इलाम–सन्तानको शिक्षादिक्षामा अभिभावक आफैं जागरुक भएपछि इलामका आधा दर्जन सामुदायिक विद्यालयको एसएलसी नतिजा सुधि्रएको छ। घरमा काम खोज्ने प्रवृत्ति अन्त्य गर्दै अभिभावकले सन्तानको पुरै समय लेखपढमा छुट्याईदिँदा उनीहरुको नतिजा सन्तोषजनक आएको हो।लेखपढलाई सीमित समय खर्चिएका विद्यार्थीले भने परीक्षामा चित्तबुझ्दो नतिजा निकाल्न सकेनन्।घरायसी कामलाई प्राथमिकता नदिई अभिभावकको सल्लाहबमोजिम लेखपढमा दत्तदित्त हुने जिर्मलेस्थित मोतीराम माविका ८६ प्रतिशत परीक्षार्थी उत्तीर्ण छन्। शैक्षिक सत्रको सुरुबाटै बिहान बेलुका एक/एक घण्टा कोचिङ कक्षा लिएका कोल्बुङस्थित शान्तिनिकेतन माविका ७२ प्रतिशत परीक्षार्थी उत्तीर्ण छन्। ती विद्यालय अध्ययनरत विद्यार्थीको पहिलो काम लेखपढ थियो।
साउनदेखि एसएलसी परीक्षार्थीलाई १२ घण्टा विद्यालयमै राखेर पठनपाठन गराउँदा राम्रो नतिजा निस्किएको मोतीराम माविका निमित्त प्रधानाध्यापक राम चौलागाईंले बताए। पोहोर २० परीक्षार्थीमध्ये ३ मात्रै उत्तीर्ण भएपछि नतिजा सुधार्न अभिभावक स्वयं दत्तचित्त भएको र घरायसी काम आफैं गरेको उल्लेख गर्दै चौलागाईंले यसपल्ट १४ परीक्षार्थीमा १२ उत्तीर्ण भएको जनाए।'साउनदेखि नै विद्यार्थीलाई बिहानदेखि बेलुकासम्मै शिक्षक शिक्षिकाको निगरानीमा राखियो, परीक्षाका बेला पनि छुट्टाछुट्टै बस्न नदिई समूहमा राखियो' चौलागाईंले भने, 'सन्तानको शिक्षादिक्षामा अभिभावक आफैं जागरुक भएपछि नतिजा सुधार्न सफल भइएको हो।' एसएलसी अनुत्तीर्ण भए भविष्य बिग्रिने सम्भावनाप्रति सचेत भएर अभिभावकले छोराछोरीलाई पढाई केन्द्रित गरेका हुन्।
पोहोर ६१ प्रतिशत परीक्षार्थी उत्तीर्ण गराउन सफल शान्तिनिकेतन माविले यसपल्ट ३२ मा २३ विद्यार्थी उत्तीर्ण गराएर ७२ प्रतिशत नतिजा ल्याएको त्यहाँका शिक्षक हिमेश्वर यादवले बताए। परीक्षाको अढाई महिना अघिदेखि विद्यालयमै बसेका विद्यार्थी घरायसी कामको चिन्ता नलिई लेखपढमा केन्द्रित हुँदा नतिजा सुधि्रएको हो। उक्त माविका विद्यार्थीसमेत परीक्षाका बेला समूहमै बसेका थिए।'प्रत्येक शुक्रवार परीक्षा लिन्थ्यौं, अभिभावकलाई विद्यार्थीबाट घरायसी कामको अपेक्षा नगर्न भनेका थियौ' यादवले सुनाए, 'अतिरिक्त क्रियाकलाप बढीभन्दा बढी गरायौं, शिक्षक शिक्षिकाले उसैगरी मरिमेटेर पढायौं।' घरको काम भ्याएर दिउ"सो मात्र कक्षा लिँदा विद्यार्थीले राम्रो नतिजा निकाल्न नसकेको निर्क्यौल गर्दै विद्यालयले अभिभावकलाई परीक्षासम्म त्यस्तो अपेक्षा नगर्न भनेको थियो।
जिल्ला शिक्षा कार्यालयका अनुसार, यसपल्ट सदरमुकामको आदर्श उच्च माविले ५७ मा ३१ विद्यार्थी उत्तीर्ण गराएर ५४ प्रतिशत नतिजा निकाल्न सफल भएको छ। शान्तिडाँडास्थित पञ्च माविको नतिजा पनि चित्तबुझ्दो छ। राम्रो नतिजा ल्याएका विद्यार्थीले पढाईमा पनि उत्तिकै मेहेनत गरेको उल्लेख गर्दै कार्यालयका शाखा अधिकृत निर्मल ढुंगेलले कामधन्दा भ्याएर त्यो सम्भव नहुने बताए।'बोर्डिङमा जस्तो ९ कक्षैदेखि घण्टौं समय दिन नसके पनि केही विद्यालयका विद्यार्थीले कक्षा १० मा मनग्गे समय दिए' ढुंगेलले भने, 'जसले अविछिन्न लेखपढमा समय खर्चिए, ती विद्यालयले सन्तोषजनक नतिजा निकाले।' सामुदायिक विद्यालयबाट पोहोर कसैले विशिष्ट नजिता नल्याएको इलाममा यसपल्ट चार जनाले त्यो श्रेणीमा एसएलसी उत्तीर्ण गरेका छन्।
नौ संस्थागत विद्यालयले शतप्रतिशत नतिजा निकालेको इलाममा सात सामुदायिक विद्यालयको नतिजा भने शून्य छ। सामुुदायिक विद्यालयको उत्तीर्ण प्रतिशत २७ दशमलव ७१ प्रतिशतमा सीमित रहेको इलाममा संस्थागत विद्यालयको उत्तीर्ण प्रतिशत भने ८२ प्रतिशत छ। औसतमा इलामका विद्यालयबाट ३९ दशमलव ५५ प्रतिशत विद्यार्थी उत्तीर्ण छन्।अघिल्ला तीन बर्षमा समेत एकै विद्यार्थी उत्तीर्ण गराउन नसक्ने चिसापानीको जनता मावि, बाँझोको विद्या सिर्जनात्मक मावि, लक्ष्मीपुरको कृष्ण मावि र नया"बजारको शिवमाई माविले यसपल्ट पनि नतिजा ल्याउन सकेनन्। यस्तै, मावुको प्रवोध मावि, दानावारीको युवाबर्ष मावि र बरबोटेको सप्तमाई गुरुकुल माविले पनि नतिजा नल्याएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ।
परीक्षामा सहभागी ३ हजार ७ सय ४९ विद्यार्थीमध्ये १ हजार ४ सय ८२ उत्तीर्ण भएको कार्यालयले जनाएको छ। सामुदायिकतर्फ २ हजार ९ सय ६९ मध्ये ८ सय २२ उत्तीर्ण छन् भने संस्थागततर्फ ७ सय ८० मध्ये ६ सय ६० उत्तीर्ण छन्। शतप्रतिशत नजिता निकाल्ने संस्थागत विद्यालयमा सदरमुकामका सिंहवाहिनी (समता), माउण्ट मेची, हेरिटेज, जुविलेण्ट इलाइट, मन्टेश्वरी, प्रज्ञासदन, सुनाखरी, अन्तुको अन्तु एकेडेमी र सूर्योदय नगरपालिकाको पञ्चकन्याको पिसल्याण्ड बोर्डिङले पनि शतप्रतिशत नजिता निकालेका छन्।