कास्की–परिवारको नाममा एकवित्ता पनि जमिन छैन पम्फी परियारको। ससुराले ऊ जमानामा लालपुर्जा बिनाको जग्गामा ठड्याएको घर पनि भूकम्पले भत्काएपछि अर्काको बारीमा थोत्रा टिनको ओत लागेको उनको परिवारसँग आफैं नयाँ घर बनाउन सक्ने सामर्थ्य पनि छैन। पति ऋषिराम अर्काको खेत जोत्छन्।उनीचाहिँ खेताली लाग्छिन्। ५ जना छोराछोरी सानै छन्। स्कुल जान्छन्। 'अर्काले मेलामा बोलाए माड लाउन पाइन्छ नत्र त्यत्तिकै,' पम्फीको व्यथा छ।पूरै घर भत्किएकाहरुलाई सरकारले १५ हजार रुपैयाँ दिन्छ भनेको समाचार पनि पम्फीलाई छरछिमेकले सुनाएका हुन्। तर त्यो पैसा कहिले आउँछ भन्ने थाहा छैन। दिनदिनै पानी पर्दा र हावाहुरी चल्दा अर्काको बारीमा ओत लगाएको टिन पनि उडाउलाजस्तो हुन्छ। डराइडराइ निदाउँछ त्यही छानामुनि उनको परिवार।
६० वर्षीया शान्ति परियारको जीवनमा कोही छैनन्। एकल उनको भर भनेकै एउटा घर थियो, त्यही पनि भत्कियो। आफूँ शारीरिक रुपमा अशक्त पनि छिन्। अर्काको सहारामा बाँच्न बाध्य उनलाई अबका दिन कसरी बित्ने हुन् भन्ने कल्पनासम्म छैन।
आफ्नै गाउँका मान्छेको यस्तो हालत देखेपछि स्थानीय युवा दर्शन लामाले शान्ति र पम्फीजस्तै बेसहारा परिवारलाई घर बनाउने पहल थालेका छन्। सरकारले दिने भनेको १५ हजार र यसअघि दिइसकेको ५ हजारबाट गाउँकै घर पनि बन्न मुस्किल देखेपछि लामाले चिनेजानेसँग सहयोग जुटाएर घर निर्माणको अभियान थालेका हुन्। 'आर्बामा १० घर बनाउँदैछौं,' उनले भने, 'घर पूरै भत्किएर आफूले बनाउन नसक्ने परिवारलाई सहयोग गर्ने उद्देश्य छ।' पम्फीकै घरको गारो उठाएर लामाको अभियान आर्बामा बुधबार सुरु भयो। 'एक टुक्रा जमिन पनि नभएका उहाँहरुजस्ता वास्तविक भूमिहीनहरुलाई सहयोग गर्नैपर्छ भनेर अभियान सुरु गर्दा देशविदेशबाट सहयोग पनि आयो,' लामाले भने।
युवा संघ नेपालका केन्द्रीय सदस्य लामाको अभियानलाई बहिनी फाउन्डेसनले ६ लाख, होप इनिसेटिभले ३ लाख, साझा युवा क्लबले १ लाख र सर्वधर्म मानव कल्याण समितिले २५ हजार रुपैयाँ सहयोग गरेका छन्। भिल्ला ब्लाङ टुरिजम स्कुल अस्ट्रियाले २ वटा घर बनाइदिने बचन दिएको छ। 'म आफैंले बालुवा किनेको छु,' लामाले भने, 'अरु धेरै साथीभाइले सरसामान पनि दिनुभएको छ।' ३ लाख रुपैयाँसम्म खर्च गरेर ३ कोठे घर निर्माण गर्न लागेको लामाले जानकारी दिए। ढुवानीसहित प्रतिगोठा ५५ रुपैयाँ पर्ने ६ इन्चको ब्लक लगाएर घर बनाइन लागेको हो।
कास्कीका मात्रै भूकम्पले १ हजार ७ सय ४६ घरमा पूर्ण क्षति पुर्याएको प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउत बताउँछन्। उनका अनुसार ६ हजार ९ सय घरमा आंशिक क्षति पुगेको छ। भूकम्प पीडितलाई जस्ता पाता किन्ने १५ हजार रुपैयाँ दिने तयारी गरिरहेको जानकारी पनि प्रजिअ राउतले दिए। 'परिचयपत्र तयार हुँदैछ,' उनले भने, 'परिचयपत्र बाँडेपछि पूर्ण र आंशिक क्षतिका आधारमा रकम वितरण हुन्छ।'