आजबाट खुल्दै पर्यटकलाई सम्पदा
३१ जेष्ठ २०७२
•
६ मिनेट पाठ
आजबाट खुल्दै पर्यटकलाई सम्पदा
काठमाडौं- सरकारले भूकम्पले क्षति भएका क्षेत्रमा सजग गराउँदै पर्यटकलाई भ्रमणका लागि सोमबारदेखि खुला गर्ने तयारी गरेको छ। चाँगुनारायण बाहेकका क्षेत्रमा पर्यटकले भ्रमण गर्न सक्ने गरी तयारी गरिएको पुरातत्व विभागले जनाएको छ।पर्यटन आगमनलाई सामान्य अवस्थामा लैजान भन्दै निजी व्यवसायीको अनुरोधपछि सरकारले यस्तो तयारी गरिरहेको थियो। 'भग्नावशेषभित्र रहेका सबै पुरातात्विक सामग्री सबै सुरक्षित राखिएका छन्,' पुरातत्व विभागका प्रवक्ता रामबहादुर कुँवरले भने, 'सबै तयारीसाथ खोल्न लागेका हौं। कुनै जोखिम छैन।'
patan durbar square reopen for public-02

पाटन दरवार स्कवारमा सर्वसाधारण।

विभागका अनुसार भूकम्पले १ सय ३३ वटा सम्पदा पूर्ण रुपमा क्षति भएका छन्। नेपाल पर्यटन बोर्डका अध्यक्ष तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुरेशमान श्रेष्ठले करिब दुई साताअघि यस्तो तयारी थाल्न सरोकारवाला, निजी क्षेत्र र नेपाल पर्यटन पुनरुत्थान कमिटीसँग छलफल गरेका थिए।

'काठमाडौं, भक्तपुर, पाटन दरबार लगायत पशुपति बौद्धनाथ र स्वयम्भु क्षेत्रमा भग्नावशेषलाई सफाइ गरिएको छ,' उनले भने, 'ती क्षेत्रका भग्नावशेष बाहेकका क्षेत्रमा पुगेर हेर्न पाइन्छ। चाँगुनारायण भने खोल्न सकिएको छैन।'

काठमाडौं महानगरपालिकाले काठमाडौं दरबार क्षेत्र आउने पर्यटकलाई शुक्रबारबाटै शुल्क उठाउन थालिसकेको छ। 'सरकारले अन्य क्षेत्रमा पनि सोमबारदेखि खोल्न लागेकाले आधिकारिक रुपमा सोमबारदेखि नै सुरु गर्छौ,' महानगरपालिकाका प्रमुख तथा कार्यकारी अधिकृत रुद्रसिंह तामाङले भने, 'उनीहरुलाई कसरी सुरक्षित रुपमा यात्रा गराउने भन्ने दायित्व हाम्रो हो।' उनका अनुसार सम्पदा क्षेत्रका जोखिम क्षेत्रमा 'खतरा' रहेको जनाउ दिएर प्रवेश निषेध गरिएको छ। साथै, सर्वसाधारण हिँड्ने बाटो मात्रै पर्यटकका लागि खुला गरिएको पनि उनले बताए। 'सर्वसाधारण हिँड्ने बाटो भएर पर्यटकले दरबार क्षेत्र अवलोकन गर्ने हुन्,' उनले भने, 'पर्यटकलाई अनिवार्य हेलमेटको व्यवस्था गरेर भ्रमण गर्न अनुरोध पनि गरेका छौं।'

उनका अनुसार काठमाडौं दरबार क्षेत्रका गद्दी बैठक क्षेत्रलगायत संवेदनशील क्षेत्रमा पर्यटकलाई सजग बनाउन सक्नुपर्छ। यसबाहेक भक्तपुर र पाटन दरबार क्षेत्र पर्यटकका लागि सुरक्षित रहेको उनले बताए। 'संवेदनशीलतालाई ध्यान दिँदै पर्यटकका लागि खोल्नुपर्छ,' उनले थपे। युनेस्कोले सुरक्षाको कारण देखाउँदै कतिपय सम्पदास्थल खोल्दा सरकारलाई सजग रहन बिहीबार आग्रह गरेको थियो। धेरैजसो स्मारक स्थल सुरक्षाका हिसाबले अझै जोखिमपूर्ण अवस्था देखाउँदै काठमाडौंस्थित युनेस्को कार्यालयले सावधानी अपनाउन अनुरोध गरेको थियो।

सर्वसाधारणको सहजै पहुँच हुन सक्ने भक्तपुर दरबार परिसर, पशुपतिनाथ र बौद्धनाथ स्तुप लगायत क्षेत्रका सम्पदावरिपरि भत्किएका संरचनाको सुरक्षा गर्नुपर्ने र धरासयी संरचनास्थलमा सर्वसाधारणलाई प्रवेश दिन नहुने कुरामा सचेत रहन आग्रह गरेको छ। युनेस्को काठमाडौंले गरेको प्रारम्भिक अध्ययन अनुसार पाटन दरबार क्षेत्रका आधा मन्दिर भत्किएका छन्। यसबाहेक हनुमानढोका र भक्तपुर दरबार क्षेत्रका ८० प्रतिशत भत्किएको तथ्यांक छ।

वैशाख १२ र २९ मा गएको विनासकारी भूकम्पले उपत्यकाका मठमन्दिर, पाटीपौवा, सत्तल, दरबार लगायत सम्पदालाई धेरै असर गरेको विभागले बताउँदै आएको छ। काठमाडौं विश्व सम्पदामा सूचीकृत सात स्मारकस्थलमध्ये हनुमानढोका दरबार क्षेत्रमा ९० प्रतिशत क्षति पुगेको विभागको प्रारम्भिक अध्ययनले देखाइसकेको छ। विभागले महाभूकम्पले प्रभावित जिल्लाका ६० भन्दा बढी पुरातात्विक सम्पदा पूर्ण रुपमा क्षति भएको बताइसकेको छ। २ सय ५० भन्दा बढी स्मारकमा आंशिक क्षति भएको छ।
अर्को समाचार
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
६ घण्टा अघि
•
१ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। आइतबार साँझ करिब ५:५० बजे रुकुम खलंगाबाट दुलीतर्फ जाँदै गरेको लु १ ज २१६० नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब १० देखि १५ मिटर तल खसेको हो। Yetiairlinescontenttopbanner दुर्घटनालगत्तै खटिएको प्रहरी टोलीले घाइते ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिम पठाएको थियो। तीमध्ये जीप चालक रुकुम पश्चिमकै मुसिकोट नगरपालिका-९ का करिब २८ वर्षीय भीम सिंह बुढामगरलाई साँझ ७:१० बजे चिकित्सकले जाँच गरी मृत घोषणा गरेका थिए।

दुर्घटनामा बाँफिकोट गाउँपालिका-८ दुलीकी करिब ३१ वर्षीया निर्मला के.सी., उनका करिब २ वर्षीय छोरा दिनेश के.सी., सोही स्थानकी करिब ३२ वर्षीया मनिषा बस्नेत र करिब ३६ वर्षीय कर्णबहादुर खत्री घाइते भएका छन्। घाइतेमध्ये निर्मला, मनिषा र कर्णबहादुरको अवस्था सामान्य छ भने दिनेशको अवस्था मध्यम रहेको छ।

यस्तै, सोही दुर्घटनामा मुसिकोट नगरपालिका-१० की करिब १८ वर्षीया जेनिशा वली घाइते भएकी छन्। उनको अवस्था मध्यम रहेको छ। जीपमा चालकसहित १० जना सवार रहेकोमा अन्य चार जना सकुशल छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस