'जब क्रियटर' बन्ने हो भने
०८ असार २०७२
•
७ मिनेट पाठ
'जब क्रियटर' बन्ने हो भने
पोखरा-एसएलसीमा कति नम्बर ल्याउनुभयो? विशिष्ट वा प्रथम श्रेणी ल्याउनुभएको भए पक्कै विज्ञान पढ्ने विचार गर्नुभएको होला हैन? पोखराको कुमुदिनी होम्सबाट विशिष्ट श्रेणीमा उत्तीर्ण सुदीप पुनको विचार भने तपाईंको भन्दा भिन्न हुनसक्छ। उनी विज्ञान पढ्दै छैनन्।विशिष्ट वा प्रथम श्रेणीमा पास भइयो भन्दैमा विज्ञान पढ्नुपर्छ भन्ने मान्यतासँग उनी सहमत छैनन्। उनले रोजेको विषय हो—होटल मेनेजमेन्ट। उनको रोजाइमा परेको छ—नेपाल टुरिजम एन्ड होटल मेनेजमेन्ट कलेज।

हो, विज्ञान पढेर पछि डक्टरी, इन्जिनियरिङ र पाइलट कोर्स पढ्ने अनि राम्रो जागिर खाने धेरैको सोच हुन्छ। पोखरा रामबजारका सुदीप पुन यस मानेमा पनि फरक विद्यार्थी हुन् कि उनी राम्रो जागिर खाने होइन कि अरु धेरैलाई राम्रो जागिर दिने योजनामा छन्। उनी 'जब सिकर' होइन, 'जब क्रियटर' बन्न चाहन्छन्। त्यसैले विषय छानेका छन् होटल मेनेजमेन्ट। 'होटल मेनेजमेन्ट पढेर राम्रो सेफ बन्छु,' उनले भविष्यको बाटो बताए, 'अनि आफै होटल रेस्टुरेन्ट चलाएर अरुलाई पनि जब दिन्छु।'

होटल मेनेजमेन्ट विषय पढेपछि स्वदेश वा विदेश जहाँकहीं पनि बिक्न सकिने उनको बुझाइ छ। उनको बुझाइलाई सत्य हो भन्छ नेपाल टुरिजम एन्ड होटल मेनेजमेन्ट कलेजको अहिलेसम्मको नजिताले। नजिता के हो भने त्यो कलेजबाट पढेर निस्केकाहरु अहिलेसम्म कोही बेरोजगार छैनन्। कलेजका अध्यक्ष अशोक पालिखे भन्छन्, 'हाम्रा उत्पादन काठमाडौंका टप होटलमा काम गरिरहेका छन्।' अझ उनको अर्काे दाबा के छ भने 'आउँदो ५/७ वर्षपछि काठमाडौंका टप होटलको मेनेजमेन्ट सम्हाल्ने यही कलेजका उत्पादन हुनेछन्।'

नेपालमा सम्भावना भएको र अहिले फस्टाइरहेको उद्योग व्यवसाय पर्यटन हो। तर, यो उद्योगलाई माथि उचाल्ने गरी जनशक्ति उत्पादन अझैं भइसकेको छैन भन्ने व्यवसायीहरुको अनुभव छ। 'टुरिजम र होटल मेनेजमेन्टका जति जनशक्ति उत्पादन भए पनि जागिरको कुनै समस्या छैन,' पश्चिमाञ्चल क्षेत्रीय होटल संघ (हान) का अध्यक्ष भरत पराजुली भन्छन्, 'यो विषय पढेर आउने जतिलाई हाम्रा होटलहरु जागिर दिन सक्छन्।' उनका अनुसार पोखरामा मात्रै पर्यटकीय स्तरका ४ सयभन्दा बढी होटल छन्। रेस्टुरेन्टको संख्या १०० भन्दा माथि छ। पोखराका होटल रेस्टुरेन्टले पर्यटक नआएर भन्दा पनि भनेजस्तो विषय पढेको दक्ष जनशक्ति नपाएर समस्या भोगिरहेका छन्। पराजुली पर्यटन व्यवसायमा अन्त पनि पोखराकै जस्तो समस्या रहेको बताउँछन्।

पोखरामा नेपालमै पहिलोपटक नेपाल टुरिजम एन्ड होटल मेनेजमेन्ट कलेज सन् १९९९ मा सुरु भएको हो। यसले सुरुमा स्नातक तहको पठनपाठक गराउँथ्यो। सन् २००४ देखि भने १० जोड २ तह पनि थाल्यो। अहिले टुरिजम र होटल मेनेजमेन्ट विषयमा दुवै तहमा पढाइ हुन्छ। पोखरामा माउन्ट अन्नपूर्ण, लिटिल स्टेप, बालोदय र पश्चिमाञ्चल उच्चमाविमा पनि होटल मेनेजमेन्टको पढाइ हुन्छ। पश्चिमाञ्चलले ५ वर्षअघि र माउन्ट अन्नपूर्णले सन् २००८ देखि यो विषय थालेका हुन्। 'होटल मेनेजमेन्टमा भविष्य देखेरै यो विषय सुरु गरेका हौं,' माउन्ट अन्नपूर्णका प्रिन्सिपल रामजी शर्मा भन्छन्, 'बेरोजगार बस्दिनँ भन्नेहरुले यो पढिरहेका छन्।' आफ्नोमा पढेका विद्यार्थीले अरुलाई रोजगारी दिने उद्यमशीलता सिक्ने उनी बताउँछन्। उनका अनुसार यो विषय पढ्नेले होटल रेस्टुरेन्ट चलाउन सक्नेमात्रै नभई ट्राभल्स एन्ड टुर्सको पनि ज्ञान पाउँछन्। पर्यटनसँग सम्बन्धित भएर आउने सबैखाले विधा टुरिजम विषयभित्र पढाइ हुने जानकारी शर्माले दिए।

नेपाल टुरिजम एन्ड होटल मेनेजमेन्ट कलेजका अध्यक्ष पालिखे आफ्नो कलेजमा विद्यार्थीहरुले व्यावहारिक ज्ञान पाउने बताउँछन्। होटलका कोठादेखि रेस्टुरेन्टका किचन र फ्रन्टडेस्कको व्यावहारिक कक्षा कलेजले व्यवस्था गरेको उनले बताए। 'हामी विद्यार्थीलाई प्राक्टिकल धेरै गराउँछौं,' उनले भने, 'तर ल्याब फि भनेर छुट्टै लिँदैनौं। प्लस टु पढ्नेले मासिक ६ हजार तिरेपछि यातायात, बिहानको खाना लगायत सुविधा पनि पाउने उनले जानकारी दिए। पोखरा—१८ छिनेडाँडामा २३ रोपनी क्षेत्रफलको कलेजले विद्यार्थीको प्राक्टिकल तथा सैद्धान्तिक कक्षाका लागि स्थायी भौतिक संरचना त्यहीं तयार पारेको छ। यो कलेजले प्लुसबाट ८ सय र स्नातकबाट ७ सय जनशक्ति उत्पादन गरिसकेको छ। अरु कजेलको शुल्क यसको दाँजोमा कम छ। होटल मेनेजमेन्ट कलेजहरु पोखराबाहेक देशका प्रमुख सहरहरुमा पनि छन्। यसका लागि राजधानी नै धाउनुपर्छ भन्ने पनि छैन।
अर्को समाचार
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
४ घण्टा अघि
•
१ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। आइतबार साँझ करिब ५:५० बजे रुकुम खलंगाबाट दुलीतर्फ जाँदै गरेको लु १ ज २१६० नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब १० देखि १५ मिटर तल खसेको हो। Yetiairlinescontenttopbanner दुर्घटनालगत्तै खटिएको प्रहरी टोलीले घाइते ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिम पठाएको थियो। तीमध्ये जीप चालक रुकुम पश्चिमकै मुसिकोट नगरपालिका-९ का करिब २८ वर्षीय भीम सिंह बुढामगरलाई साँझ ७:१० बजे चिकित्सकले जाँच गरी मृत घोषणा गरेका थिए।

दुर्घटनामा बाँफिकोट गाउँपालिका-८ दुलीकी करिब ३१ वर्षीया निर्मला के.सी., उनका करिब २ वर्षीय छोरा दिनेश के.सी., सोही स्थानकी करिब ३२ वर्षीया मनिषा बस्नेत र करिब ३६ वर्षीय कर्णबहादुर खत्री घाइते भएका छन्। घाइतेमध्ये निर्मला, मनिषा र कर्णबहादुरको अवस्था सामान्य छ भने दिनेशको अवस्था मध्यम रहेको छ।

यस्तै, सोही दुर्घटनामा मुसिकोट नगरपालिका-१० की करिब १८ वर्षीया जेनिशा वली घाइते भएकी छन्। उनको अवस्था मध्यम रहेको छ। जीपमा चालकसहित १० जना सवार रहेकोमा अन्य चार जना सकुशल छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस