'लाप्राकमा इन्जिनियर पठाइदेऊ'
३१ वैशाख २०७२
•
१८ मिनेट पाठ
'लाप्राकमा इन्जिनियर पठाइदेऊ'
लाप्राक(गोरखा)-'माथिबाट हेर्दा त सग्लै देखिन्छ,' नजिकै आएर एक पाका मान्छेले पहिलो वाक्य बोले, 'कस्तो भएको छ भनेर हेर्न त गावै जानुपर्छ ।' तीन दिनअघि आएका प्रधानमन्त्री सुशील कोइराला र माओवादी नेता पुष्पकमल दाहालले पनि डाँडाको टाकुरामात्रै टेकेर फर्केका रहेछन् ।उनीहरुले वास्तविकता अझै बुझेनन् भन्ने ती वृद्धको दुखेसो थियो । झट्ट बस्तीमा देखापरेका मान्छे को हुन् भन्ने उनले सोधेनन् । घाँटीमा क्यामेरा झुन्ड्याएको देखेरै उनले पत्रकार होलान् भन्ने लख काटिहालेछन् र भनिहाले, 'हिँड्नोस् म तपाईंहरुलाई तल गाउँ देखाउँछु ।'

रंगीविरंगी त्रिपालको ओत भएका छाप्राले गुप्सीचौर छपक्कै थियो । चौर सम्याउँदै घोचा गाड्न केही ठिटाहरु खनीखोस्री गर्दै थिए । केही भने पालको ओतमा लालीगुँरासको स्याउलाले बार्दै थिए । 'मलाई मेरो सुर्ता छैन, गाउँको बारेमा मिडियामा आउनुपर्यो,' तपाईंको पनि आफ्नो काम होला नि भनेर सोध्दा वृद्धले जवाफ दिए । भरे फेरि फर्कन अबेर हुनसक्छ भनेर उनले अत्याएपछि चौरको बस्तीका कसैसँग कुरा नगरी तिनै वृद्धको पछि लागेर पत्रकार टोली अघि बढ्यो । त्यही टोलीमा थियो नागरिक संवाददाता पनि ।

गुप्सीडाँडाबाट १५ मिनेट ओर्लेर पुगिएको सानो रिन्जेलुङबाट देखियो—लाप्राक गाउँ । हो, अघि ती वृद्धले भनेजस्तै गुचुमुच्च बस्ती सग्लैजस्तै देखियो । सानो रिन्जेलुङमा मोटरबाटो जोडिएको थियो, जहाँ २ ट्याक्टर र एउटा ट्रिपर रोकिएको थियो । 'पहिरोले बाटो बन्द भयो,' ती वृद्धले प्रष्टीकरण दिन खोजे, 'यी गाडी यतै थुनिए ।' ट्रिपरको आडैमा लमतन्न घर देखियो, जुन सग्लै थियो । 'बचेको भनेको यत्ति एउटा ढलान घरमात्रै हो,' ती वृद्धले आडैका अरु घरहरु पनि देखाउँदै भने, 'अरु त ती सबै भत्केका छन् ।' उनले देखाएको एउटा घरको छाना केही भएको थिएन, जस्ताको छाना थुपुक्क भुइँतले घरमाथि राखेजस्तै थियो । 'यो घर माथि आकाशबाट हेर्दा त केही नभएझैं देखिन्छ, नि,' वृद्धले बुझाउन खोजे, 'दुई तले थियो, एक तला बाँकी भो ।'

रिन्जेलुङबाट लाप्राक गाउँ झर्ने आरोलो लाग्दा पानी पर्यो । एकैछिनमा असिना थपियो । ओत लाग्नलाई बाटो छेउमै भूकम्पले भत्काएका घरहरुमा बाँकी छानामुनि घुस्नुको विकल्प थिएन । त्यही बाटोमा असिना पानीको समेत पर्वाह नगरी भारी बोकेर गाउँलेहरुको लस्कर डाँडातिर लम्किरहेको थियो । 'यहाँ पोखरामा भन्दा पनि बढी पानी पर्छ,' ती वृद्धले भनेपछि दिनदिनै पानी पर्ने ठाउँमा पालमुनिको बासको हालत कस्तो हुँदो हो अनुमान गर्न कठिन भएन । बाटो चिप्लो थियो । त्योभन्दा डर त्यही बाटोमा फाँटेको धाँजाको थियो । मिनेटैपिच्छे धाँजा देखिए । थुप्रै ठाउँमा बाटो भास्सिएर अझ होचो भएको भेटियो । बारीका छेऊ कुना धाँजा फाँट्न कहिँ बाँकी देखिएनन् ।

———

लाप्राकको मुख्य बस्ती पुग्नुअघि ठूलाठूला भवनहरुको भग्नावशेष देखिन्छ । ती भवनहरुको बीचमा फराकिलो मैदान छ । भत्किएर जमिनमै धस्सिएका भवन मणिकामदेवी माविका हुन् । वैशाख १२ गते १२ बज्नै लाग्दा भूकम्प गएका बेला वृद्ध मार्सिङ गुरुङ यही स्कुलमा थिए । 'हामी शिशु कक्षा भवनको छलफलमा थियौं,' उनको निकट विगत ताजै छ, 'पहिला त पिल्लर हल्लिएको देखें, त्यसपछि पूरै बिल्डिङ ।' एक सातापछि उद्घाटन गर्ने भनिएका भवन क्षणभरमै ढले । दाताले गरेको ४० लाख रुपैयाँ लगानी उपयोग हुनै पाएन ।

भुइँचालो आएको रैछ भन्ने भएपछि मार्सिङले आफ्नो जहान छोराछोरीलाई फोन गरे । मोबाइल फोन लागिहाल्यो । बारीमा रैछन् उनीहरु । 'परिवारलाई ठिक छ भनेपछि तुरुन्तै गाउँ ओर्लें,' उनले सम्झिए, 'हावामा उडियो कि भुइँमा हिँडियो थाहा भएन, एकैछिनमा पुगियो ।' मार्सिङसँगै थिए विद्यालय व्यवस्थापन समितिका अध्यक्ष किसान गुरुङ लगायत युवा । सबैभन्दा पहिला प्यारालाइसिस भएर घरभित्र बसिरहने वृद्धाकहाँ पुग्यो टोली । उनलाई निकालेर अरु घरतिर आँखा लगाउँदा गाउँका कुनै घर सद्दे देखेनन् । घारो नाम भएका ८० वर्षे वृद्धलाई युवाहरुले घरबाहिर निकाल्न भ्याइहाले । उनको सास बच्यो ।

मार्सिङ र किसानहरु गाउँका घरघरमा कसकसकहाँ वृद्ध र केटाकेटी छन् भनेर तिनलाई निकाल्न कुदाकुदमै थिए, फेरि आयो अर्को भुइँचालो । सप्पै ठिटाहरुले मार्सिङलाई समाते । सबैजना गुजुमुज्ज एकै ठाउँमा बसे । भुइँचालोले फेरि आफ्नो घरपरिवारलाई केही गरेको छैन भन्ने भएपछि मार्सिङ नेतृत्व टोली फेरि उद्धारमा जुट्यो । धेरैलाई उनीहरुले घरबाट बाहिर निकाल्न भ्याए पनि । केहीको भने सास बाँकी थिएन । तिनीहरुलाई गाउँकै चिहान डाँडामा जम्मा गरे । प्रहरीको मुचुल्का नउठ्दासम्म ती त्यत्तिकै रहे । केही दिनपछि अन्त्येष्टि भयो । घरबाट निकालेमध्ये दर्जनौंलाई हातखुट्टा र टाउकामा चोट लागेको थियो । सौभाग्यबस घाइतेमध्ये कसैले पनि उपचार नपाएर ज्यान फाल्नुपरेन । ३ दिनपछि उपचारका लागि हेलिकोप्टरमा पोखरा पठाउँदासम्म गाउँकै जडीबुटी र ओखतीमुलोले तिनीहरुलाई बचायो ।

———

गोरखा जिल्लाको सदरमुकाम गोरखाबजारबाट उत्तरपश्चिमा पर्छ लाप्राक गाउँ । सिंगो गाविसका ९ वटा वडा नै एकैठाउँमा गुचुमुच्च छन् । १२ वैशाखे भूकम्पको केन्द्रबिन्दु बारपाकबाट ३ घन्टा हिँडेपछि पुगिन्छ लाप्राक । बौद्ध र गणेश हिमाल सामुन्नेको भिरालोभिरालो जमिनमा बसेको छ यो बस्ती । समुद्री सतहबाट २१ सय मिटर उचाइको यो गाउँ मनास्लु क्षेत्र आउजाउ गर्ने एउटा बाटो पनि हो । गाउँको भिरालो जमिन उतिसारो उर्वर देखिन्न । तर वैशाखमास जौका बालाहरु भने लहलह नै थिए । यहाँको जमिनले प्रशस्त फलाउने कन्दमुल आलुका बोटहरु पनि बारीभरि हरियै थिए । भूकम्प गएको ठ्याक्कै दुई साता एक दिन हुँदा उम्नी गुरुङ भर्खर टिपिसकेको जौका दाना केलाउँदै थिइन् र कासी गुरुङ आफ्नो जौ टिप्दै । 'भरे भुटेर भोलि घट्टमा पिस्ने,' उम्नीले भनिन्, 'अनि पिठो खाने ।' भूकम्पले गाउँको लघु जलविद्युत बिगारे पनि घट्टलाई केही भएको थिएन । कासी र उम्नी आफ्नो काम सक्न हतारिएका थिए । किनभने उनीहरुलाई गाउँबाट डेढ २ घन्टाको उकालो चढेर गुप्सीचौर पुग्नु थियो । भूकम्पले घर भत्काएपछि उनीहरुजस्तै लाप्राकका ५ सयभन्दा बढी परिवारले रिन्जेलुङ र गुप्सीचौरमा पालको डेरा जमाएका छन् । कताकति वृद्धवृद्धाबाहेक सबैले भत्केको घर छाडेका छन् ।

८३ वर्षका खमनसिङ गुरुङ र ७८ वर्षीया उनकी पत्नी जितमाया दुईजना मिलेर ढुंगाले बान्डो चिन्दै थिए । 'माथि डाँडामा जान सक्दैनौं,' भत्केकै घरको छानामुनि ओत लाग्नुको कारण खमनले बताए, 'चिसो पनि हुन्छ, डर लाए पनि आफ्नै घरमा बसेका छौं ।' उनीहरुको घरको पर्खाल सबै भत्किएको थियो । छानालाई भने टेकोले अड्याएका थिए । गाउँका सबैजना आफ्नो भत्किएको घर र पिरोलिएका परिवार सम्हाल्न व्यस्त हुँदा वृद्धावृद्धा आफ्नो लागि आफैं मजदुरी गर्दै थिए । खमनसिङ जस्तै कान्छा गुरुङ, माइली गुरुङ पनि भत्किएको घरमा काल कुर्न विवश देखिए । '९० सालको भुइँचालो जाँदा म ९ वर्षको थिएँ,' कान्छाले भने, 'त्यतिखेर यस्तो नोक्सान गरेको थिएन ।'

———

भूकम्पले घर भत्काएपछि गोरखा लगायत धेरै ठाउँमा मानिसहरुले आफ्नै बारीमा पालको ओत लागे । तर लाप्राकीले त्यसो गर्न पनि पाएका छैनन् । किनभने उनीहरुको घरमात्रै भत्किएको होइन, बारी पनि चिरिएको छ । गरागरामा धाँजा फाटेकाले बस्नै नसकेर उनीहरुले गाउँको टाकुरा गुप्सीचौरमा पालको डेरा जमाएका हुन् । हिउँदमा हिउँ पर्ने यो चौरको मौसम वैशाखमा पनि जाडोको जस्तै छ । २७ सय मिटरको डाँडामा डेरा जमाएका लाप्राकी राति निदाउन गुप्सी उक्लन्छन् र दिनभरि भत्किएको घरका सामान मिलाउन २१ सयमिटरको गाउँ ओर्लन्छन् । बारीमा काम गर्न पनि ओर्लनै पर्छ । थुप्रैका गाईवस्तु टाट्नामै मरे । बचेकाहरुले आफू ओत लाग्ने पालमुनि बाँधेर पालिरहेका छन् । कतिको भने गोठमा थिए, उतै छन् । गाउँका धेरैजसो परिवारका वस्तुभाउ गोठतिरै हुन्थे । गुप्सीडाँडा र मणिकामदेवी डाँडाका गोठ भूकम्प जाँदाको दिन ओत लाग्न काम आए । त्रिपाल र सरकारी राहतका सामग्री भने ३ दिनपछि मात्रै गाउँ पुगेको मार्सिङ बताउँछन् । नेपाली सेनाका सुबेदार हुमबहादुर थापाका अनुसार गाउँ पुगेको सेना र प्रहरी टोलीले उद्धार र स्वास्थ्योपचार गरेको थियो । २० जना सशस्त्र प्रहरी, २ जना नेपाल प्रहरी र एक दर्जनजति नेपाली सेनाको टोली अझैं गाउँमै छ ।

भूकम्प गएको दिन त गोठगोठमा गाउँलेहरु जसोतसो बसे । त्यसपछि मार्सिङ लगायत गाउँका अगुवा टोलीले निकालेको उपायअनुसार गुप्सीचौरमा त्रिपाल टाँगेर बस्ती बस्यो । जहाँ ४ सय परिवार ओत लागेका छन् । अरुको बास भने सानो र ठूलो रिन्जेलुङका बारीतिर छ । भूकम्पले गाउँ खायो भनेपछि काठमाडौं, पोखरा र देशबाहिर भएका युवा पनि फर्केका छन् । पर्यटकीय मार्गमा पर्ने भएकाले केही युवा पर्यटन क्षेत्रमा थिए । उनीहरुले आफ्ना साथीभाइमार्फत गाउँलाई राहत पनि ल्याए । सोलुखुम्बु घर भएको पथप्रदर्शकको ठूलै टोली आफ्ना साथीहरुको गाउँमा आपत परेको भन्दै भरिया लगाएरै राहत लिएर आएको थियो ।

गाउँ फर्केका युवा तत्कालको लागि गुप्सीचौरमा अस्थायी बसोबास भए पनि स्थायी विकल्प खोज्नुपर्ने बताउँछन् । सिंगै गाउँ पहिरोको जोखिममा भएकाले उनीहरु गुप्सीचौरको बसाइ पनि अभिशाप बन्ने हो कि भनेर डराएका छन् । गाउँमा पहिरोको डर छ भन्ने कुरा थाहा पाउन कसैलाई सोध्नै पनि पर्दैन । सानो रिन्जेलुङबाट ओरालो लाग्नेबित्तिकै देखिने होर्डिङ बोर्डले आगन्तुकहरुको ध्यान तान्छ । त्यो बोर्डमा लाप्राक पहिरोको जोखिममा रहेको उल्लेख छ । पहिरो लगायत विपद् पर्दा के कसो गर्ने भनेर सूचना गरिएका त्यस्ता बोर्ड लाप्राक गाउँभित्र अरु पनि छन् । तर पहिरोबाट जोगिने र गाउँलाई जोगाउने उपाय उल्लेख गरिएको बोर्डमा भूकम्पजस्तो विपद्को कुनै संकेत छैन । गाउँलेलाई पनि पहिरोबाहेक भूकम्पजस्तो विपद् आइपर्ला कहिल्यै लागेको थिएन । तर, यसपालिको भूकम्पले १६ वर्षअघिको पहिरोले भन्दा कैयौं गुणा बढी क्षति पुर्याएर गयो । २०५६ सालमा गएको पहिरोले लाप्राकमा थुप्रै घर बगाएको थियो । त्यसै बेलादेखि नै लाप्राकीलाई पहिरोको डर थियो । 'अहिले गाउँभरि धाँजा फाटेको हुँदा बस्नै नसकिने भएर, डाँडामा बस्ती सार्यौंाप,' किसान गुरुङले भने, 'गाउँसम्म ओर्लन टाढा भए पनि विकल्पै भएन ।'

गुप्सीडाँडा पनि बस्न योग्य ठाउँ हो होइन उनीहरुलाई थाहा छैन । राजधानीमा सरकारले बस्न हुने र नहुने घर छुट्याउन इन्जिनियर खटाएजस्तै लाप्राकमा पनि गाउँमै बस्न हुने नहुने पत्तो लगाउनुपर्ने गाउँले बताउँछन् । 'सरकारले लाप्राकमा पनि इन्जिनियर पठाउनुपर्यो,' भारतीय सेनाबाट अवकासप्राप्त मार्सिङले भने, 'हामी यहीं बस्न हुन्छ कि हुन्न भन्दिनुपर्यो ।' बस्न नमिल्ने भए सबै गाउँलेलाई पुनर्वास गराउन सरकारले तुरुन्तै प्रक्रिया चाल्नुपर्ने उनको माग छ । बर्खा लाग्नै लागेकाले कतिपय गाउँलेहरु पालको सट्टा जस्ताको अस्थायी वा स्थायी टहरा गुप्सीचौरमा बनाउने तरखरमा छन् । कतिपय भने चिरा परेकै गाउँमा भए पनि घर पुनर्निमाण गर्दैछन् । 'बर्खामा फेरि पहिरो आएर लैजान्छ कि ?' मार्सिङ सबै गाउँलेको एउटै दुखेसो सुनाउँछन्, 'अहिल्यै थाहा भयो भने उपाय खोज्न हुन्थ्यो ।'
अर्को समाचार
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
५ घण्टा अघि
•
१ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। आइतबार साँझ करिब ५:५० बजे रुकुम खलंगाबाट दुलीतर्फ जाँदै गरेको लु १ ज २१६० नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब १० देखि १५ मिटर तल खसेको हो। Yetiairlinescontenttopbanner दुर्घटनालगत्तै खटिएको प्रहरी टोलीले घाइते ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिम पठाएको थियो। तीमध्ये जीप चालक रुकुम पश्चिमकै मुसिकोट नगरपालिका-९ का करिब २८ वर्षीय भीम सिंह बुढामगरलाई साँझ ७:१० बजे चिकित्सकले जाँच गरी मृत घोषणा गरेका थिए।

दुर्घटनामा बाँफिकोट गाउँपालिका-८ दुलीकी करिब ३१ वर्षीया निर्मला के.सी., उनका करिब २ वर्षीय छोरा दिनेश के.सी., सोही स्थानकी करिब ३२ वर्षीया मनिषा बस्नेत र करिब ३६ वर्षीय कर्णबहादुर खत्री घाइते भएका छन्। घाइतेमध्ये निर्मला, मनिषा र कर्णबहादुरको अवस्था सामान्य छ भने दिनेशको अवस्था मध्यम रहेको छ।

यस्तै, सोही दुर्घटनामा मुसिकोट नगरपालिका-१० की करिब १८ वर्षीया जेनिशा वली घाइते भएकी छन्। उनको अवस्था मध्यम रहेको छ। जीपमा चालकसहित १० जना सवार रहेकोमा अन्य चार जना सकुशल छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस