'के पढ्ने?'
'कहा" पढ्ने?'
एसएलसी उत्तीर्णपछि विद्यार्थीका मुखमै झुण्डिने प्रश्न हुन् यी। उच्चशिक्षाबारे पहिल्यै सोचिसकेका कतिपयले भन्दैछन्, 'फलानो ठाउ"को फलानो कलेजमा फलानो विषय पढ्ने।' नतिजा आइसक्दा पनि कतिपय चाहि" 'खोई, कहा" पढ्ने र के बिषय पढ्ने' भन्दै दोधारमै छन्। विद्यार्थीको एउटा समूह यस्तो पनि छ, जो 'मन त ठूलै ठाउ"का ठूलै कलेज पढ्ने हो, तर हैसियत छैन,' भन्दै पिरोलि"दैछ।
'कहा" पढ्ने?'
एसएलसी उत्तीर्णपछि विद्यार्थीका मुखमै झुण्डिने प्रश्न हुन् यी। उच्चशिक्षाबारे पहिल्यै सोचिसकेका कतिपयले भन्दैछन्, 'फलानो ठाउ"को फलानो कलेजमा फलानो विषय पढ्ने।' नतिजा आइसक्दा पनि कतिपय चाहि" 'खोई, कहा" पढ्ने र के बिषय पढ्ने' भन्दै दोधारमै छन्। विद्यार्थीको एउटा समूह यस्तो पनि छ, जो 'मन त ठूलै ठाउ"का ठूलै कलेज पढ्ने हो, तर हैसियत छैन,' भन्दै पिरोलि"दैछ।
योजना बुनिसकेका, अन्योलमा रहेका र कमजोर अवस्थाका तीनै खाले विद्यार्थीलाई इलाम उच्च शिक्षाको उपयुक्त गन्तव्य बन्न सक्छ। अञ्चल सदरमुकामसमेत रहेको इलाममा मेचीका झापा, पा"चथर र ताप्लेजुङका विद्यार्थीले उच्च शिक्षा आर्जन गर्ने गन्तव्य बनाउनसक्ने थुप्रै आधार छन्। बाहै्र महिना अनुकूल हावापानी हुने पहाडी जिल्ला इलाममा थोरै खर्चेरै रोजेका विषय अध्ययन गर्न सकिन्छ।
सुधारोन्मुख नतिजाले यसपल्ट मेचीमा झन्डै १० हजार विद्यार्थी एसएलसी उत्तीर्ण छन्। उनीहरू उच्चशिक्षानिम्ति स्वदेश विदेशका मह"गा कलेज ताक्दैछन्। आर्थिक हैसियत र क्षमता हुनेले चाहेका कलेज पढ्न अप्ठ्यारो छैन। मध्यम वर्गीय र कमजोर क्षमता हुनेले उनीहरू जस्तैलाई लक्षित इलामका शैक्षिक केन्द्रमा शिक्षा आर्जन गर्न सक्छन्। कमजोर अवस्थाका र दुःखले उत्तीर्ण हुने टाढा जा"दैनन्।
सदरमुकामको आदर्श उच्चमावि एउटा यस्तो शैक्षिक केन्द्र हो, जहा" मेची–कोसीकै विद्यार्थी उच्चशिक्षा हासिल गर्न आइरहेका छन्। १५ वर्षअघि 'प्लस टु' सुरु भएको उक्त उच्च माविमा 'साइन्स'लाई सुरुबाटै प्राथमिकता दिइएको छ। प्रधानाध्यापक कुमार पौडेलका अनुसार यहा" 'साइन्स' पढेका दर्जनौ विद्यार्थी अहिले लोभलाग्दो काममा रोजगार छन्। यहीं पाएको ज्ञानले कतिपय विदेशमा फैलि"दैछन्।
इलामकै पुरानो विद्यालयमध्येको एक, आदर्शमा साइन्सका अतिरिक्त एजुकेसन साइन्स, म्यानेजमेन्ट, आर्टस् र एजुकेसन फ्याकल्टी पढाइ हुन्छ। 'साइन्स'मा भर्ना हुन ३ हजार छ, भर्ना शुल्क। मासिक शुल्क– ८ सय मात्र। अरु फ्याकल्टीमा झन्डै आधा सस्तो छ। प्रवेश परीक्षा उत्तीर्ण गरेपछि भर्ना हुन पाइन्छ। 'साइन्स' अंग्रेजी माध्यमबाट पढाइन्छ। कमर्सको एउटा 'सेक्सन'मा पनि अंग्रेजी माध्यम छ।
साइन्समा क्यामेस्ट्री, फिजिक्स र बायोलोजीका फरक–फरक ल्याब छन्। पुरस्तकालय व्यवस्थित हु"दैछ। आदर्शले अघिल्ला वर्षमा राम्रो नतिजा निकाल्न सफल भएको प्रधानाध्यापक पौडेल बताउ"छन्। अहिले १ हजार १ सय विद्यार्थी अध्ययनरत उक्त उच्च माविमा २० जना छात्राका लागि होस्टल पनि सञ्चालित छ। उनीहरूलाई खानेबस्ने सुविधासहित ट्युसन खर्चसमेत उपलब्ध गराइन्छ।
'आदर्शलाई नमूना शैक्षिक केन्द्र बनाउन हामी दत्तचित्त छौं, वैज्ञानिक जमानामा साइन्सको महत्व औधी हुनाले यसलाई प्राथमिकता दि"दैछौं,' प्रधानाध्यापक पौडेल भन्छन्, 'हामीस"ग तालिमप्राप्त र अनुभवी शिक्षक शिक्षिका छन्, एसएलसी उत्तीर्ण विद्यार्थीले सस्तोमा गुणस्तरीय शिक्षा लिन पाउनेछन्।' इलामका विद्यार्थीको पहिल्यैदेखि आकर्षण रहेको यहा" अन्तका विद्यार्थी पनि आकर्षित हु"दैछन्।
कृषि र पशुपालनमा अग्रणी जिल्ला इलाममा 'पशु विज्ञान' पनि पढाइ हुन्छ। 'सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा' कार्यक्रमअन्तर्गत जितपुर गाविसस्थित जितपुर उच्च माविमा यसको पठनपाठन भइरहेको छ। खुसीको कुरा त के छ भने, २९ महिने पशु विज्ञान पढ्न एसएलसी उत्तीर्ण हुनै पर्दैन। त्यहा" अध्ययन गर्न भर्ना शुल्कबापत १२ हजार रुपैया" तिर्नुपर्छ। मासिक शुल्क भने ५ सय रुपैया" मात्रै।
प्रधानाध्यापक खडानन्द अधिकारीका अनुसार, पशु विज्ञानको पाठ्यक्रममा कृषि बागवानीका अतिरिक्त मौरी र माछापालनबारे पनि पढाइ हुन्छ। यसपल्ट चौथो ब्याचका लागि भर्ना लिइनेछ। अघिल्ला तीन ब्याचमध्ये दुइटाको लोभलाग्दो नतिजा आएको छ। तेस्रो ब्याचको नतिजा सार्वजनिक हुनेक्रममा छ। ४० विद्यार्थी भर्ना लिइने जितपुर उच्च माविमा पशु विज्ञान पढ्नेले बस्ने व्यवस्था आफै गर्नुपर्छ।
'हामीले पहिलो ब्याचमा ९६ प्रतिशत नतिजा निकाल्न सफल भयौं,' प्रधानाध्यापक अधिकारी भन्छन्, 'यहा" पढेका विद्यार्थी बेरोजगार हुनुपरेको छैन।' प्राय : घर घरमा पशुपालन गरिने इलाममा पशु विज्ञान पढेका विद्यार्थीले आफैं क्लिनिक खोल्नसक्ने अवस्था बलियो छ। लोकसेवा आयोगको तयारी गर्दा नि हुन्छ। गाउ"को उच्चमावि भएकाले २९ महिने पाठ्यक्रम पूरा गर्दा खासै धेरै खर्च लाग्दैन।
प्रविधिमा रुचि राख्ने विद्यार्थीले इलामकै बरबोटेस्थित अमर उच्च माविमा १०० पूर्णाङ्कको 'कम्प्युटर साइन्स' पढ्न पाउ"छन्। कमर्श फ्याकल्टीमा यो विषय समेटिएको छ। भर्ना शुल्क ९ सय ५० रुपैया" छ भने मासिक शुल्क ९ सय मात्र। 'हाम्रो उच्च माविको कक्षा ९ र १० मा पनि कम्प्युटर इन्जिनियरिङ पढाइ भइरहेको छ,' उच्च माविका कर्मचारी सटेन्द्र जबेगू भन्छन्, 'ती विद्यार्थीले 'प्लस टु'मा पनि यसलाई निरन्तरता दिन सक्छन्।'
इलाममै मोर्डन कलेज र चारखोला उच्च मावि पनि उच्च शिक्षा हासिल गर्ने उपयुक्त शैक्षिक केन्द्र बन्न सक्छन्। ती केन्द्रमा विद्यार्थीको चाप पहिल्यैदेखि राम्रै छ। एसएलसीपछि साइन्स पढेको खण्डमा इलामस्थित महेन्द्ररत्न बहुमुखी क्याम्पसमै स्नातक तहमा 'हर्टिकल्चर' र 'फ्लोरिकल्चर' पढ्न पाइन्छ। इलाममा मात्र पढ्न पाइने यी फ्याकल्टीप्रति देशभरका विद्यार्थी चासो गर्दै आएका छन्।