय जनप्रतिनिधिविहीन भएका कारण सभासदको रकम प्रभावकारी हुन नसकेको हो। असारमा निर्माण गरिएको सडक अर्को महिना भत्किने खतरा हुँदाहुँदै पनि बजेट फ्रिज हुन नदिन अन्तिम घडीमा निर्माणको धपेडी छ। एक करोडवाला कार्यक्रमलाई कार्यविधिले केही अंकुश लगाउन खोजे पनि १५ लाखवाला अर्को कार्यक्रम पार्टी कार्यकर्ता संरक्षणमुखी नै छ। उपभोक्ता समिति गठनमै राजनीतिक गन्ध आउ"छ भने योजना अनुगमनमा त्यस्तै पदाधिकारी र नेता चयन गरिन्छ। जिविस र गाविसमा बिल फर्स्योट गर्ने बेला यसपल्ट पनि कर्मचारी र सभासदनिकट कार्यकर्ताबीच मिलेमतो हुने शंका कायमै छ।

एनजिओलाई क्यान्टिन!
ताप्लेजुङका दुई क्षेत्रमा सभासदलाई छुट्टिएको निर्वाचन क्षेत्र पूर्वाधार विशेष र निर्वाचन क्षेत्र विकास कार्यक्रमको बजेट खर्चेर पूरा गर्ने गरी १ सय १४ योजना बनेका थिए। तीमध्ये आधाजसो पूरा भएका छन्। आधा पूरा हुने क्रममा छन्। तिनैमध्ये एउटा यस्तो पनि योजना छ, जुन कार्यक्रमको उद्देश्यसँग पटक्कै मेल खाँदैन। वार्षिक करोडौं खर्च गर्ने 'वातावरण संरक्षण तथा विकास मञ्च' नामको एनजिओलाई क्यान्टिन बनाइदिएको योजनाले धेरैलाई अचम्मित पारेको छ।

एनजिओको क्यान्टिन निर्माण गर्न ताप्लेजुङ–१ का सभासद भूपेन्द्र थेबेले २ लाख रुपैया" छुट्ट्याएका हुन्। त्यहा" वातावरण संरक्षण तथा विकाश मञ्चका कर्मचारी र पदाधिकारी चिया, खाजा र खाना खान्छन्। कतै दर्ता नगरी मञ्चले 'सामुदायिक मेलमिलाप अध्ययन केन्द्रको क्यान्टिन निर्माण' भन्दै सभासद थेबेलाई रकम मागेको र उनले छुट्याइदि"दा क्यान्टिन तयार भएको हो।

'विकासे काममा छुट्टिएको बजेट क्यान्टिन बनाउन खर्चेर सभासदले एनजिओका पदाधिकारीस"ग सम्बन्ध सुधार्न खोजेका हुन्,' स्थानीय भन्छन्, 'यो व्यक्तिगत प्रयोजन भयो, सरकारी रकम यसरी दुरुपयोग गर्न मिल्दैनथ्यो।' चुनावताका आफूलाई जिताउन सक्रिय भएका उक्त संस्थाका तत्कालीन अध्यक्ष चन्द्रप्रकाश भट्टराईको 'गुन तिर्न' थेबेले 'क्यान्टिन उपहार दिएको' चर्चा चल्दै आएको छ। मञ्चले विभिन्न दातृ निकायसँग मिलेर बर्सेनि करोडौं रकम परिचालन गर्दै आएको छ।

२ नम्बर क्षेत्रमा भने सभासद्को बजेटबाट योजना कार्यान्वयन गर्न भर्खरै गएको पहिरो बाधक भएको छ। भन्ज्याङ–खोक्लिङ–लिवाङ हुदै साँवा र पापुङ जोड्ने १२ लाख रुपैयाँको मोटरबाटो निर्माण योजना स्थगित छ। जिविसको योजना शाखाप्रमुख दुर्गाप्रसाद श्रेष्ठ सम्झौता भएर पनि बजेट निकासा हुन नसक्दा उक्त आयोजनाको रकम फ्रिज हुने बताउँछन्। उनका अनुसार, १ नम्बरमा ८ र २ मा ९ योजना छनोट भएका थिए। तीमध्ये धेरै अन्तिम चरणमा छन्। प्रत्यक्षतर्फ दुई र समानुपातिकतर्फ २ सभासद रहेको ताप्लेजुङमा दुइटै कार्यक्रम गरी ६३ योजना छनोट थिए।
अर्को समाचार
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
५ घण्टा अघि
•
१ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। आइतबार साँझ करिब ५:५० बजे रुकुम खलंगाबाट दुलीतर्फ जाँदै गरेको लु १ ज २१६० नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब १० देखि १५ मिटर तल खसेको हो। Yetiairlinescontenttopbanner दुर्घटनालगत्तै खटिएको प्रहरी टोलीले घाइते ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिम पठाएको थियो। तीमध्ये जीप चालक रुकुम पश्चिमकै मुसिकोट नगरपालिका-९ का करिब २८ वर्षीय भीम सिंह बुढामगरलाई साँझ ७:१० बजे चिकित्सकले जाँच गरी मृत घोषणा गरेका थिए।

दुर्घटनामा बाँफिकोट गाउँपालिका-८ दुलीकी करिब ३१ वर्षीया निर्मला के.सी., उनका करिब २ वर्षीय छोरा दिनेश के.सी., सोही स्थानकी करिब ३२ वर्षीया मनिषा बस्नेत र करिब ३६ वर्षीय कर्णबहादुर खत्री घाइते भएका छन्। घाइतेमध्ये निर्मला, मनिषा र कर्णबहादुरको अवस्था सामान्य छ भने दिनेशको अवस्था मध्यम रहेको छ।

यस्तै, सोही दुर्घटनामा मुसिकोट नगरपालिका-१० की करिब १८ वर्षीया जेनिशा वली घाइते भएकी छन्। उनको अवस्था मध्यम रहेको छ। जीपमा चालकसहित १० जना सवार रहेकोमा अन्य चार जना सकुशल छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस