काठमाडौं–भूकम्पका कारण ध्वस्त भएको सिन्धुपाल्चोक कारागारबाट भागेका कैदी इरफान अहमद भारतको दिल्ली पुगेका छन् । भारतीय प्रहरीले १५ वर्षदेखि खोजी गरिरहेको उनी अहिले दिल्ली प्रहरीको विशेष सेलको हिरासतमा छन् ।भारतीय सुरक्षा अधिकारीले इन्डियन मुज्जाहिद्दिनका नेपाल कमान्डर भएको दावी गर्ने गरेका अहमद बैशाख १२ गते कारागारबाट भागेका थिए । उनी त्यसको १२ दिनपछि उत्तरप्रदेशको बहराइचमा बैशाख २४ गते पक्राउ परेको भारतीय सुरक्षा अधिकारीले दावी गरेका छन् ।
५० हजार इनाम घोषित भएका उनी ४ वर्ष अगाडि नक्कली नेपाली नागरिकता बनाउनेक्रममा नेपालमा पक्राउ परेदेखि भारतीय सुरक्षा अधिकारी उनलाई भारत लैजान सक्रिय थिए ।सन् २००० मा भारतबाट भागेका उनी नेपालमा पक्राउ परेदेखिनै भारतीय सुरक्षा अधिकारीले अनौपचारिक सम्पर्क मार्फत उनलाई भारत लैजान ताकेता बढाए पनि उनी पक्राउको जानकारी सार्वजनिक भएकाले सम्भव भएन ।
यतै मुद्दा प्रकृया शुरु भएपछि उनलाई ५ वर्षको जेल सजाय भयो । पाल्पा कारागारमा रहेका उनी जेल सरुवाकोक्रममा सिन्धुपाल्चोक पुगेका थिए ।१२ गतेको शक्तिशाली भूकम्पको कम्पनबाट सिन्धुपाल्चोक कारागारको भवन र पर्खाल भत्किएपछि अन्य २ सय १५ कैदीसँगै उनी पनि भागे । १५ वर्षदेखि अहमदको प्रतिक्षामा रहेका भारत भारतीय सुरक्षा अधिकारीका लागि उनलाई भारत लैजान सहज भयो ।
बैशाख २४ गते भारत पुर्याइएका उनको पक्राउबारे ६ दिनपछी बुधबार भारतीय सञ्चारमाध्यमले समाचार सम्प्रेशण गरेका थिए ।इन्डियन एक्सप्रेसका अनुसार सन् १९९३ बाबरी मस्जिद भत्किएपछि आतंकबादी गतिविधीमा सक्रिय उनी त्यसको एक वर्षपछि पक्राउ परेका थिए । तिहाड जेलमा रहेका उनी सन् २००० मा पे रोलमा बाहिरिएको र भाग्न सफल भए ।
भारतबाट भागेका उनी केही समय पाकिस्तान गएर बसे । तिहाडमा बसाईकोक्रममा आतंकबादी संगठन इन्डियन मुज्जाहिद्दिनका सदस्यसँग सम्पर्कमा आएपछि उनी मुज्जाहिद्दिनको नेपाल प्रमुखको भुमिकामा काठमाडौं आएको एक्सप्रेसले दावी गरेको छ ।बिहीबार नागरिकन्युजसंग कुरा गर्दै कारागार व्यवस्था विभागका प्रमुख हिमनाथ दवाडीले अहमद भारतमा पक्राउ परेकोबारे विभागलाई केही जानकारी नभएको दावी गरे ।
भूकम्पपछिको अन्यौलको फाइदा उठाउँदै सिन्धुपाल्चोकसँगै केन्द्रीय कारागारबाट ३ जना र डिल्लीबजार कारागारबाट १ जना भागेका थिए ।सिन्धुपाल्चोक कारागारबाट अहमदसँगै केही पाकिस्तानी र चिनिया नागरिक समेत भागेका थिए । सिन्धुपाल्चोक कारागारबाट भागेका केही विदेशी कैदी सम्पर्कमा आएको र केहीको अवस्था थाहा नभएको बताउँदै उनले फरारहरुको खोजी र पक्राउको काम शुरु गरिएको बताए ।