काठमाडौं-वैशाख १२ को महाभूकम्पले राजधानीको हनुमानढोका दरबार क्षेत्रका ९० प्रतिशतभन्दा बढी सम्पदा र धरोहर पूर्ण रूपमा नष्ट भए । यस क्षेत्रकै अग्लोमध्ये माजु देवल ढलेर सर्वसाधारणका घर नै जोखिममा पारिदियो। देवलले थिचेकै कारण मरुगणेशस्थानकी दिना जोशीको पाँचतले घर भत्काउनुपर्ने अवस्था छ ।भुइँतला र पहिलो तलाको अघिल्लो भाग मन्दिरले थिचिएको छ । यसले घरका पिलरमा समेत असर गरेको छ । घरमा रहेका कतिपय सामान हटाइएको छ । प्राविधिकले जोशी परिवारलाई घर भत्काउन सल्लाह दिइसकेका छन् ।

भत्काउने कसरी ? मान्छे नै पाइँदैन । घर टेका लगाएर राखिएको छ । कहिले भत्कन्छ, थाहा छैन । यही घरले पछाडिका अन्य घरसमेत टेका लगाउनुपर्ने अवस्थामा छन् ।
‘१२ गतेकै भुइँचालोले घर थर्कायो । म घरको माथिल्लो तलामा थिएँ । पछि त मन्दिर पनि बजारियो,’ ६० वर्षीय जोशीले नागरिकसँग भनिन्, ‘बल्लतल्ल झरँे । पछि हेर्न जाँदा सबै कोठा चिराचिरा परेका रहेछन् । बस्न नसकिने अवस्था छ । भत्काउने मान्छे छैनन् ।’ सरकारले घर भत्काइदिने आसमा छिन् उनी ।
मन्दिर भत्किएर ठेसिएकै कारण पछाडि जोडिएर रहेका थप दुई घर पनि धरापमा छन् । पछाडिका घर पनि चर्किएकाले आफ्नो घर भत्काउन अप्ठ्यारो परेको उनले सुनाइन् ।
‘भूकम्पपछि घर हेर्दा मन्दिरको भग्नावशेषले दुई तला छोपेको थियो,’ उनी भन्दै थिइन्, ‘आफै भत्काऊँ भने पनि जोडिएका घरको अवस्था के हुने भन्ने डर छ ।’
ठमेल, भगवानबहालका प्रचण्डमान मालाकारलाई पनि जोखिमको घर भत्काउन हतार छ । ‘दैनिकजसो वडामा धाइरहेको छु,’ काठमाडौं महानगरपालिका–२९, लैनचौरस्थित अस्थायी कार्यालयमा पुुगेका मालाकारले नागरिकसँग गुनासो पोखे, ‘घर थोरै भासिएको छ । बाटोमा अत्यधिक भिड हुन्छ । घर ढल्यो भने सर्वसाधारण पर्न सक्छन् ।’
घर थोरै भासिएको, माथिका इँटा उप्किएको र भित्ता पनि फुटेको अवस्थामा छ । चारतले उक्त भवन भत्किए ठूलो मानवीय क्षति हुनसक्ने भन्दै वडा धाइरहेको उनले सुनाए । ‘हामी आउने भनेको वडा कार्यालय हो,’ उनले भने, ‘यहाँ आएर पनि नभए कहाँ जाने ?’ भत्काउनै पर्ने अवस्था आएकाले र मजदुर कोही नपाइएकाले वडाको भर पर्नुपरेको उनले बताए । केही दिनमा भत्काउन आउने आश्वासन पाएको पनि उनले सुनाए ।
‘आर्मीले आउँछु भनेको छ तर कहिले आउँछ, थाहा छैन,’ उनले थपे ।
‘जे हुनु भइहाल्यो, सकेसम्म घर भत्काउनुपर्यो’ भन्दै उनीजस्ता दर्जनौं घरबेटी वडा कार्यालय पुग्ने गरेको उक्त वडाका प्रशासकीय प्रमुख सुमन अधिकारीले नागरिकलाई बताए । यसरी गुनासो आइरहे पनि आफूसँग भत्काउने जनशक्ति नरहेका कारण जवाफविहीन हुनुपरेको उनले बताए ।
‘हामीले प्रमुख रुपमा भत्काउनुपर्ने घरको लगत राख्ने र राहत वितरण गरिरहेका छौं,’ अधिकारीले भने, ‘सजिलो मानेर धेरैजसो घर भत्काइदिनुपर्यो भनेर पनि आउनुहुन्छ ।’
छिमेकको घरले च्यापिने डरले समेत कतिपय घर भत्काइदिन अनुरोध गर्दै आइरहेका छन् । ललितपुर, बखुन्डोलस्थित प्याराडाइज इन्टरनेसनल म्यानपावरका व्यवस्थापक राजेश अधिकारी पनि यस्तै पीडित हुन् । आफ्नो कार्यालय अगाडि पाँचतले घर निकै जोखिमयुक्त अवस्थामा छ ।
नर्वेजियन दूतावासको उत्तर ढोकाको सय मिटरपूर्वको उक्त घरका पिलरबाट डन्डी प्रस्टै बाहिर देखिएका छन् । ‘वैशाख १२ गतेको भुइँचालोले खासै असर देखाएको थिएन, पछि २९ गतेकोले भुइँतलाको पिलरबाटै डन्डी बांगिएका छन्,’ अब अर्को ठूलो धक्का आए घर ढल्न सक्छ ।’
ललितपुर प्रशासन कार्यालय र ललितपुर उपमहानगरपालिका धाउँदा काम नभएपछि उनी नेपाली सेना गुहार्न पुगे । ‘बल्लबल्ल सेनासँग सम्पर्क भयो । उहाँहरुले आएर हेर्नुभयो, आफूहरुसँग भत्काउन सक्ने क्षमता नै नरहेको जानकारी दिएर जानुभो,’ उनले भने । आवश्यक उपकरण पाए भत्काइदिने सेनाले आश्वासन दिएको उनले सुनाए ।
सहरी विकास मन्त्रालयका प्रवक्ता पदमकुमार मैनाली ठूला मेसिनरी सामान नहुँदा धेरै अग्ला घर भत्काउन समस्या आएको बताउँछन् ।
‘हामीसँग घर भत्काउने पूर्वतयारी र उपकरण नभएका कारण यस्तो अवस्था आएको हो,’ उनले भने, ‘भएका साधन पनि राम्रा छैनन् । वडा कार्यालयमा क्षतिको विवरण बुझाएर सुरुमा आफैंले भत्काउन प्रयास गर्न सरकारले सर्वसाधारणलाई अनुरोध गरिसकेको छ ।’
यसबाहेक घरमालिकले भत्काउनु नपर्ने अडान लिएका तर छिमेकीले भत्काउन चाहँदा विवादमा आएका घर पनि अध्ययन गरेर सहरी विकास तथा भवन निर्माण विभागले सेनालाई भत्काउन सिफारिस गर्ने उनले जानकारी दिए । कतिपय ठाउँमा सेना, प्रहरी र स्थानीय निकायका प्रतिनिधि घर भत्काउन पुगे पनि त्यसै फर्कने गरेको उनले सुनाए ।
आर्किटेक्ट तथा पूर्वसचिव किशोर थापा सरकारसँग भवन भत्काउने पूर्वतयारी नभएकाले यस्तो कामका लागि विदेशी सहयोग माग्नुपर्ने बताउँछन् । ‘सधँै घर टेका लगाएर हुँदैन । भित्री सहरका घरको आयु सकिएकाले पनि कतिपय भत्किने अवस्थामा छन्,’ उनले भने, ‘त्यसैले त्यस्ता घर भत्काएर पुनर्निर्माण गरिनुपर्छ ।’
काठमाडौं, भक्तपुर र ललितपुरमा करिब १ हजार ७ सय घर भत्काउनुपर्ने अवस्थामा छन् । भित्री सहर काठमाडौंका वसन्तपुर, असन, झोँछे, ललितपुरका पाटन दरबार क्षेत्र र भक्तपुर दरबार क्षेत्रका पुराना घर टेकाको भरमा अड्याइएका छन् ।
‘सेनासँग अन्य निकायभन्दा दक्ष जनशक्ति र मेसिनरी औजार छन्,’ नेपाली सेनाका प्रवक्ता जगदीशचन्द्र पोखरेलले भने, ‘त्यसैले सेनाले धमाधम काम गरिरहेको छ ।’
उनका अनुसार सेनाको टोलीले वैशाख ३० गतेदेखि भक्तपुरमा २३ कच्ची, २८ पक्की, ललितपुरमा २० कच्ची, १६ पक्की र काठमाडौंमा एउटा कच्ची र २१ वटा पक्की घर भत्काइसकेको छ । घरका अवस्था हेरेर विस्फोटक पदार्थ लगायत मेसिनरी सामग्री प्रयोग गरेर भत्काइएको उनले जानकारी दिए ।
‘सेनाले पहिलोपटक यसरी घर भत्काइरहेको छ । हामीसँग भएका सामग्री बढीभन्दा बढी प्रयोग गरेर काम गरिरहेका छौं,’ उनले भने, ‘ढल्केका घर भत्काउन गाह्रो भइरहेको छ ।’
काठमाडौं महानगरपालिकाले पनि सेनासँगै आफ्नो टोलीले दैनिक एउटा घर भत्काइरहेको कार्यान्वयन महाशाखा प्रमुख धनपति सापकोटाले जानकारी दिए । बल्खु, स्वयम्भू, बालाजु र कालोपुलमा तीन दिनदेखि काम भइरहेको उनले बताए ।
‘हामीसँग चाहिने मेसिन पर्याप्त छैनन्,’ उनले भने । सवारी आवतजावत बाक्लो हुने, जोखिमयुक्त घरलाई आड दिएका लगायत घर प्राथमिकताका साथ भत्काउने काम भइरहेको उनले बताए । यसबाहेक सर्वसाधारणले वडामा लगत राखेर आफैं पनि भत्काउन सक्ने उनले बताए।