इलाम–मनसुनपछि पूर्वी पहाडमा 'ठूलो वर्षा हुने र पहिरोको जोखिम रहने' पूर्वानुमान गरिए पनि सम्भावित विपद्बाट बच्न पूर्वतयारी अपनाइएको छैन। भूकम्पले थिलथिलो भएको यस क्षेत्रमा बंगालको खाडीबाट मनसुन भित्रिँदै गर्दा जल तथा मौसम पूर्वानुमान महाशाखाले धेरै पानी पर्ने अनुमान गरेको हो। बाढी पहिरोबाट हुने क्षतिको मात्रा घटाउन सरोकारवालालाई बजेट अभाव प्रमुख चुनौति छ।थुप्रै परिवार उठिवास लगाउने आधा दर्जन पहिरो पूर्णरुपमा नरोकिएको इलाममा यो वर्षायाममा थप पहिरो जानसक्ने विज्ञले बताएका छन्। ताप्लेजुङमा मनसुन सुरु नहु"दैको पहिरोले ५० जनाभन्दा धेरैको ज्यान जानुले पनि आसपासका जिल्ला असुरक्षित रहेको पुष्टि हुन्छ। जनसाधारणले असुरक्षित महसुस गरिरहेको अवस्थामा जिल्ला दैवीप्रकोप उद्धार समितिको समेत बैठकै बसेको छैन।
'पहिरोले छिमेकी जिल्लामा जनधनको क्षति भइरहे पनि इलाममा दैवीप्रकोप उद्धार समितिको बैठक बस्न सकेको छैन, त्यसैले क्षतिबाट बच्न अपनाउनुपर्ने सावधानी र पूर्वतयारीबारे छलफल हुनै बा"की छ,' निमित्त प्रमुख जिल्ला अधिकारी सुजन फागोले भने, 'सिडिओ सा'बको सरुवा भएर यस्तो भएको हो, नयाँ सिडिओ आएपछि विपद् व्यवस्थापनबारे बैठक हुनेछ।'
प्रमुख जिल्ला अधिकारी नै अध्यक्ष रहने समितिको जिम्मेवारी ठूलो भए पनि बजेटको सीमिततता दीर्घकालीन चुनौति छ। समितिको कोषमा ३ लाख रुपैयाँभन्दा धेरै बजेट नहुने र सरोकारवाला अरुको पनि उस्तै स्थिति रहनाले पहिरो गइहाले राहत र उद्दारमा कठिनाई पर्नेछ। पूर्वतयारीमा जुट्नुपर्ने बेला प्रमुख जिल्ला अधिकारीको सरुवा हुनु र बजेट मजवुत नहुनुले समस्या जटिल देखिन्छ।
समितिले थोरै खर्चमा हुने सूचना प्रवाहमा समेत हेलचेक्रयाईं गरिरहेको छ। जिल्लामै तीनटा एफएम र तीनटा दैनिक पत्रिका प्रकाशन भइरहे पनि त्यहाँ पहिरोबाट बच्न अपनाउनुपर्ने सावधानीबारे सूचना सम्प्रेषण गरिएको छैन। बिनास भइसकेपछि मात्रै उद्दारमा तत्परता देखाउने र क्षतिको मात्रा निर्धारण गरेर राहत दिने परम्परागत प्रवृत्ति छ। यसले बर्षाका बेला जनसाधारणलाई आश्वस्त पार्दैन।
पहिरोले इलाममा बर्षेनी घटीमा १० परिवार प्रभावित भइरहेको विवरण उपलव्ध गराउँदै जिल्ला प्रहरी कार्यालयले उद्धारका लागि सीमित स्रोत साधन र जनशक्ति मात्र उपलव्ध रहेको जनाएको छ। प्रहरी नायव उपरीक्षक प्रकाश रानाभाटले विपद् आइपर्दा जिल्लामा उपलव्ध जनशक्तिले छिटोभन्दा छिटो घटनास्थल पुगेर उद्धार गर्ने बताउँदै क्षतिको मात्रा कम गर्न चौतर्फी तदारुकता देखाउने बताए।
'यसपल्ट पहिरोले बित्यास पार्ने संकेत देखिइसकेको छ तर बजेट अभावमा पूर्वतयारी गर्न पाएका छैनौं' रेडक्रसका जिल्ला अध्यक्ष देवीप्रसाद गौतम भन्छन्, 'चन्दा मागेको पैसाले मात्रै सबथोक गर्नुपर्ने बाध्यता छ, उद्दार र राहतका सामग्री जोहो गरिराख्न सकिँदैन।' रेडक्रसले जिविसको सहकार्यमा बनाएको 'विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना'ले इलामका केही गाउँ पहिरोको जोखिममा छन्।