मदिरा र मासुमा सावधानी नअपनाउँदा अस्वभाविक रक्तचाप
२५ जेष्ठ २०७२
•
८ मिनेट पाठ
मदिरा र मासुमा सावधानी नअपनाउँदा अस्वभाविक रक्तचाप
इलाम— 'प्रेसर अलि बढ्न खोज्दैछ' भन्दै आफ्नै घरको छतमा जुत्ता धुँदै गर्दा इलाम मालापथका द्वारिका श्रेष्ठ, ६८ केही दिनअघि एक्कासि धारामा लड्न पुगे। घरधन्दा सघाउने व्यक्तिले देख्दा उनी असिनपसिन गर्दै उठ्न खोज्दै थिए। नसकेपछि ती सहयोगीले हारगुहार गर्दै मानिसहरु खोजे, श्रेष्ठलाई उठाइयो। बोली बन्द थियो, श्वासप्रश्वास तीव्र । १५ मिनेटभित्रै जिल्ला अस्पताल पुर्‍याउँदा पनि उनको स्थितिमा सुधार आएन। 




इञ्जिनियरिङमा आवद्ध भई तीन दशकभन्दा बढी उकाली ओराली गरेका श्रेष्ठको स्वास्थ्य खल्बलिने एउटै कारण थियो– उच्चरक्तचाप। अस्पतालमा उनको रक्तचाप १९०÷१२० देखियो। त्यो देखेर चिकित्सक स्वयं झस्किए र निक्र्यौल गरे, 'प्रेसरकै कारण उहा"लाई पक्षघात भएको हो।' नाजुक स्वास्थ्य सुधार्न श्रेष्ठलाई तुरुन्तै बिर्तामोडको एउटा सुविधायुक्त अस्पताल लगियो। तर दुर्भाग्य, उनी बचेनन्, त्यसै रात निधन भयो ।

२०६८ को गणनाअनुसार, झण्डै तीन लाख जनसंख्या रहेको इलाममा उच्चरक्तचाप स्वास्थ्यको दीर्घकालीन बाधक बन्दैछ। अनुमानै नगरिएका युवालाई समेत उच्चरक्तचापले सताउन थालेपछि गाउँ बस्तीदेखि शहर बजारसम्मै यसको चर्चा हुनथालेको छ। पा"च महिनादेखि जिल्ला अस्पतालमा कार्यरत डाक्टर फणिन्द्र बरालले सोमवार नागरिकलाई भने, 'गम्भीर खालका नसर्ने तीन रोगमध्ये इलाममा उच्चरक्तचाप अग्रिम छ ।'

अस्पतालमा मेडिकल सुपरिटेण्डेन्टसमेत रहेका बरालका अनुसार, उच्चरक्तचाप, क्यान्सर र मधुमेह नसर्ने रोग हुन्। यीमध्ये इलाममा उच्चरक्तचाप धेरै मानिसका लागि टाउको दुःखाई बन्न थालेको छ। 'खानपिनमा खेला"ची, तनावपूर्ण दिनचर्या, अव्यवस्थित जीवनशैली उच्चरक्तचापका प्रमुख जड हुन्' डाक्टर बराल भन्छन्, 'शारीरिक व्यायामको कमी र धूमपानको आदत पनि रक्तचाप बढाउने मुख्य कारण हुन्।'

रक्तचाप उच्च भएकैले पश्चिमी जितपुर गाविस–५ की वर्षीया टिकादेवी भट्टराई, ५८ ले केही महिनाअघि ज्यान गुमाइन्। स्थानीय स्वास्थ्यकर्मी राजकुमार चौधरीका अनुसार, 'जीउ अलि बिसञ्चो भयो' भन्दै स्वास्थ्य चौकी आइपुगेकी उनको स्वास्थ्य परीक्षण गर्दा रक्तचाप उच्च देखियो । चौधरीले रक्तचाप घटाउने औषधि नियमित सेवन गर्न सुझाए । 'घर सल्लाह गर्छु' भन्दै बाहिरिएकी उनको तीन दिनपछि त्यसैले ज्यान गयो ।

'उच्चरक्तचापले सिर्जित समस्याबाट धेरै मानिसले गाउ" गाउ"मा ज्यान गुमाएका छन्' दुई दशकदेखि त्यहाँ कार्यरत चौधरी भन्छन्, 'टाउको दुख्ने, रिंगटा लाग्ने, हातगोडा झम्झमाउने समस्या लिएर आएका अधिकतर बिरामीलाई उच्चरक्तचाप हुन्छ ।' स्थायीरुपले सेवन गर्नुपर्ने औषधिप्रति रुचि नदेखाउने, स्वास्थ्यलाई सामान्यरुपमा लिने र तितो खा"दा निको भइहाल्छ भन्ने हेलचेक्रयाईं प्रवृत्तिले समस्या बढेको उनी बताउँछन् ।

