अवैध विदेशी कामदार थपिँदै, ५० हजार रहेको अनुमान
१९ जेष्ठ २०७२
•
८ मिनेट पाठ
अवैध विदेशी कामदार थपिँदै, ५० हजार रहेको अनुमान
काठमाडौं-सरकारले डेढ वर्षदेखि अनुगमन नगर्दा अवैध रुपमा नेपाल बसेर काम गर्ने विदेशीको संख्या बढ्दै गएको छ। अहिले अवैध रुपमा काम गर्ने विदेशीको संख्या ५० हजार हाराहारी रहेको अनुमान छ।भूकम्पपछि राहत र उद्धारको नाममा पर्यटक भिसामा आएर अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामा काम गर्ने प्रवृत्तिले यो संख्या अझै बढाउने देखिएको छ। 
सरकारले पटकपटक नेपालमा अवैधानिक रुपमा काम गरिरहेका विदेशीलाई वैध हुन आग्रह गरे पनि उनीहरुले टेरेका छैनन्। सरकारले प्रभावकारी अनुगमन नगर्दा दुईपटक वैध हुन आग्रह गरिए पनि नगन्य विदेशीले मात्र श्रम स्वीकृति लिएको श्रम विभागको अभिलेखले देखाउँछ। 
हजारौं विदेशीले श्रम स्वीकृति नलिई काम गर्दा सरकारलाई वार्षिक चार अर्ब रुपैयाँभन्दा बढी कर घाटा भइरहेको सम्बद्ध निकायको अनुमान छ। 
अवैध रुपमा कार्यरत विदेशीलाई वैध हुन सरकारले २०७० माघ र चैतमा तीन महिना समय दिएको थियो। सो अवधिमा १४ सयले श्रम स्वीकृति लिएको विभागको तथ्यांक छ। पोहोर विभागले नेपालमा ४० हजार विदेशीले श्रम स्वीकृतिबिनै काम गरिरहेको जनाएको थियो। 
५० हजार हाराहारी विदेशीले अवैधानिक रुपमा काम गरिरहे पनि २०७० चैतसम्ममा १० हजार तीन सयले मात्र श्रम स्वीकृति लिएका थिए। अहिले त्यस्तो स्वीकृति लिनेको संख्या ११ हजार ७ सय पुगेको छ। विभागले २०७० माघमा सार्वजनिक सूचना जारी गर्दै नेपालको औपचारिक, अनौपचारिक वा स्वरोजगार जुनसुकै क्षेत्रमा कार्यरत, जतिसुकै अवधि र पारिश्रमिक लिई वा नलिई काम गरिरहेको भए पनि सोही वर्ष चैतभित्र अनिवार्य श्रम स्वीकृति लिन भनेको थियो। तोकिएको समयमा स्वीकृति लिए कानुनअनुसार हुने दण्ड, सजाय र जरिवाना एकपटकको लागि छुट दिने विभागले जनाएको थियो। 
विभागले सार्वजनिक सूचना जारी गरे पनि धेरै विदेशीले स्वीकृति लिएनन्। डेढ वर्षदेखि विभागले यसमा अनुगमन र प्रक्रिया अघि नबढाउँदा विदेशीलाई सजिलो भएको छ। 
श्रम विभागका महानिर्देशक रविन्द्रमोहन भट्टराई भने श्रम स्वीकृति लिने क्रम बढिरहेको बताउँछन्। ‘अहिले अनुगमन ठप्प जस्तै छ। श्रम कार्यालयले अनुगमन गर्ने हो। स्वीकृति लिने बानी पर्दै गएकाले हामीले कुरेका हौं,' उनले भने। 
अहिले राहत र उद्धारका नाममा धेरै विदेशी आइरहेका छन्। अहिले नै अनुगमन गर्दा समस्या हुन सक्ने भएकाले काम सकेपछि पनि नफर्के अनुगमन गरेर अध्यागमन विभागको समन्वयमा फर्काइने उनले बताए। ‘स्वयंसेवक वा शिक्षा र स्वास्थ्यमा काम गर्दा पनि श्रम स्वीकृति लिनुपर्छ,' उनले भने। 
विभाग र कार्यालयमा कर्मचारी अभाव र क्षमताले नभ्याउने भन्दै अनुगमन र कडाइ नगर्दा श्रम स्वीकृतिबिनै विदेशीले नेपालमा काम गरिरहेको विभागले जनाएको छ। विभागले अनुगमन गर्न ऐनले नदिने र कारबाही गर्न नमिल्ने जनाएको छ। प्रक्रिया मिलेको छैन भनेमात्र कारबाही गर्न मिल्ने विभागको भनाइ छ। 
श्रम तथा रोजगार मन्त्रालयका सचिव भोलाप्रसाद शिवाकोटीले जुन तरिकाले काम गर्न आए पनि श्रम स्वीकृति लिनुपर्ने नियम रहेको बताए। ‘अनुगमन र कारबाही किन भइरहेको छैन, त्यो श्रम विभाग र कार्यालयसँग सोध्नुपर्छ,' उनले भने। 
