काठमाडौं– आगामी जेठ ३० र ३१ गते हुने भनिएको छैठौं कोरियन भाषा परीक्षा आगामी असोज २ र ३ गतेका लागि सरेको छ। वैशाख १२ गते गएको विनाशकारी भूकम्प र त्यसपछिका लगातारको परकम्पनले पूर्व निर्धारित मितिमा भाषा परीक्षा सञ्चालन गर्न कठिन भएको भन्दै इपिएस कोरिया शाखाले परीक्षाको मिति सारेको हो। सोमबार श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङको अध्यक्षतामा बसेको निर्देशक समितिको वैठकले परीक्षा असोजको २ र ३ गते सार्ने निर्णय गरेको हो।
शाखाका निर्देशक डिल्लीराम बाँस्तोलाले अहिले त्रासको वातावरण कायमै रहेको र तयारी पूरा नभएकाले परीषाको मिति सारिएको बताए। ‘हामीले परीक्षा लिने कलेज र विद्यालयको भौतिक अवस्था पनि बुझिसकेका छौं,’ उनले भने, ‘परीक्षार्थीहरु उपत्यकाबाहिर पनि रहेकाले उनीहरुलाई पनि सजिलो होस् भनेर परीक्षा मिति सारिएको हो, हामीले कोरियाको एचआरडीसँग समझदारी गरेर नै छैठौं भाषा परीक्षा सारेका हौं।’ समयमा नै गर्न नसक्ने स्थितपछि एचआरडीले नै परीक्षा सार्न अनुरोध गरेको थियो।
परीक्षाको मिति सारिएसँगै त्यसपछिका अन्य कार्यक्रम पनि परिवर्तन गर्नुपर्ने भएकाले पहिला एचआरडी कोरियासँग छलफल र समन्वय गरेर मात्र परीक्षा मिति सारिएको शाखाले जनाएको छ।
छैठौ कोरियन भाषा परीक्षाको लागि गत वैशाख ३ देखि ६ गतेसम्म दरखास्त संकलन गरिएको थियो। ३ दिनमा ५१ हजार ४ सय ९९ फारम सङ्कलन भएको थियो। शाखाले वैशाख १२ गतेको
भूकम्पपछिको प्रतिकुल परिस्थितिमा पनि तालिम, श्रम करार सम्झौता, भिसा प्रक्रिया, उडान प्रबन्धलगायत नियमित काम गरेको थियो। शाखाका निर्देशक बास्तोलाले भूकम्पपछिको त्रासदीपूर्ण समयमा पनि शाखको नियमित कामहरु भैरहेको बताए।