पहिल्यैदेखि गाउँलेको स्वास्थ्यस्थिति नियालिरहेका चौधरी ५-७ बर्षयता अस्वभाविकरुपमा उच्चरक्तचापले मानिसलाई सताएको अनुभव गर्छन् । 'विषादी मिश्रित खानेकुरा, लागूपदार्थको अम्मल, चिल्लो पिरोको आशक्तिले रक्तचाप बढाउँछ' उनी भन्छन्, 'मदिरा र मासु सेवनमा सावधानी नअपनाउँदा पनि यसले शरीरमा डेरा जमाउँछ ।' दैनिक आउने २५÷३० बिरामीमध्ये ७÷१० जनालाई उच्चरक्तचाप हुने सुनाउ"छन् ।

अर्को गाविस चमैंतामा पनि उच्चरक्तचापका बिरामी बढेको उपस्वास्थ्य चौकी प्रमुख गोपाल आचार्य बताउ"छन्। लामो समयदेखि त्यस क्षेत्रमा खटिँदै आएका उनले 'बिलासी जीवनका कारण यसले शरीरमा प्रश्रय पाएको' सुनाउँदै आहारविहारमा ध्यान दिए बच्न सकिने बताए। 'पहिले बुढ्यौलीमा प्रवेश गरेका एकाधलाई मात्रै उच्चरक्तचाप हुन्थ्यो' आचार्य भन्छन्, 'आजकल सोच्दै नसोचेका युवालाई समेत यसले सताएको पाइन्छ।'

उच्चरक्तचापले शरीरमा गम्भीर प्रकृतिका रोग निम्त्याउने चिकित्सक बताउँछन्। 'मस्तिष्कघात र पक्षघात हुने प्रमुख कारणै उच्चरक्तचाप हो' डाक्टर बराल भन्छन्, 'यसले बिरामीलाई जुनसुकै बेला मृत्युको मुखमा पुर्‍याउने खतरा हुन्छ।' किशोरावस्थाबाटै अनुशासित जीवनशैली अपनाएर खानपिनमा सतर्क भए उच्चरक्तचापबाट बचिने उनको सुझाव छ। समस्या देखिएको खण्डमा नियमित औषधि सेवन गर्नुपर्छ ।

चेतना अभावका कारण उच्चरक्तचापको जटिलता नबुझ्ने मानिस अत्यधिक रहेको अवस्थामा कुनै पनि निकायले यसबारे चेतनामूलक अभियान चलाएका छैनन् । विद्यालयमा कहिलेकहीँ चर्चा चले पनि त्यो पर्याप्त नहुने स्वास्थ्यकर्मी स्वयं बताउँछन्। 'धेरैको ज्यान लगिसकेको र धेरैको लानसक्ने खतरा बोकेको उच्चरक्तचाप हुन नदिन व्यापक चर्चा गरिनुपर्छ' आचार्य भन्छन्, 'बेलैमा चर्चा गर्दा सावधानी अपनाइन्छ ।'

स्वास्थ्यमा बाधक बन्दै गरेको उच्चरक्तचापले धेरैलाई ग्रसित पारेपछि इलाममा यसबारे सर्भेक्षण नै गरिएको जिल्ला जनस्वास्थ्य प्रमुख राजकुमार पोखरेल बताउँछन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले भरखरै सकेको सर्भेक्षणको नतिजा आगामी साउनभित्र सार्वजनिक गर्ने तयारी हुँदैछ। उच्चरक्तचाप हुने कारण र यसले सिर्जित बिरामीको अवस्था बुझ्न सर्भेक्षण सहयोगी हुनेछ।
अर्को समाचार
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
५ घण्टा अघि
•
१ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। आइतबार साँझ करिब ५:५० बजे रुकुम खलंगाबाट दुलीतर्फ जाँदै गरेको लु १ ज २१६० नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब १० देखि १५ मिटर तल खसेको हो।

Yetiairlinescontenttopbanner

दुर्घटनालगत्तै खटिएको प्रहरी टोलीले घाइते ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिम पठाएको थियो। तीमध्ये जीप चालक रुकुम पश्चिमकै मुसिकोट नगरपालिका-९ का करिब २८ वर्षीय भीम सिंह बुढामगरलाई साँझ ७:१० बजे चिकित्सकले जाँच गरी मृत घोषणा गरेका थिए।

दुर्घटनामा बाँफिकोट गाउँपालिका-८ दुलीकी करिब ३१ वर्षीया निर्मला के.सी., उनका करिब २ वर्षीय छोरा दिनेश के.सी., सोही स्थानकी करिब ३२ वर्षीया मनिषा बस्नेत र करिब ३६ वर्षीय कर्णबहादुर खत्री घाइते भएका छन्। घाइतेमध्ये निर्मला, मनिषा र कर्णबहादुरको अवस्था सामान्य छ भने दिनेशको अवस्था मध्यम रहेको छ।

यस्तै, सोही दुर्घटनामा मुसिकोट नगरपालिका-१० की करिब १८ वर्षीया जेनिशा वली घाइते भएकी छन्। उनको अवस्था मध्यम रहेको छ। जीपमा चालकसहित १० जना सवार रहेकोमा अन्य चार जना सकुशल छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस