फेसबुकमार्फत रकम जुटाएर वास्तविक पीडितलाई
१३ जेष्ठ २०७२
•
८ मिनेट पाठ
फेसबुकमार्फत रकम जुटाएर वास्तविक पीडितलाई
पोखरा–'भाई नेपालमा ठूलो भूकम्प गएछ, तिमी मेरो घर गएर आमासँग १ लाख लिएर जाऊ अनि वास्तविक पीडितलाई राहत देऊ' वैशाखको १२ गते भूकम्प गएको भोलिपल्टै छोरेपाटनका मोहनराज बराललाई लन्डनबाट फेसबुकमा नवीन गुरुङको सन्देश आयो।नवीनले सन्देश पठाएअनुसारै मोहन उनको घरमा गए र आमासँग १ लाख रुपैयाँ लिए । कहाँ होलान् वास्तविक पीडित भनेर खोज्दाखोज्दै पत्रकार राजु क्षेत्री भेटिए । उनी धादिङका चेपाङ बस्ती पुगेर फर्किसकेका थिए । 'वास्तविक पीडितलाई सहयोग गर्ने हो भने धादिङ जानोस्,' राजुले मोहनलाई सुझाए, 'चेपाङलाई खानाभन्दा छाना चाहिएको छ ।'




तुरुन्तै आफू जान नसकिएला भनेर मोहनले ५० हजार रुपैयाँका राहात सामग्री पोखरा एयरपोर्ट पुर्याएर छाडेका थिए । नेपाली सेनाले टोलीले त्यसलाई गोरखा पुर्यायो । त्यसपछि आफैं चेपाङ बस्ती पुग्ने तरखरमा थिए उनी । मोहन बराल लगायत साथीहरु चेपाङ बस्ती जाँदैछन् भनेर उनका साथी भवसागर घिमिरेले फेसबुकमै लेखेपछि बरालसँग थप फेसबुक सन्देश र सहयोग रकम आयो । मोहनले साथीभाइ जुटाए अनि जस्ता पाता किने । धादिङ पीडा गाविसको चेपाङ बस्ती पुगे । त्यहाँका ६२ घर परिवार चेपाङलाई १०/१० पाताका दरले टिन दिए । टिन लिइरहँदा मंगलबहादुर चेपाङले भनेको कुराले मोहनलाई भित्रैदेखि आत्म सन्तुष्टि दिएको छ । उनले भनेका थिए, 'बालबच्चालाई लुकाउने ठाउँ पाएँ ।' चेपाङ गाउँलाई मोहनको टिमले ३ लाख रुपैयाँका टिन बाँड्यो ।

भूकम्पले पोखराका विद्यालयहरु पनि भत्काएर पढाइ अवरुद्ध भएको खबर आइरहेको थियो । मोहनले जिल्ला शिक्षा कार्यालयमा सम्पर्क गरे । थाहा भयो कि सबैभन्दा बढी दुःख चापाकोटको पञ्चकोसी निमाविलाई भइरहेको रहेछ । स्कुल भत्किएपछि स्वयंसेवकहरुले बनाइदिएको पालको अस्थायी टहरा असिनापानीले चुहिने बनाएछ । हावाले उठाउला भनेर होचो पारिएको पालभित्र केटाकेटी गर्मीले उकुसमुकुस हुँदा रहेछन् । पोखरा बिरौटाको शीतल चौतारी टोलका साथीहरुसँग सरसल्लाह गरेर मोहनको टिमले टिन किन्यो अनि पञ्चकोसीमा पु¥यायो । टोलका ईश्वरीप्रसाद लम्साल, तीर्थ अधिकारी र सूर्य बरालले उनलाई साथ दिए ।

चापाकोटको स्कुललाई सहयोग गरेपछि पालो आयो, भरतपोखरीको जहाँका विपन्न परिवारको चिल्लीबिचल्ली भइरहेको थियो । त्यहाँका ५ परिवारलाई टिन बाँडेपछि भूकम्पले ध्वस्त भएको सिन्धुपाल्चोक जाने योजना उनले बनाए । त्यहाँका साथीभाइसँग सम्पर्क गरे । स्कुल र क्याम्पसलाई सहयोग गर्दा राम्रो हुन्छ भन्ने खबर उताबाट आयो । जेठको पहिलो साता मोहनको टोली सिन्धुपाल्चोक पुग्यो । जुगला बहुमुखी क्याम्पस र जनजागृति उच्चमाविलाई ५० बन्डल टिन हस्तान्तरण गर्यो । जनजागृतिका हेडसर पदम पराजुली पढाइ छिटै सुचारु गर्न सकिनेमा आशावादी देखिए ।

आफूहरु जहाँजहाँ पुग्यो र जसजसलाई जे जे सहयोग ग¥यो त्यो सबै जानकारी मोहनले फेसबुकमा पोस्ट गर्ने गरेका छन् । राहत पाएकाहरुसँग कुराकानी गरेर युट्यबमा पनि हालेका छन् । 'त्यो देखेर बाहिरबाट साथीहरुले सहयोगको चासो देखाइरहनुभएको छ,' उनले भने । विदेशमा बसेका साथीहरुले पठाएको झन्डै १० लाख रुपैयाँको सहयोग बाँडिसकेको उनले जानकारी दिए । बेलायतबाट नवीन गुरुङका अलावा, सन्तोष लामिछाने, राजकुमार बस्नेत, राजेन्द्र सिलवाल, अस्ट्रेलियाबाट विष्णु ढकाल, विजय बराल, गम्भीर अधिकारी, डेनमार्कबाट भीम गुरुङ, दुबईबाट अर्जुन बास्तोला र शंकर गुरुङ, अमेरिकाबाट श्री गुरुङ र हङकङबाट भगवती बराल, सिर्जना मल्ल, राजेश श्रेष्ठ र अम्मर गुरुङले सघाएका हुन् ।

मोहन बराल पहिला आफैं पनि बेलायत बस्थे । केही समययता आएर पोखराको छोरेपाटनमा होस्टल चलाइरहेका छन् । 'हामी पहिला पनि नेपालमा केही आपतविपत पर्दाको घडीमा सहयोग पठाउँथ्यौं,' उनले पहिलाका सम्झना सुनाए । त्यही परम्परालाई निरन्तरता दिँदै आफ्ना साथीहरुले यसपालि पनि सहयोग पठाएको उनले बताए । यहाँसम्म कि सिन्धुपाल्चोकमा आफ्नो घर ध्वस्त भएका राजन सापकोटा र नवराज पराजुलीले पनि मोहनलाई अरु पीडितहरुकहाँ सहयोग पुर्याउने पैसा पठाइदिएका छन् । यो बुधबार पनि मोहन भूकम्प पीडितकै सहयोगमा व्यस्त थिए । कास्की चापाकोट—९ को पीपलडाली निमाविलाई जस्ता पाता पु¥याउँदै गर्दा उनी अझैं सहयोग जुटाएर धादिङ, सिन्धुपाल्चोक वा दोलखा पुग्ने सुरमा छन् ।

साथीहरुले पठाएको पैसाबाट सामान किन्ने र सामान लैजाने गाडी स्थानीय साथीहरुसँग माग्ने गरेका छन् मोहनले । 'राहत बाँडन जाँदाको खर्च पनि आफ्नै खल्तीको,' उनले भने । विदेशबाट साथीभाइले पठाएको पैसाबाट राहत लैजान स्थानीयको सहयोग लिइरहेका छन् मोहन । 'सित्तैमा बस चढेर जान पाइन्छ, खान पनि पाइन्छ भन्ने हो भने धेरैजनाले चासो दिन्थे, आफ्नै खर्च भनेपछि कमैले चासो दिएका छन्,' स्थानीयप्रति मोहनको गुनासो छ । तर पनि शीतल चौतारी टोल विकास संस्थाका अध्यक्ष ईश्वरीप्रसाद लम्साल, उद्यमी सूर्य बराल, टंक कोइराला, वेदराज ढकाल, मित्रराज बराल, दिनेश बराल र धर्मराज बराललाई उनलाई होस्टेमा हैंसे गरिरहेका छन् ।
अर्को समाचार
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
४ घण्टा अघि
•
१ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। आइतबार साँझ करिब ५:५० बजे रुकुम खलंगाबाट दुलीतर्फ जाँदै गरेको लु १ ज २१६० नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब १० देखि १५ मिटर तल खसेको हो।

Yetiairlinescontenttopbanner

दुर्घटनालगत्तै खटिएको प्रहरी टोलीले घाइते ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिम पठाएको थियो। तीमध्ये जीप चालक रुकुम पश्चिमकै मुसिकोट नगरपालिका-९ का करिब २८ वर्षीय भीम सिंह बुढामगरलाई साँझ ७:१० बजे चिकित्सकले जाँच गरी मृत घोषणा गरेका थिए।

दुर्घटनामा बाँफिकोट गाउँपालिका-८ दुलीकी करिब ३१ वर्षीया निर्मला के.सी., उनका करिब २ वर्षीय छोरा दिनेश के.सी., सोही स्थानकी करिब ३२ वर्षीया मनिषा बस्नेत र करिब ३६ वर्षीय कर्णबहादुर खत्री घाइते भएका छन्। घाइतेमध्ये निर्मला, मनिषा र कर्णबहादुरको अवस्था सामान्य छ भने दिनेशको अवस्था मध्यम रहेको छ।

यस्तै, सोही दुर्घटनामा मुसिकोट नगरपालिका-१० की करिब १८ वर्षीया जेनिशा वली घाइते भएकी छन्। उनको अवस्था मध्यम रहेको छ। जीपमा चालकसहित १० जना सवार रहेकोमा अन्य चार जना सकुशल छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस