भवन भत्काइदिन विदेशीसँग आग्रह
०६ जेष्ठ २०७२
•
५ मिनेट पाठ
भवन भत्काइदिन विदेशीसँग आग्रह
काठमाडौं-अत्यधिक जोखिममा रहेर पनि भत्काउन नसकिएका संरचना व्यवस्थापन गर्न सरकारले अन्तर्राष्ट्रिय सहयोग मागेको छ । परराष्ट्र मन्त्रालयले चीन, जापान र अमेरिकासँग यस्तो सहयोगका लागि अनुरोध गरेको हो।मन्त्रालयका प्रवक्ता ताराप्रसाद पोखरेलका अनुसार सोमबार ती देशबाट दक्ष प्राविधिक र प्रविधि उपलब्ध गराउन अनुरोध गरिएको छ । ‘नेपालले घर भत्काउन खासै पूर्वतयारी गरेको भेटिएन । अग्लाअग्ला घर व्यवस्थापनका लागि विदेशी सहयोगको खाँचो प¥यो,’ उनले भने, ‘त्यसैले जुन देशसँग त्यस्ता प्रविधि छन्, उनीहरुलाई खबर गरेका हौं ।’
उनले घर भत्काउँदा अरूलाई असर नहोस् भन्ने किसिमले विदेशीसँग सहयोग मागिएको बताए । तर बुधबारसम्म कसैले पत्रको जवाफ नपठाएको उनले जानकारी दिए । ‘कसरी सहयोग आउँछ र कति दिनका लागि आउँछ भन्नेबारे केही आइसकेको छैन,’ उनले भने ।
प्रविधिको उच्चतम रुपमा प्रयोग गरेर जोखिमयुक्त घर व्यवस्थापनका लागि नेपालले सहयोगको अपिल गरेको उनले बताए । सहरी विकास तथा भवन निर्माण विभागका उपमहानिर्देशक शिवहरि शर्माले नेपालसँग यस्ता कार्यका लागि पूर्वतयारी नहुँदा विदेशी सहयोगको खाँचो रहेको बताए । ‘हामीसँग भूकम्प प्रतिरोधी भवन बनाउन कानुन छ । यसबारे कतिपय रुपमा तयारी पनि भइरहेको थियो,’ उनले भने, ‘प्रविधि किन्न र दक्ष जनशक्ति उपलब्ध गराउन नसक्दा यो तत्कालको आवश्यकता हो ।’
अहिले जेजस्ता साधन छन्, त्यसले सकेजतिका घररु भत्काउने काम भइरहेको उनले बताए । ‘ढल्केका र अर्काको घरमा आड लगाएका घर भत्काउन हामीसँग उपाय छैन । भत्काउन परे पनि जोखिम मोल्नुपर्छ,’ उनले भने, ‘यसबाहेक हामीसँग साढे तीन तलाभन्दा अग्ला घर भत्काउने तरिका र साधनको कमी छ ।’
अहिले नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले सरकारी कार्यालयका कर्मचारीको सहयोगमा जसोतसो घर भत्काउने काम गरिरहेको उनले जानकारी दिए । ‘अहिले भत्काइरहेकाले पनि कम्तीमा एक साता विदेशीसँग काम गर्न सके बाँकी घर भत्काउन सकिने प्रतिक्रिया दिएका छन्,’ उनले भने, ‘त्यसका लागि पनि विदेशी सहयोगको खाँचो छ ।’
उच्च प्रविधिहरु किन्नका लागि मन्त्रालयहरुमा माग पनि गरिसकेको उनले जानकारी दिए । हाल नेपाली सेनाको नेतृत्वमा उपत्यकाका तीन जिल्लाका कच्ची र पक्की घर भत्काउने काम भइरहेको छ । सेनाले आफूसँग भएका सामान प्रयोग गरेर काम गरिरहेको प्रवक्ता जगदिशचन्द्र पोखरेलले बताए ।
सेनाले केही मात्रामा विष्फोटक पदार्थ र केही मेसिनरी औजार प्रयोग गरेर काम गरिरहेको उनले जानकारी दिए । उपत्यकामा सेनाले ३० वैशाखदेखि घर भत्काउने काम गरिरहेकामा बुधबार बिहान १० बजेसम्म १ सय ६१ वटा जोखिमयुक्त घर भत्काएको पोखरेलले जानकारी दिए । उनका अनुसार काठमाडौंमा १ कच्ची र ३० पक्की, भक्तपुरमा ५२ कच्ची र २८ पक्की तथा ललितपुरमा ३४ कच्ची र १६ पक्की घर भत्काइएको छ ।
‘कतिपय स्थानबाट सेना पनि काम गर्न नसकेर रित्तो हात फर्किनुपरेको अवस्था छ,’ उनले भने, ‘यो अवस्थामा विदेशी सहयोग सरकारले माग्छ भने त्यसलाई सकारात्मक रुपमा लिनुपर्छ ।’ कानुनी रुपमा जाँदा काम बिस्तारै भइरहेको उनले बताए । उपत्यकामा करिब १७ सय घर भत्काउनुपर्ने अवस्थामा रहेको सरकारी तथ्यांक छ । ‘यत्तिको अवस्थामा कहिले सकिन्छ’ भन्ने कुरा अहिले नै अनुमान गर्न गाह्रो रहेको पोखरेलले बताए ।
अर्को समाचार
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
६ घण्टा अघि
•
१ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। आइतबार साँझ करिब ५:५० बजे रुकुम खलंगाबाट दुलीतर्फ जाँदै गरेको लु १ ज २१६० नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब १० देखि १५ मिटर तल खसेको हो। Yetiairlinescontenttopbanner दुर्घटनालगत्तै खटिएको प्रहरी टोलीले घाइते ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिम पठाएको थियो। तीमध्ये जीप चालक रुकुम पश्चिमकै मुसिकोट नगरपालिका-९ का करिब २८ वर्षीय भीम सिंह बुढामगरलाई साँझ ७:१० बजे चिकित्सकले जाँच गरी मृत घोषणा गरेका थिए।

दुर्घटनामा बाँफिकोट गाउँपालिका-८ दुलीकी करिब ३१ वर्षीया निर्मला के.सी., उनका करिब २ वर्षीय छोरा दिनेश के.सी., सोही स्थानकी करिब ३२ वर्षीया मनिषा बस्नेत र करिब ३६ वर्षीय कर्णबहादुर खत्री घाइते भएका छन्। घाइतेमध्ये निर्मला, मनिषा र कर्णबहादुरको अवस्था सामान्य छ भने दिनेशको अवस्था मध्यम रहेको छ।

यस्तै, सोही दुर्घटनामा मुसिकोट नगरपालिका-१० की करिब १८ वर्षीया जेनिशा वली घाइते भएकी छन्। उनको अवस्था मध्यम रहेको छ। जीपमा चालकसहित १० जना सवार रहेकोमा अन्य चार जना सकुशल छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस