काठमाडौं- वैशाख १२ को शक्तिशाली भूकम्प र त्यसपछिको अनुकम्पनले देशमा ७ सय ४१ वटा सम्पदा क्षति भए। सरकारले आयोजना गरेको अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन आएका विशिष्ट पाहुनाले पनि बुधबार हनुमानढोका, चाँगुनारायण लगायतका भग्नावशेष अवलोकन गरेका छन्।सरकार अहिले समग्र भूकम्पीय क्षतिलाई पुरानै अवस्थामा फर्काउन अन्तर्राष्ट्रिय सम्मेलन गर्दैछ। सांस्कृतिक पर्यटनले निकै महत्वपूर्ण क्षेत्र मानिएका सम्पदा क्षेत्रमा आर्थिक सहयोग गर्ने आश्वासन पनि आइरहेकै छ। राष्ट्रिय योजना आयोगले देशमा भूकम्पबाट भएको क्षतिपछि पुनर्निर्माणका लागि ६ खर्ब ६९ अर्ब रुपैयाँ आवश्यक रहेको बताए पनि त्यसको ३.१ प्रतिशत रकम सांस्कृतिक सम्पदा पुनर्निर्माण तथा जीर्णोद्धारका लागि छुट्ट्याएको देखिन्छ।
तर, पुराना सम्पदा निर्माण कसरी सम्भव छ? निर्माणका लागि विदेशी प्राविधिक चाहिन्छ कि चाहिँदैन? यी विषय अहिले सबैको चासोका हुन्।
आयोगले भर्खरै सार्वजनिक गरेको प्रतिवेदनअनुसार भूकम्पले देशभरका सांस्कृतिक सम्पदामा भूकम्पले १९ अर्ब २२ करोड ३० लाख रुपैयाँ बराबर क्षति गराएको जनाएको छ। सयांै वर्ष पुराना मठ, मन्दिर, दरबार, पार्टी, पौवालगायत पुनर्निर्माणका लागि साढे २० अर्ब रुपैयाँ लाग्ने पनि आयोग बताउँछ।
नेपाली विज्ञहरू आर्थिक सहयोग भए पुनर्निर्माण नेपालीकै पसिनाले गर्न सकिने बताउँछन्। १९९० को ८.४ रेक्टर स्केल भूकम्पले १० हजारभन्दा बढी मानिसको ज्यान लिएको थियो भने काठमाडौं उपत्यकाका सयौं सांस्कृतिक सम्पदा क्षतविक्षत पारेको थियो।
यो घाउलाई तत्कालीन प्रधानमन्त्री जुद्धशमशेरले २००३ सम्म उपचार गरेको पुरातत्वविद विष्णुराज कार्की बताउँछन्। 'हाम्रो इतिहासले नै बताइसकेको छ हामी सक्षम छौं भनेर,' उनले भने, 'हामीसँग परम्परागत शैलीबाट पनि बलिया संरचना निर्माण गरेको इतिहास छ। तर, अहिले त विश्वमा भर्खरै बिस्तार भइरहेका प्राविधिक शैलीबाट पनि निर्माण गर्न सक्छौं।'
कार्कीका अनुसार नेपाली वास्तुकलाविद तथा पुरातत्वविद मन्दिर बनाउन/संरक्षण गर्न भारत, अमेरिकालगायत विश्वका अन्य देशमा पुगेका छन्। त्यसमाथि आफ्ना देशका सम्पदाको बनोट र त्यसको अवस्था स्वदेशीलाई नै बढी थाहा हुने उनी दाबी गर्छन्।
करिब दस वर्षअघि नेपाली विज्ञहरूले नै पुनर्निर्माण गरिएको भक्तपुरको ५५ झ्याले दरबार जीर्णोद्धार गरेको थियो। यसको जिर्णोद्धार गरिँदा ७.५ म्याग्निच्युडसम्मको भुइँचालो थेग्न सक्ने बनाइएको उनले सुनाए।
'कतिपय यस्ता सम्पदा भूकम्पप्रतिरोधी पनि छन्। कतिपय अहिलेको भूकम्पले पनि बचाए,' उनले भने, 'तर, अब कति म्याग्निच्युड संरचनाले थाम्न सक्छ भन्ने पनि बहसको विषय बनाइनुपर्छ। हाम्रा पुराना प्रविधिलाई आधुनिकसँग मिसाएर अगाडि लैजान जरुरी छ।'
स्थानीय सर्वसाधारणलाई अपनत्व हुने गरी जनसहभागिताको आधारमा पुराना गुठीलाई पनि सहभागी गराएर पुनर्निर्माण गरिनुपर्ने उनको धारणा छ। 'हामीलाई आर्थिक स्रोतको आवश्यकता व्यापक छ,' उनले भने, 'प्राविधिक रूपमा हामी मजबुत छौं।'
आयोगले पुनर्निर्माणका लागि संरचनात्मक, भूकम्पीय इन्जिनियर, वास्तुकला र संरक्षणका साथै सांस्कृतिक सम्पदा बचाउने विज्ञको खाँचो रहेको रिपोर्टमा उल्लेख गरेको छ। समुदायको पहिचान दिने परम्परालाई पुनर्जीवन दिनका लागि मानवशास्त्री, कलाकार, इतिहासकार, भाषाविदलगायतले सहयोग गर्ने पनि रिपोर्टमा जनाएको छ। यो अमूर्त सम्पदा बचाउन अनिवार्य रहेको विज्ञहरूले औंल्याएका छन्।
सम्पदा संरक्षणमा काम गरिरहेका अर्का पुरातत्वविद भीम नेपालले पनि नेपाली विज्ञहरू नै जीर्णोद्धार तथा पुनर्निर्माणका लागि उपयुक्त हुने उनले बताए। निजी क्षेत्र, दातृ निकाय र सरकार आफैं पनि सम्पदा क्षेत्र पुनर्निर्माणमा सबल रहेको उनको भनाइ छ।
'विदेशीहरू पनि सम्पदा निर्माणमा सहयोग गर्न तम्सिएका छन्,' उनले भने, 'स्थानीयलाई अगाडि बढ्ने र नेपाली विशेषज्ञको विज्ञता पनि खाँचो रहेको छ।'
उनका अनुसार ९० सालको भूकम्पपछि पनि काठमाडौं उपत्यकाका कतिपय सम्पदा बनेनन्। कतिपय निर्माण हुने अवस्थामा छन्। भक्तपुरको फसिदेघ, पाटनको भाइदेगल केही यसका उदाहरण रहेको उनले बताए। तर, अहिलेको अवस्थामा त्यस्तो नहुने उनको अनुमान छ।
'अहिले सर्वसाधारणमा पनि पुनर्निर्माणसम्बन्धी ज्ञान छ, त्यसमाथि आर्थिक सहायता पनि आउँछ। ९० सालमा बढी महत्वका सम्पदा बने अन्य ओझेलमा परे,' उनले भने, 'अहिले सरकारको पहँुच बढिरहेको छ। तर पनि अहिले नै के हुन्छ भन्न गर्न गाह्रो छ। केही वर्षको कामपछि थाहा हुन्छ।'
भौतिक पूर्वाधार निर्माण विकास जस्तो सांस्कृतिक सम्पदा पुनर्निर्माण सजिलो नरहेको उनले बताए। 'सम्पदा संरक्षण अध्ययन अनुसन्धानमा आधारित छ,' उनले भने, 'त्यसैले यसको विकासमा पनि समय लाग्छ।'
सरकारको आफ्नै निकाय पुरातत्व विभाग पनि नेपाली विज्ञहरूकै मद्दतले सम्पदा पुनर्निर्माण वा जीर्णोद्धार सम्भव रहेको बताउँछ। तर, विश्व, राष्ट्रिय र स्थानीय सम्पदाका आधारमा विशेषज्ञ छनोट गरेर यस्तो निर्माण कार्य गरिने महानिर्देशक भेषनारायण दाहालले बताए।
'स्थानीय कला, संस्कृति हेरेर हामी अगाडि बढ्छौं,' उनले भने, 'सरकार र स्थानीय निकायले विज्ञहरू समेटेर निर्माणको काम गर्छन्।' कहीँकतै विश्व सम्पदाका हिसाबमा युनेस्को आफैंले विदेशी र स्वदेशी विज्ञलाई समेटेर अगाडि बढ्ने पनि उनले जानकारी दिए।
पुराना डकुमेन्ट, फोटो, भिडियो र नक्साका आधारमा सम्पदा पुनर्निर्माण सम्भव रहेको विभागका प्रमुख पुरातत्व अधिकृत दामोदर गौतमले बताए। 'हामीसँग सुरक्षित रहेका सम्पदाको संरचनाको प्रमाणले पूर्ण रूपमा ढलेकालाई पनि पुनः त्यस्तै आकार र कलाकृतिमा ठड्याउन सकिन्छ,' उनले भने, 'विदेशी प्रविधि हेरेर त्यसको भरपुर प्रयोग गरेर बलियो संरचना बनाउन हामी अब्बल छौं।'
विभागले अरू बेला पनि भत्किनै लागेका मठमन्दिरलाई पुरानै शैलीमा निर्माण गरेको थुप्रै उदाहारण रहेको उनले जानकारी दिए। 'दाताले कुन क्षेत्रको सम्पदाका लागि रकम दिन्छन्,' उनले भने, 'हामीसँग रहेका प्रमाणका आधारमा सम्पदालाई बनाउन विभाग लाग्छ।'
युनेस्को काठमाडौंले गरेको प्रारम्भिक अध्ययनअनुसार पाटन दरबार क्षेत्रका आधा मन्दिरहरू भत्किाएका छन्। यसबाहेक हनुमानढोका र भक्तपुर दरबार क्षेत्रका ८० प्रतिशत भत्किएको तथ्यांक छ। यी क्षेत्रमा जेठ ३२ गतेदेखि सरकारले पर्यटकलाई खुला पनि गरिसकेको छ।
तर, पुराना सम्पदा निर्माण कसरी सम्भव छ? निर्माणका लागि विदेशी प्राविधिक चाहिन्छ कि चाहिँदैन? यी विषय अहिले सबैको चासोका हुन्।आयोगले भर्खरै सार्वजनिक गरेको प्रतिवेदनअनुसार भूकम्पले देशभरका सांस्कृतिक सम्पदामा भूकम्पले १९ अर्ब २२ करोड ३० लाख रुपैयाँ बराबर क्षति गराएको जनाएको छ। सयांै वर्ष पुराना मठ, मन्दिर, दरबार, पार्टी, पौवालगायत पुनर्निर्माणका लागि साढे २० अर्ब रुपैयाँ लाग्ने पनि आयोग बताउँछ।