सरकार ‘जस्ट पास'
०५ असार २०७२
•
८ मिनेट पाठ
सरकार ‘जस्ट पास'
काठमाडौं-विद्यालय तहका विद्यार्थीले परीक्षामा पास हुन प्रत्येक विषयमा ३२ नम्बर ल्याउनै पर्छ। सय पूर्णांकको विषयमा ३२ नम्बरभन्दा कम अंक ल्याउने विद्यार्थी उच्च शिक्षाको ‘सुनौलो ढोका' मा प्रवेश पाउन सक्दैनन्। विद्यार्थी पास हुने यही अंकलाई आधार मानेर हेर्ने हो भने सरकारले अरबौँ लगानी गरेका सामुदायिक विद्यालय यस वर्षको एसएलसीमा ३३ प्रतिशत ल्याएर ‘जस्ट पास' (मुस्किलले उत्तीर्ण) भएका छन्।




एसएलसी परीक्षामा सहभागी सामुदायिक विद्यालयका ३ लाख २ हजार ३ सय ९९ विद्यार्थीमध्ये १ लाख ३ तीन सय ४२ जना मात्र पास भएका छन्। प्रतिशतका आधारमा यो ३३ दशमलव १८ हुन आउँछ। 
विद्यार्थीका आधारमा अहिलेको पास संख्या हेरेर शिक्षाविदहरुले सामुदायिक विद्यालयको उत्तीर्ण दरलाई ‘जस्ट पास' को संज्ञा दिएका छन्। विगत वर्षको तुलनामा भने सरकारी नतिजा निकै राम्रो हो। यस वर्ष निजीतर्फको नतिजा भने खस्केको छ। 