यसअघि विभागमा महानिर्देशक कृष्णहरि पुष्कर हुँदा सरकारले विदेशी अवैध कामदारमाथि निगरानी बढाएको र अनुगमन गर्दै कारबाही गरिरहेको जानकारी गराउँदै एकपल्ट अवसर दिएर श्रम स्वीकृति लिन आह्वान गरेको थियो। उनकै पालामा तीन महिना समय दिएर स्वीकृति लिए श्रम कानुनअनुसारको कैद सजाय र जरिवाना नगर्ने नीति लिइएको थियो। समयभित्र स्वीकृति लिए आयकर, अध्यागमन र भिसा शुल्कसमेत छुट दिइने घोषणा गरिएको थियो।
तोकिएको समयभित्र स्वीकृति नलिए श्रम कानुनअनुसार दण्ड, कैद, जरिवाना हुने भनिए पनि फितलो अनुगमन र उदासिनताले कारबाही भएन। 
विभागले गत वर्ष अध्यागमन विभागसँगको समन्वयमा अनुगमन गरेर कारबाही गर्ने जनाएको थियो। नियमअनुसार नभए सम्बन्धित कामदारलाई स्वदेश फिर्ता पठाउन सकिने तथा आयकर र अध्यागमन नियम उल्लंघनमा छुट्टाछुट्टै कारबाही हुने चेतावनी उसको थियो।
श्रम स्वीकृति नलिई विदेशीले काम गर्दा सरकारलाई वर्षेनी झन्डै चार अर्ब रुपैयाँ कर घाटा भएको विभागले जनाएको छ। विभागले मौका नदिई कारबाही गरियो भन्ने गुनासो आउने हुनाले एकपटक अवसर दिने र पछि निगरानी, अनुगमन झन् बढ्ने र कारबाही हुने जनाएको थियो। तर उसले अनुगमन नै गर्न छाडेको छ।
विभागले गरेको अध्ययन अनुसार अन्तर्राष्ट्रिय गैरसरकारी संस्था, होटल, रेस्टुरेन्ट, मनोरन्जन क्षेत्र, कारखाना, भाषा स्कुल, निर्माणलगायत १५ क्षेत्रमा विदेशी कामदार छन्। 
सरकारले २०७० पुस २६ गते गैरनेपालीको श्रम स्वीकृति व्यवस्थापनसम्बन्धी मार्गदर्शन लागू गरेको थियो। मार्गदर्शनमा कुनै पनि विदेशीले पारिश्रमिक लिने वा नलिने गरी काम गर्न नेपाल प्रवेश गरेको एक महिनाभित्र अनिवार्य श्रम स्वीकृति लिनुपर्ने व्यवस्था छ। 
विभागले श्रम ऐनबमोजिम स्वीकृति नलिई काम गरेको भन्दै २०७० माघमा दुई सयवटा संस्थाका पाँच सय कामदारलाई कारबाही गरेको थियो।
अर्को समाचार
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
५ घण्टा अघि
•
१ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। आइतबार साँझ करिब ५:५० बजे रुकुम खलंगाबाट दुलीतर्फ जाँदै गरेको लु १ ज २१६० नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब १० देखि १५ मिटर तल खसेको हो। Yetiairlinescontenttopbanner दुर्घटनालगत्तै खटिएको प्रहरी टोलीले घाइते ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिम पठाएको थियो। तीमध्ये जीप चालक रुकुम पश्चिमकै मुसिकोट नगरपालिका-९ का करिब २८ वर्षीय भीम सिंह बुढामगरलाई साँझ ७:१० बजे चिकित्सकले जाँच गरी मृत घोषणा गरेका थिए।

दुर्घटनामा बाँफिकोट गाउँपालिका-८ दुलीकी करिब ३१ वर्षीया निर्मला के.सी., उनका करिब २ वर्षीय छोरा दिनेश के.सी., सोही स्थानकी करिब ३२ वर्षीया मनिषा बस्नेत र करिब ३६ वर्षीय कर्णबहादुर खत्री घाइते भएका छन्। घाइतेमध्ये निर्मला, मनिषा र कर्णबहादुरको अवस्था सामान्य छ भने दिनेशको अवस्था मध्यम रहेको छ।

यस्तै, सोही दुर्घटनामा मुसिकोट नगरपालिका-१० की करिब १८ वर्षीया जेनिशा वली घाइते भएकी छन्। उनको अवस्था मध्यम रहेको छ। जीपमा चालकसहित १० जना सवार रहेकोमा अन्य चार जना सकुशल छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस