झापा-गाउँ विकास समिति हुँदादेखिकै बेथितिले निरन्तरता पाउँदा बिर्तामोड नगरपालिकाको मुख्य बजार क्षेत्रमा अदुवा खोला पस्ने त्रास उच्च छ। अव्यवस्थित प्लटिङ र खोलाकै किनारमा घर निर्माण गर्ने क्रम नरोकिएपछि मेची अञ्चलको प्रमुख व्यापारिक केन्द्र बिर्तामोड बाढीको उच्च जोखिममा परेको हो।खोलाछेउका घरधनीले प्लटिङ व्यवसायीलाई खोलैसम्मको जग्गा बिक्री गरेपछि यो अवस्था सिर्जना भएको स्थानीयले बताए। पछिल्लो दशक खोला मिचेर घर निर्माण गर्ने क्रम तीव्र भएकाले पनि अहिले बिर्तामोड सहर बाढीको जोखिममा परेको उनीहरूको आरोप छ। उत्तरमा महानन्द चोकदेखि दक्षिणमा अदुवा खोला पुलबाट डेढ किलोमिटर तलसम्मै खोलाकिनारमा घर निर्माण भएका छन्। केही निर्माणाधीन छन्।
बिर्तामोड नगरपालिकाले खोलाको बहाब क्षेत्र छोडेर घर बनाउन स्थानीयलाई सुझाएको छ। ‘बहाब क्षेत्र मिचेर बनाइएका घरको नक्सा पास गरिँदैन,' बिर्तामोड नगरपालिकाका प्रशासनिक शाखा प्रमुख मेघराज बाँस्तोलाले भने, ‘निर्माण भइसकेका घर पनि प्रक्रिया पुर्याथएर भत्काउनुको विकल्पै छैन।' बाँस्तोलाले खोलाआसपासका जग्गाधनीलाई बहाब क्षेत्रभित्रको जग्गा छोडेर भू–उपयोग गर्न निर्देशन दिएको बताएका छन्। उनका अनुसार बिर्तामोड नगरपालिका घोषणा भएपछि खोलाको बहाब क्षेत्र मिचेर घर निर्माण गर्ने क्रम रोकिएको छ। तर, केही क्षेत्रमा घर निर्माण कार्य जारी छ। ‘जथाभाबी घर निर्माण गर्दा बाढी सहरतिर पस्न थालेको छ,' स्थानीय सीता शिवाकोटीले भनिन्, ‘अदुवा खोला बग्ने ठाउँमा अहिले घरैघर छन्।'
स्थानीय अगुवाका अनुसार पूर्व–पश्चिम राजमार्ग निर्माण सुरु भएपछि २०२१ सालको नापीमा भू–माफियाहरूले खोला अतिक्रमण थालेका हुन्। २०२१ सालअघिसम्म अदुवा खोला साबिककै स्थानमा बग्दै थियो। तर, २०२७ सालदेखि सिँचाइ गर्न निर्माण गरिएको पैनीबाट खोलो बगिरहेको छ। यस कारण बर्सेनि बिर्तामोडबासी बाढीसँग मुकाबिला गर्न विवश छन्। दुई दशकअघिसम्म ६० फिटभन्दा धेरै चौडाइ भएको अदुवा खोला अहिले मुस्किलले १० फिटमा बग्छ। ‘त्यसैले त बर्सेनि बाढी आएको हो,' शिवाकोटीले थपिन्। उनका अनुसार तीव्र र अव्यवस्थित सहरीकरणले अदुवाखोलाको बहाब क्षेत्र खुम्चिएको हो।
अदुवाखोलाको बहाब क्षेत्र मिचिएपछि अहिले बिर्तामोडको उत्तरपश्चिमी क्षेत्र पूरै डुबानमा पर्ने गरेको छ। बर्सेनि यसको आर्थिक र भौतिक क्षति स्थानीयले भोग्ने गरेका छन्। बिर्तामोड नगरपालिका (साबिकको चारपाने–१) की शुक्रमाया राजवंशी दुई दशकयता मात्रै बाढीको समस्या भोग्नुपरेको बताउँछिन्। ७९ वर्षीया राजवंशीले ठूलाबडाले खोला मिचेर पक्की घर बनाउँदा आफ्नो बस्ती नै डुबानमा परेका गुनासो गरिन्। ‘ठूला घर हुनेलाई त चिन्ता छैन,' उनले भनिन्, ‘हामीचाहिँ कता भाग्ने?'
छ वर्षअघि पनि बिर्तामोड बाढीको चपेटामा परेको थियो। बाढीकै कारण अतिथिसदनको उत्तरपश्चिमी भाग डुबानमा परेको थियो। करोडौंको क्षति भएको थियो। झापाको प्रमुख व्यापारिक केन्द्र बिर्तामोडमा अहिले १० हजारभन्दा धेरै घर निर्माण भइसकेका छन्। यीमध्ये करिब १ हजार ५ सय मात्रै दर्ता गरिएका छन्। अदुवाखोला आसपासमा राजमार्गदेखि उत्तर र दक्षिणमै ५ सयभन्दा धेरै घर अवैधानिक रूपमा निर्माण भएको नगरपालिकाका एक कर्मचारीले बताए। पछिल्लो दशक मात्रै चार सयभन्दा धेरै घर निर्माण भएको उनले बताए।