काठमाडौं— दुर्लभ जन्तु कछुवा बिक्री गरेको अभियोगमा ललितपुर उपमहानगरपालिका–२१ पाटन बस्ने ४९ बर्षीय सानुभाई बज्राचार्यलाई प्रहरीले पक्राउ गरेको छ। उनको घरमा कछुवा विक्री भइरहेको अवस्थामा प्रहरीले सोमबार बज्राचार्य सहित ६ जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेहरुमा ललितपुर लुभु–८ बस्ने ६० बर्षीय सुशिल दुवाल श्रेष्ठ, काभ्रे शारदा बतासे–४ घर भएका ३८ बर्षीय भिम प्रसाद तिमल्सिना, काभ्रे साठीघर–३ घर भएका ५० बर्षीय ईन्द्र बहादुर दवाडी, काभ्रे ढुङखर्क–१ घर भएका ४२ बर्षीय उपेन्द्र प्रसाद तिमल्सिना र रौतहट विर्ता–५ घर भएका ४२ बर्षीय शेख रहिस रहेका छन्।
उनीहरुलाई कछुवा सहित प्रहरीले कानूनी कारवाहीको लागि मंगलबार जिल्ला वन कार्यालय हात्तीवन ललितपुर पठाएको छ।