डडेल्धुरा-भीमदत्त राजमार्गको गाङखेत–८ घण्टेश्वर मन्दिर नजिकै बस दुर्घटना हुँदा ८ जनाको घटनास्थलमै मृत्यु भएको छ भने ४३ जना घाइते भएका छन्। घाइतेमध्ये १७ जनाको अवस्था गम्भीर रहेको प्राथमिक उपचारमा खटिएका चिकित्सकले जनाए।घटनास्थलमा चार महिला, तीन पुरुष र एक बालकको शव भेटिएको प्रहरीले जनायो । कञ्चनपुरको महेन्द्रनगरदेखि दार्चुला जाँदै गरेको महाकाली यातायातको बस विपरीत दिशाबाट आइरहेको मिनी टाटा ट्रकसँग ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनायो । बस सडकदेखि दुई सय मिटर तल खसेको हो।
‘घटनास्थलमा ८ जनाको मृत्यु भएको छ, शव अन्यत्र पनि छरिएको हुनसक्ने भएकाले घटनास्थल वरपर खोजी भइरहेको छ,’ डडेल्धुरा प्रहरी प्रमुख योगेन्द्रबहादुर थापाले भने । घाइते सबैलाई कैलालीको अत्तरियास्थित पद्मा अस्पतालमा उपचारका लागि पठाइएको प्रहरीले बतायो।