काठमाडौं- संसदको कृषि तथा जलस्रोत समितिमा भूकम्पले बढी प्रभाव पारेका १८ जिल्लाको भू-उपयोग नक्सा तत्काल तयार गर्ने र जोखिममा रहेका बस्तीहरुको तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्नुपर्ने विषयमा छलफल भएको छ।
नेपालको भूमी उपयोगसमम्बन्धी नीति परिमार्जन र कार्यान्वयनका लागि दीर्घकालीन नीति बनाउनुपर्ने भए पनि बढी प्रभावित १८ जिल्लाको भू-उपयोग नक्सा तत्काल तयार गर्नुपर्ने समितिका सभापति गगन थापाले बताए।
'बढी प्रभावित १८ जिल्लाको भू-उपयोग नीति तयार गर्ने कार्यमा सरकारले स्रोत र साधनको अभाव दिनु हुँदैन,' सभापति थापाले भने, 'यी जिल्लाहरु भूकम्पपछि तत्कालै बाढी पहिरोको जोखिममा छन्, सुरक्षित अस्थायी स्थानान्तरणको काम तत्कालै थाल्नुपर्छ।'
समिति बैठकमा नेपालका सम्पूर्ण जमिनको उपयोगिता खुट्याउन ढिलो गर्नु नहुने, कृषि योग्य भूमिको क्षयीकरणलाई तत्कालै रोक्नुपर्ने, जमीनको खण्डीकरण रोक्नुपर्ने, भूकम्पपछि धेरै पहाडी इलाका पहिरोको जोखिममा रहेकाले सरोकारवाला मन्त्रालय विपत्त व्यवस्थापको पूर्व तयारीमा रहनुपर्ने, भूमिसम्बन्धित काम गर्ने सरकारका सबै संयन्त्रहरुमा भूगर्भविद्को व्यवस्था गर्नुपर्ने जस्ता विषयमा पनि छलफल भयो।
भू-उपयोग नीति निर्माण भए पनि कार्यान्वयमा नआउँदा आम नागरिक यस नीतिका विषयमा अझै पनि अनभिज्ञ रहेको सभासद्हरुले गुनासो गरेका थिए। 'बनेको भू-उपयोग नीति कार्यान्वयमै नआइकन भूकम्पपछि परिमार्जन गर्नुपर्ने भइसकेको छ,' एक सभासद्ले भने, 'भू-उपयोग नीति कार्यान्वयमा नआउँदा कृषियोग्य भूमिको क्षयीकरण, बाढी पहिरोजस्ता जोखिमपूर्ण ठाउँमा बस्ती निर्माण जस्ता समस्या बढेका छन्।'
प्रत्येक १० वर्षमा नेपालमा ५ प्रतिशतका दरले कृषियोग्य भूमिको क्षयीकरण हुँदै गएको र यही क्रम जारी रहने हो भने केही दशकपछि देशले खाद्य संकटको सामना गर्नुपर्ने हुनसक्ने कृषि मन्त्रालयका सचिव उत्तमकुमार भट्टराइले बताए।
भूमिको वैज्ञानिक प्रयोगका लागि तयार गर्ने भनिएको भू-नक्सा (जिओलोजिकल म्याप) तयार गर्न १० वर्ष लाग्ने भूमिसुधार मन्त्रालयअन्तर्गतका निकायले बताइरहेको भन्दै सभासद्हरुले त्यस्तो नक्सा तयार गर्ने एक दशक खर्चिनु नहुने बताए।
हालः भूकम्पले प्रभाव पारेका १८ जिल्लाको भू-उपयोग नक्सा तयार पार्नका लागि सरकारले मन्त्रालयलाई थप (सिलिङबाहिरबाट) ८९ करोड रुपैयाँ बजेट विनियोजन गर्नुपर्ने भूमिसुधार मन्त्री दलबहादुर रानाले बताए।