जीर्ण भवन भत्काउन खोज्दा ‘छिमेकी बाधक’
०२ जेष्ठ २०७२
•
७ मिनेट पाठ
जीर्ण भवन भत्काउन खोज्दा ‘छिमेकी बाधक’
काठमाडौं-भत्कने अवस्थामा रहेका काठमाडौंका केही भवनलाई भत्काउँन खोज्दा सँगै टाँसिएका छिमेकीले समस्या थपिदिएका छन् । काठमाडौं महानगरपालिका क्षेत्रका घर भत्काउँन खोज्दा घरधनीलाई छिमेकीले यसरी हैरान पार्ने गरेको भेटिएको हो।यस्तै समस्या खेप्नेमा काठमाडौं महानगरपालिका वडा २९ स्थित मनोहर लोहनी एक हुन् । चैत १२ को भूकम्पले घर जीर्ण बनेपछि भत्काउनलाई वडा कार्यालय पुगेका उनले भत्काउँनलाई ठेक्का समेत दिए तर अहिले आफ्नै छिमेकी बाँधक बने ।
‘घरै चर्किएर बस्नै नहुने भएको छ, प्राविधिकलाई देखाउदा भत्काउँन सुझाव दिए,’ २९ वडा कार्यालय (अस्थायी रुपमा लैनचौरमा रहेको) मा बिहिबार भेटिएका उनले नागरिकसँग भने, ‘भत्काउन ठेकेदार तयार छ तर अब छिमेकीले दिएनन् ।’
बाटोमा हिड्न पनि गाह्रो भएको अवस्थामा भवन भत्काउनुपर्ने अवस्था भैरहेको छ । महानगरपालिकाले आफै भत्काउँनेलाई घरको अवस्था देखाएर भत्काउँन भनेपनि उनीजस्ता अन्यहरु घर भत्काउँन समस्या भैरहेको गुनासो वडा कार्यालयहरुमा आउँने गरेको छ ।
‘सूरुमा आएको ७.६ म्याग्नेच्युडको ले ढल्केको घर २९ गते आएको ६.४ म्याग्नेच्युडको धक्काले सोझ्याएको छ,’ उनले भने, ‘पुरानो पिलर नभएको साढे दुइ तले घर भत्काउँदै बेस हुन्छ भनेर लागे । मैले छुट्टै बस्नलाई फ्लाट खोजिसके । अब घर भत्काउन मात्र बाँकी छ । अब मैले छिमेकीको दवावमा कसरी भत्काउने ?’
भत्काउने कामदारको अभाव भैरहेको बेला जसोतसो २८ गते वडा कार्यालयबाट स्वीकृत लिएर ठेकेदारलाई भत्काउँन जिम्मेवारी दिएको उनले बताए । ‘तेरो घर भत्काएपछि मेरो घर पनि लड्यो भने मैले क्षतिपूर्ती तिराउछु,’ उनले छिमेकीको धम्की सुनाए, ‘यस्तो अवस्थामा केह गर्न सकिन । काम हुन सकेन । अब वडा कार्यालयले केही गर्छ कि भनेर आएको ।’
वडाका प्रसाशकिय प्रमुख सुमन अधिकारीले आफुले पहिले नै भत्केको घर भत्काउन स्वीकृत दिएपछि यस्तो किसिमको समस्या महानगरपालिकाकै केन्द्रीय कार्यालयले हल गर्नुपर्ने बताए । ‘वडाले भत्काउन स्वीकृत दिएपछि यसपछिको समस्या समाधान केन्द्रले गर्नुपर्छ,’ उनले भने, ‘न हामीसँग नगरप्रहरी छन् न नेपाल प्रहरी । यस्तो अवस्थामा हामी राहत बाड्नतिर लाग्ने कि घर भत्काउँन नदिलेलाई कारवाही गर्न लाग्ने ?’
सर्वसाधरणहरु आफ्ना समस्या मात्र लिएर आउँने हुदा राहतका कारण थप समस्या झेल्न समस्या पर्ने गरेको उनले नागरिकलाई बताए । ‘हामीसँग प्रयाप्त प्राविधिक छैनन्, न धेरै कर्मचारी,’ उनले भने, ‘त्यसैले यस्ता समस्या समाधाा गर्न पनि समस्या भैरहेको छ ।’
महानगरपालिकाका अन्य वडा कार्यालयहरुले पनि यस्तो समस्या भोगेका छन् ।  वडा २७ का प्रसाशकिय प्रमुख निरञ्जन विक्रम बस्नेतले पनि यस्तो समस्या झेलिरहेको बताए । ‘महानगरपालिका भित्री सहरका जीर्ण घरहरु जोसँग टासिँएर रहेका घरहरुबाट यस्ता खालमा समस्या घर भत्केकाहरुले झेलिरहेका छन्,’ उनले भने, ‘वडा कार्यालयमा यस्ता समस्या भोग्नेहरु निकै बढीमात्रामा देखिएका छन् । यसबाहेक अनावश्यक होहल्लाले काम गर्न प्रभावित भएका छौं ।’
यसबाहेक वडाले घर भत्काइदिन अनुरोध पनि थुप्रै आइरहेको उनले बताए । ‘टाँसिएर रहेका घरहरु भत्काउन गाह्रो पनि हुन्छ,’ उनले भने, ‘जसरी भत्काएपनि छिमेकी घरलाई जोगाएर भत्काउन आग्रह गरेका छौं । तर कतिपयले अहिलेसम्म केही गर्न सकेका छैनन् ।’
उनका अनुसार वडामा रहेका १५ सय भन्दा बढी घरहरुमध्ये भत्काउनुपर्ने अवस्थामा ५ देखि ६ सय वटा रहेका छन् । वडामा यसरी समस्या लिएर आउनेमा संख्यामा २९ गतेपछि ह्वात्तै बढेको उनले जानकारी दिए ।
यस्ता जोखिम घरहरु भत्काउँनका लागि सहरी विकास मन्त्रालय अन्तर्गतको सहरी विकास तथा भवन निर्माण विभागसँगै महानगरपालिकाका इन्जिनियरहरुको टोली खटिरहेको महानगरपालकाका प्रवक्ता शान्ताराम पोखरेलले बताए ।
भत्काउन लागेको घर र त्यसले जीर्ण बनाएको छिमेकको घरको पनि लगत वडा कार्यालयमा राखेमा क्षतिपूर्ती पाउने व्यवस्था रहेको उनले बताए । ‘यदि धरापमा रहेको घर भत्काउदा अर्काको घर भत्किन्छ भने उसले क्षतिपूर्ती पाउछ,’ उनले भने, ‘त्यसका लागि भत्किएका घरको फोटोसहितको विवरण वडामा राख्नुपर्छ ।’ तर यो कुराबारे वडा कार्यालयहरुलाई थाहै छैन ।
‘सरकारले अर्को घरलाई पनि क्षतिपूर्तीको व्यवस्था छ, ढुक्कसाथ भत्काए हुन्छ,’ उनले थपे । महानगरपालिकामा २८ गतेसम्म भूकम्पले ४ हजार ३ सय ९६ घर पूर्ण र १४ हजार ९ सय ६७ आंशिक क्षति भएका घर रहेका छन् । यसबाहेक सार्वजजिक भवहरु २३ वटा पूर्ण क्षति र २१ वटा आंशिक क्षति रहेको महानगरपालिकाले जनाएको छ ।
अर्को समाचार
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
६ घण्टा अघि
•
१ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। आइतबार साँझ करिब ५:५० बजे रुकुम खलंगाबाट दुलीतर्फ जाँदै गरेको लु १ ज २१६० नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब १० देखि १५ मिटर तल खसेको हो। Yetiairlinescontenttopbanner दुर्घटनालगत्तै खटिएको प्रहरी टोलीले घाइते ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिम पठाएको थियो। तीमध्ये जीप चालक रुकुम पश्चिमकै मुसिकोट नगरपालिका-९ का करिब २८ वर्षीय भीम सिंह बुढामगरलाई साँझ ७:१० बजे चिकित्सकले जाँच गरी मृत घोषणा गरेका थिए।

दुर्घटनामा बाँफिकोट गाउँपालिका-८ दुलीकी करिब ३१ वर्षीया निर्मला के.सी., उनका करिब २ वर्षीय छोरा दिनेश के.सी., सोही स्थानकी करिब ३२ वर्षीया मनिषा बस्नेत र करिब ३६ वर्षीय कर्णबहादुर खत्री घाइते भएका छन्। घाइतेमध्ये निर्मला, मनिषा र कर्णबहादुरको अवस्था सामान्य छ भने दिनेशको अवस्था मध्यम रहेको छ।

यस्तै, सोही दुर्घटनामा मुसिकोट नगरपालिका-१० की करिब १८ वर्षीया जेनिशा वली घाइते भएकी छन्। उनको अवस्था मध्यम रहेको छ। जीपमा चालकसहित १० जना सवार रहेकोमा अन्य चार जना सकुशल छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस