पोखरा— भूकम्पले भत्किएको घरले थिचेर घाइते भएकी गोरखा ग्याचोककी सुकमाया गुरुङलाई उपचारका लागि नेपाली सेनाले हेलिकोप्टरमार्फत पोखरा ल्यायो । अस्पताल पुर्यायो। औषधि उपचारका लागि त अस्पताल थियो तर दुईछाक कसले देला, उनलाई पत्तो थिएन।
त्यसका लागि उनले सोचेजस्तो सुर्ता गर्नुपर्ने भने भएन । हरेक बिहान, दिउसो र साँझ खाना खुवाउन कोही न कोही आइरहेको हुन्थ्यो । अस्पतालमा रहेका बेला त्यसरी सुकमायालाई जस्तै लाप्राककी माइली गुरुङलाई पनि खाना र खाजा दिन आउनेको कमी भएन ।
वैशाख १२ को भूकम्पपछि घाइते भएर पोखरा ल्याइएका बिरामीलाई १३ गतेदेखि नै अस्पताल—अस्पताल पुगेर पोखरेलीले सहयोग गरेका थिए । कतिपय एक दिन सहयोग दिएर गए, कतिपयले दुई चार दिन दिए । सकेअनुसार गर्ने थुप्रै थिए तर पोखरा उपमहानगरभित्रका विभिन्न आमा समूहले भने भूकम्पपीडितलाई डेढ महिनासम्म पालैपालो खाजा र खाना खुवाइरहे ।
नगरपालिकाअन्तर्गत वडा–वडामा महिला समन्वय समिति गठन भएका छन्। उनीहरुले नै पालैपालो भूकम्पपीडितलाई खाना खुवाएका हुन् । अहिलेसम्म के–कतिलाई त्यस्तो सहयोग भयो र कसरी भयो भन्नेबारे महिलाले प्रतिवेदनसमेत सार्वजनिक गरेका छन्। पोखराका अस्पतालमा अब थोरै संख्यामा मात्रै बिरामी रहेपछि भने महिलाले खाना–खुवाउने जिम्मा दैवीप्रकोप उद्धार समितिलाई लगाएका छन्।
आमाहरुले मात्रै पोखराका सातवटा अस्पतालका ७ सय २२ बिरामीलाई डेढ महिना खानपान गराए । अब पोखराका विभिन्न अस्पतालमा भूकम्पपीडित बिरामी २५ जनामात्रै छन् ।
बिरामीका लागि खाना, खाजामा ४० लाख ४० हजार रुपैयाँ खर्च भएको नगर महिला समन्वय समिति पोखराकी अध्यक्ष पवित्रा गुरुङले बताइन् । 'हामीले पनि सहयोग जुटाएका थियौं,' उनले भनिन्, 'सबै आमाले घर–व्यवहार पनि नभनी अस्पतालसम्म पुगेर सेवा गर्नुभयो ।' दैवीप्रकोप उद्धार समितिका सदस्यसमेत रहेका स्थानीय विकास अधिकारी ताराप्रसाद अधिकारीका अनुसार आमाहरुले बिरामीलाई खाना, खाजा खुवाउनुका साथै हेरचाहमा पनि उत्तिकै ख्याल गरेका थिए । वडा नं १० को माछापुच्छ«े आमा समूहले त ग्यास चुह्लो र चिया पकाउने भाडा पनि बिरामीलाई उपलब्ध गराएको थियो ।
पोखरा ल्याइएका भूकम्पपीडित १४ महिलाले बच्चा जन्माए । तिनीहरुको रेखदेख र सेवामा पनि आमाहरुकै सक्रियता थियो । तमु धिं नेपाल र ज्योति केन्द्रलगायत संस्थामा आश्रय लिएका भूकम्पपीडितमध्ये सुत्केरीलाई आमाहरुले आफ्नै घरसम्म लगेर हेरचाह गरेका थिए ।
गोरखाबाट ल्याइएका साढे ७ सय भूकम्पपीडितमध्ये पोखराका अस्पतालमा उपचार गर्दागर्दै आठजनाले ज्यान गुमाएका थिए । उपचार गराइरहेका २५ बिरामीलाई लामो उपचार गर्नुपरेकाले अझै पोखरा बस्नुपर्ने क्षेत्रीय अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. श्रीकृष्ण श्रेष्ठले बताए ।