निजीबाट यस वर्ष ८९ दशमलव १८ प्रतिशत विद्यार्थी उत्तीर्ण छन्। १ लाख २ हजार ९ सय ३९ सहभागीमध्ये ९१ हजार ९ सय २५ जना पास भए। अघिल्लो वर्ष निजी विद्यालयबाट ९३ प्रतिशत पास भएका थिए।
निजी विद्यालयका तुलनामा सरकारी विद्यालयका शिक्षक तालिमप्राप्त भए पनि नतिजा भने सधैं निराशाजनक छ। अघिल्लो वर्ष सामुदायिक विद्यालयतर्फ जम्मा २९ दशमलव ६८ प्रतिशत मात्र पास भएका थिए। २०६९ सालमा पनि सरकार एसएलसी परीक्षामा २७ दशमलव ९७ प्रतिशत ल्याएर फेल भएको थियो। त्यसअघिका अधिकांश वर्ष पनि सामुदायिक विद्यालयको नतिजामा सरकार फेल हुँदै आएको थियो।
२०६५ यता सधैं नतिजामा ३२ भन्दा कम प्रतिशत ल्याएर असफल हुँदै आएको सरकार ६ वर्षपछि यसपालि पास भएको परीक्षा नियन्त्रण कार्यालयकै तथ्यांकले देखाउँछ। २०६५ मा एसएलसी परीक्षामा ६८ दशमलव ३७ प्रतिशत विद्यार्थी उत्तीर्ण हुँदा सामुदायिक विद्यालयतर्फ झन्डै ४० प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए तर त्यसयताका परीक्षामा भने सधैं कमजोर नतिजा आएको छ।
‘लामो समयपछि सरकारी विद्यालयको नतिजाले सकारात्मक सन्देश दिएको छ,' परीक्षानियन्त्रक विष्णुबहादुर द्वारेले भने, ‘यो दरलाई बिस्तारै बढाउँदै विशिष्ट श्रेणीमा पुर्यााउनुपर्छ।' उनका अनुसार सरकारी विद्यालयका शिक्षकले राजनीति छाडेर कक्षाकोठामा प्रवेश गर्न थालेपछि एसएलसीको नतिजामा सुधार आउन थालेको हो। 
शिक्षाविद तीर्थराज पराजुलीका अनुसार विद्यार्थी सहभागिताको दाँजोमा सामुदायिक विद्यालयको अहिलेको उत्तीर्ण प्रतिशत उत्साहजनक होइन तर विगत वर्षको तुलनामा भने सुधारको संकेत हो यो। ‘शिक्षकले हडताल बन्द गरेर कक्षाकोठालाई केन्द्रित गर्ने हो भने नतिजामा धेरै सुधार आउन सक्छ,' उनले भने, ‘विगत तीन वर्षदेखि कक्षाकोठामा सामान्य सुधार भने आउने क्रम सुरु भइसकेको छ।' उनले एसएलसीको नतिजामा सुधार ल्याउन तल्लो तहका कक्षादेखि नै अतिरिक्त क्रियाकलापमा आधारित शिक्षा प्रदान गर्नुपर्नेमा जोड दिए। 
एसएलसी परीक्षाको सुरु भएको ८१ वर्षको अवधिमा सँधै नतिजा निरासाजनक आउन थालेपछि सरकारले विद्यार्थी पास दर बढाउन ०५७ सालमा पुरक परिक्षाको व्यवस्था गरेको थियो। पुरक परिक्षाको व्यवस्थापश्चात पनि नतिजामा उल्लेख्य सुधार आउन नसकेपछि सरकारले ०६५ सालमा कक्षा १० बाट मात्रै एसएलसीमा प्रश्चसोध्ने व्यवस्था गरेको हो। तर यो व्यवस्थाले पनि नतिजामा खासै सुधार ल्याउन सकेन। 
‘नतिजा सुधारका लागी जति व्यवस्था गरे पनि पास हुनेभन्दा फेल संख्या बढी छ' शिक्षाविद प्रा.डा विद्यानाथ कोइराला भन्छन्, ‘यो सबै विद्यालयमा पढाउने पुरानै शैली र धेरै मात्रामा हुने राजनीतिक गतिविधिकै उपज हो।' उनले यस वर्षको नतिजाले लामो समयदेखी सामुदायिक विद्यालयको खस्किएको साखलाई मलमपट्टी लगाउने काम गरेकाले सुधार गर्दै लैजानु पर्ने बताए।
चालु आर्थिक वर्षमा मात्र शिक्षामा सरकारले ८६ अर्ब रुपैयाँ खर्च गरेको छ। सरकारले प्रतिविद्यार्थी औषतमा प्रतिवर्ष ८ हजार रुपियाँका हाराहारीमा लगानी गर्दै आइरहेको छ। तर, लगानी अनुसार एसएलसी परिक्षाको नतीजाले शिक्षामा गरेको यति धेरै लगानी सँधै खेर गैरहेको विज्ञहरु बताउँछन्। 
सरकारको जोड विद्यार्थीलाई विद्यालयमा टिकाउने भन्दा पनि भर्ना दर बढी देखाउनेतिर केन्द्रित हुँदा गुणस्तर खस्किँदै गएको शिक्षाविद् मनप्रसाद वाग्ले बताउँछन्। ‘गुणस्तर बढाउने भन्दा पनि भर्नादर मात्र बढाउन सरकार लागिरहेको छ' उनले भने, ‘कक्षा १ मा भर्ना भएका विद्यार्थीमध्ये ८० प्रतिशत भन्दा बढी एसएलसीसम्म नपुग्नु भनेको राज्यको लागनीको औचित्यमाथि नै प्रश्न उठ्नु हो।' उनले यो विचमा शिक्षामा भएको सबै लगानीको सुक्ष्म अध्ययन गर्नु पर्ने बताए।
अभिभावक संघका अध्यक्ष सुप्रभात भण्डारीले पनि शिक्षामा सरकार असफल हुँदै गएको बताए। उनले यो वर्ष शिक्षामा ८६ अर्ब लगानी भए पनि सरकारी विद्यालयबाट भने मुस्किलले ३३ प्रतिशत मात्र पास भएकोले लगानी खेर गएको जनाए।
प्याब्सनका अध्यक्ष लक्ष्यबहादुर केसीले निजी विद्यालयको अवस्था खस्केको विषयमा गम्भीर बहस आवश्यक रहेको बताए। उनले निजी विद्यालयमा पनि विस्तारै राजनीति छिर्दै गएकाले पढाईमा असर पर्न थालेको आशंका व्यक्त गरे।
अर्को समाचार
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
७ घण्टा अघि
•
१ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। आइतबार साँझ करिब ५:५० बजे रुकुम खलंगाबाट दुलीतर्फ जाँदै गरेको लु १ ज २१६० नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब १० देखि १५ मिटर तल खसेको हो।

Yetiairlinescontenttopbanner

दुर्घटनालगत्तै खटिएको प्रहरी टोलीले घाइते ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिम पठाएको थियो। तीमध्ये जीप चालक रुकुम पश्चिमकै मुसिकोट नगरपालिका-९ का करिब २८ वर्षीय भीम सिंह बुढामगरलाई साँझ ७:१० बजे चिकित्सकले जाँच गरी मृत घोषणा गरेका थिए।

दुर्घटनामा बाँफिकोट गाउँपालिका-८ दुलीकी करिब ३१ वर्षीया निर्मला के.सी., उनका करिब २ वर्षीय छोरा दिनेश के.सी., सोही स्थानकी करिब ३२ वर्षीया मनिषा बस्नेत र करिब ३६ वर्षीय कर्णबहादुर खत्री घाइते भएका छन्। घाइतेमध्ये निर्मला, मनिषा र कर्णबहादुरको अवस्था सामान्य छ भने दिनेशको अवस्था मध्यम रहेको छ।

यस्तै, सोही दुर्घटनामा मुसिकोट नगरपालिका-१० की करिब १८ वर्षीया जेनिशा वली घाइते भएकी छन्। उनको अवस्था मध्यम रहेको छ। जीपमा चालकसहित १० जना सवार रहेकोमा अन्य चार जना सकुशल छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस