सिन्डिकेटलाई प्रश्रय दिँदै ट्याक्सी दर्ता खुला
१२ असार २०७२
•
१० मिनेट पाठ
सिन्डिकेटलाई प्रश्रय दिँदै ट्याक्सी दर्ता खुला
काठमाडौं-सरकारले यातायात व्यवसायीको दबाबमा कम क्षमताका ट्याक्सी ल्याउने बाटो खुला गरिदिएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले व्यवसायीको ‘कार्टेलिङ' लाई प्रश्रय दिँदै उपत्यकाका सडकमा कम क्षमताका ट्याक्सी दर्ता खुला गरेको हो।व्यवसायीकै सिन्डिकेटका कारण २०५७ सालयता ट्याक्सीको नयाँ दर्ता बन्द थियो। १५ वर्षपछि सिन्डिकेटकै बलमा पुराना व्यवसायीले दर्ता गर्न पाउने गरी साधारण वर्गअन्तर्गत ८ सय सिसीका ट्याक्सी थप्ने बाटो खुला गरिएको छ। नयाँ दर्ताको निर्णय कार्यान्वयनमा ल्याउन मन्त्रालयले गत बिहीबार यातायात व्यवस्था विभागमा पत्र पठाएको छ। 
मन्त्रालयले तत्कालका लागि १८ सय ५० र भूकम्प प्रभावित जिल्लाका व्यवसायीका लागि ५ सय गरी २ हजार ३ सय ५० नयाँ ट्याक्सी दर्ता खुला गरेको हो। यस्तो निर्णय गर्दा नयाँ ट्याक्सी दर्ता प्रतिस्पर्धाका आधारमा गराउनुपर्ने नियमसमेत मिचिएको छ। 
यो निर्णयपछि उपत्यकामा हाल सञ्चालनमा रहेका १९९५ मोडलका पुराना मारुती ट्याक्सी विस्थापित हुँदै जाँदा पुरानै व्यावसायीले मात्र नयाँ ट्याक्सी खरिद गर्न पाउनेछन्। यो निर्णयका कारण उपत्यकाका सडकमा पुनः थप २० वर्षसम्म पुरानै व्यवसायीको मात्र दबदबा रहनेछ र कमजोर क्षमताकै ट्याक्सी गुड्नेछन्।
स्रोतअनुसार उपत्यकामा हाल गुडिरहेका ५६ सय ५० पुराना ट्याक्सी १५ देखि २७ वर्षसम्म पुराना रहेकाले २० वर्षे ट्याक्सी विस्थापनको नीति अनुसार तिनै पुरानै व्यवसायीले मात्र नयाँ ट्याक्सी खरिद गर्न पाउने व्यवस्था भएको छ। 
मन्त्रालयले विगतमा कारबाहीमा परेर नम्बर प्लेट खारेज भएका, अञ्चलीकरण गरेका, नम्बर प्लेट परिवर्तन गरेका वा कर नतिरेका विगतका व्यवसायीको ठाउँमा मात्र नयाँ दर्ता गर्न पाउने व्यवस्था गरेको छ। मन्त्रालयकै तथ्यांकअनुसार यस्ता ट्याक्सीको संख्या २ सयदेखि ३ सय हाराहारी मात्र छ।
स्रोतअनुसार व्यवसायीसँगको मिलेमतोमा सिन्डिकेटलाई जोगाउँदै कम क्षमताका ट्याक्सी ल्याउने निर्णय गराउनमा मन्त्री विमलेन्द्र निधिले नै मन्त्रालयका कर्मचारीलाई दबाब दिएका थिए। मन्त्री निधिलाई नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष दिनेश भण्डारी, वरिष्ठ उपाध्यक्ष डोलनाथ खनाल र महासचिव सरोज सिटौलाले आ–आफ्नो क्षेत्रबाट ट्याक्सीको सिसी नबढाउन दबाब दिएका थिए। भण्डारी कांग्रेस, खनाल एमाले र सिटौला एमाओवादी निकट हुन्। 
यातायात व्यवसायीले ८ सय सिसीको ट्याक्सी र पाटपुर्जा पनि सस्तो पर्ने भन्दै मन्त्री निधिलाई उक्त निर्णय गराउन दबाब दिएको स्रोत बताउँछ। मन्त्री निधिले भने आफ्नो तर्फबाट त्यस्तो कुनै दबाब नदिएको र सिन्डिकेटलाई प्रश्रय पनि नदिएको बताए। उनले ८ सय सिसीको ट्याक्सी ल्याउने निर्णय मन्त्रालयले गठन गरेको समितिकै सुझावमा गरिएको दाबी गरे। ‘यो निकै प्राविधिक विषय भएकाले मलाई सबै कुरा जानकारी हुँदैन,' उनले भने, ‘तर, ट्याक्सीको क्षमता निर्धारणका लागि समिति गठन गरिएको थियो। त्यसकै सुझावमा निर्णय भएको हो।' 
मन्त्रालयले बिहीबार विभाग पठाएको पत्रमा ‘साबिकमा दर्ता रहेका ट्याक्सी धनीलाई दर्ता गर्न मौका दिने' भन्दै नयाँ व्यवसायीलाई दर्ता प्रक्रियामा जान रोक लगाइएको छ। यस्तै, पत्रमा ट्याक्सीको क्षमताका विषयमा ८ सय सिसी वर्गको इन्जिन क्षमताभन्दा कम नभएको हुनुपर्ने स्पष्ट उल्लेख छ।
मन्त्रालयले गरेको निर्णय कार्यान्वयनका लागि यातायात कार्यालयमा पठाइसकेको यातायात व्यवस्था विभागका महानिर्देशक मधुसुदन बुर्लाकोटीले जानकारी दिए। ‘मन्त्रालयबाट निर्णय भएर आएको कुरालाई कार्यान्वयनमा लैजानू भन्दै माताहत कार्यालयमा पत्र पठाइएको छ,' उनले नागरिकसँग भने।
नेपाल मिटर ट्याक्सी व्यवसायी संघका अध्यक्ष अर्जुन गौतमले ट्याक्सीका विषयमा सरकारले गैरव्यवसायीको सल्लाहमा निर्णय गरेको आरोप लगाए। ‘सरकारी कर्मचारीले आफ्नो दुनो सोझ्याउन हामी वास्तविक व्यापारीलाई नसोधी निर्णय गरेका छन्। यस निर्णयको पछाडि ठूलो चलखेल छ,' उनले भने, ‘यो निर्णय हाम्रा लागि अमान्य छ। हामी यसको विरोधमा जान्छौं।' 
उनले उपत्यकामा २५ सय पुराना ट्याक्सी विस्थापित हुने अवस्थामा रहेका बेला सरकारले कुनै अध्ययन नगरी हचुवाका भरमा नयाँ दर्ता खोलेको आरोप लगाए।
सिन्डिकेट अभियानविरुद्ध पाँच वर्षदेखि सक्रिय व्यवसायी रामबहादुर थापाले यो निर्णयको विरोध गर्दै भने, ‘प्रतिस्पर्धाका आधारमा सबैले दर्ता गर्ने अवसर पाउनुपर्छ, तर यो निर्णयले पुरानालाई मात्र अवसर दिएको छ।'
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उपाध्यक्ष डोलनाथ खनालले यो निर्णयबारे आफूलाई कुनै जानकारी नभएको प्रतिक्रिया दिए। ‘केही दिनदेखि म बाहिर थिएँ,' उनले भने, ‘यो विषयमा निर्णय भएको छ भन्ने सुनियो, तर के के निर्णय भएका छन्, मलाई जानकारी छैन।' 
उनले ट्याक्सीको सिसी निर्धारणका विषयमा व्यवसायीलाई निर्णय गर्ने अधिकार नभएकाले कसैलाई दबाब नदिएको बताए। १५ वर्षअघि ट्याक्सी दर्ता बन्द हुँदा उपत्यकामा ट्याक्सी संख्या करिब साढे ७ हजार थियो। अहिले ५ सय ६ सय ५० मात्र छ। विगतमा दर्ता भएका ती ट्याक्सी अन्य जिल्लामा स्थानान्तरण, नवीकरण नहुँदा वा अन्य कारणले संख्या घटेका हो। 
काठमाडौंको जनसंख्याका आधारमा नयाँ ट्याक्सी दर्ता खुला गर्नुपर्ने माग आएपछि २०७१ भदौ १९ गते मन्त्रिपरिषदले ट्याक्सी दर्ता खुला गर्ने निर्णय गरेको थियो। उक्त निर्णयअनुसार मन्त्रालयले कार्यदल गठन गरेको थियो। 
यातायात व्यवस्था विभागका महानिर्देशक संयोजक रहेको कार्यदलमा भौतिक पूर्वाधार तथा यतायात मन्त्रालयका इन्जिनियर नवीनकुमार पोखरेल, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका प्रतिनिधि र विभागकै निर्देशक सदस्य छन्।
कार्यदललाई २०५७ सालसम्म दर्ता भएका र हाल कायम ट्याक्सीको संख्या, माग तथा आपूर्ति व्यवस्थापनका लागि थप गर्न सकिने संख्या, काठमाडौं उपत्यका तथा उपत्यका बाहिर सञ्चालित २० वर्ष पुराना भाडाका ट्याक्सीको मापदण्ड बनाउने र उचित व्यवस्थापन गर्ने, २० वर्ष नपुगी इच्छुक पत्रु (स्र्क्याप) गरी नयाँ सट्टामा पाउन सक्ने नसक्ने र २० वर्ष पुराना भाडाका ट्याक्सीले नयाँ ट्याक्सी थप्न पाउनेलगायत विषयमा उचित मापदण्ड तय गरी सुझाव दिन भनिएको थियो। सोहीअनुसार कार्यदलले सुझाव संकलन गरिरहेका बेला मन्त्रालयले जेठ २८ गते नै मन्त्रीस्तरीय निर्णय गरेर ट्याक्सी थप गर्ने निर्णय गरेको हो।


अर्को समाचार
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
७ घण्टा अघि
•
१ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। आइतबार साँझ करिब ५:५० बजे रुकुम खलंगाबाट दुलीतर्फ जाँदै गरेको लु १ ज २१६० नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब १० देखि १५ मिटर तल खसेको हो।

Yetiairlinescontenttopbanner

दुर्घटनालगत्तै खटिएको प्रहरी टोलीले घाइते ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिम पठाएको थियो। तीमध्ये जीप चालक रुकुम पश्चिमकै मुसिकोट नगरपालिका-९ का करिब २८ वर्षीय भीम सिंह बुढामगरलाई साँझ ७:१० बजे चिकित्सकले जाँच गरी मृत घोषणा गरेका थिए।

दुर्घटनामा बाँफिकोट गाउँपालिका-८ दुलीकी करिब ३१ वर्षीया निर्मला के.सी., उनका करिब २ वर्षीय छोरा दिनेश के.सी., सोही स्थानकी करिब ३२ वर्षीया मनिषा बस्नेत र करिब ३६ वर्षीय कर्णबहादुर खत्री घाइते भएका छन्। घाइतेमध्ये निर्मला, मनिषा र कर्णबहादुरको अवस्था सामान्य छ भने दिनेशको अवस्था मध्यम रहेको छ।

यस्तै, सोही दुर्घटनामा मुसिकोट नगरपालिका-१० की करिब १८ वर्षीया जेनिशा वली घाइते भएकी छन्। उनको अवस्था मध्यम रहेको छ। जीपमा चालकसहित १० जना सवार रहेकोमा अन्य चार जना सकुशल छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस