पीडामा मलम लगाइदिँदै
२८ वैशाख २०७२
•
१३ मिनेट पाठ
पीडामा मलम लगाइदिँदै
काठमाडौं-देशै हल्लाउने भूकम्पले सहर र गाउँ ढले। धरहरा ढल्यो, मठमन्दिर ढले। घरसँगै हजारौं जीवन ढले र भग्नावशेषमा पुरिए। मान्छेभित्रको आशा ढल्यो। कतिपयको जीजिविषा ढल्यो। तर, जमिनभरि बिस्कुनझैं फिँजिएका भग्नावशेष पन्छाएर जीवन खोज्नेहरु ढलेनन्, गलेनन्। भीमकाय कम्पनले हल्लाए पनि उनीहरुभित्रको आशा ढलेन। चर्किएको देशमा मलम लगाउन जुर्मुराएका ती हात सयौं होइन, हजारौं छन्, जसले आफ्नो पीडा बिर्सिएर अरुलाई सहारा दिए।

प्रविधि


भूकम्पले मुलुकभर विनाश निम्त्याइरहँदा ‘टेकस्याभी' चन्दन गुप्ता सिंहदरबारस्थित राष्ट्रिय सूचना–प्रविधि केन्द्रमा व्यस्त थिए। केन्द्रकी सिस्टम एडमिनिस्ट्रेटर प्रनिता उपाध्यायको नेतृत्वमा उनले स्वयंसेवी तन्नेरीको समूह खडा गरे, जसले ‘अर्थक्वेक रिलिफ पोर्टल' तयार गर्योा। सूचना–प्रविधिमा हम्मेसि सुस्त मानिने सरकारी संयन्त्र चुस्त बन्नुमा उनीहरुकै स्वयंसेवी समूहको योगदान थियो। द्रुत रूपमा आधिकारिक सूचना अद्यावधिक हुने यो पोर्टलले संसारभर नै प्रशंसा कमायो।
सर्लाहीमा जन्मेका गुप्ताले यो पोर्टलका लागि अन्य ६ कम्प्युटर इन्जिनियरसँग काम गरे। भूकम्प गएको तेस्रो दिनदेखि थालेका यी तन्नेरीले दुई दिनमै वेब पोर्टल तयार गरे। वेबसाइटमा भूकम्पबाट भएको क्षतिसम्बन्धी अद्यावधिक विवरणमात्र होइन, प्रधानमन्त्री राहत कोषमा अनलाइनको माध्यमबाट सिधै रकम जम्मा गर्न सकिन्छ। हरेक जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरीलगायत विभिन्न सरोकारवालाको सम्पर्क जानकारीसहित भूकम्पबारे सबैखाले जानकारी समेटिएको यो पोर्टलका लागि काम गर्न पाउँदा आफूलाई निकै खुसी लागेका उनी बताउँछन्।




सामाजिक सञ्जालमा सक्रिय तन्नेरीहरु यो क्षतिपछि आफ्ना निजी पीडालाई बिर्सेर सीप र क्षमताले भ्याउने काममा जुटिरहेका छन्। गुप्ताको समूह त्यस्तै स्वयंसेवी युवाको प्रयास हो।
‘सिंहदरबारभित्रै बसेर देशका लागि जानकारीमूलक काम गर्न पाउँदा मलाई निकै सन्तुष्टि मिलेको छ,' गुप्ता थप्छन्, ‘प्रयोगकर्ताबाट यो वेबसाइट निकै प्रभावकारी भएको थाहा पाउँदा झन् खुसी लागेको छ।' आफूलाई विगतमा सरकारी सेवामा ढिलासुस्ती हुने लागेको भए पनि अहिले देशको संवेदनशील हालतका कारण सबै जना सहयोगी भएर लागेको उनको अनुभव छ।

इन्जिनियरिङ


बेलायतबाट अर्थक्वेक इन्जिनियरिङमा स्नातकोत्तर गरेका प्रमोद न्यौपाने सामाजिक सञ्जालमा निकै सक्रिय छन्। भूकम्पपछि उनी स्वयंसेवी ढंगले घरहरुको जाँचमा सक्रिय छन्। सबैले आआफ्नो तरिकाले सहयोग गरिरहेको र राहत दिइरहेका बेला आफूले पनि सीप प्रयोग गर्नुपर्ने ठानेर उनी घरहरु जाँच्न लागे। सबैभन्दा पहिले उनले ट्विटरमा घर बस्न योग्य भए नभएको जाँच गर्न ट्विट गरे। त्यसपछि उनलाई धेरै फोन आए। ‘मलाई आफैं नै सबैको घरको अवस्थाबारे जाँच गरौं, सबैलाई बस्न हुने नहुने चनाखो गराऊँ भन्ने लाग्यो,' न्यौपाने सुनाउँछन्।

सुरुमा आफ्ना साथी विपीन गैरेसँग घरहरुको जाँच गर्न सुरु गरेका न्यौपानेले व्यक्तिगत पहलमा तीन सय जना इन्जिनियरको समूह बनाएका छन्। अहिले भूकम्प डटनेट नामको वेबसाइट सुरु गरी जानकारी संकलन थालेका छन्। ‘हामीले घर र मानिसको विवरण दिनुस्, हामी आउँछौं भनेका छौं। यसका लागि कसैसँग एक रुपैयाँ पनि लिएका छैनौं,' उनी भन्छन्। आफूहरुको वेबसाइट हेरेर काठमाडौं उपत्यका मात्र नभई गुल्मी, रसुवा, म्याग्दी लगायत जिल्लाबाट अनुरोध आइरहेको न्यौपाने बताउँछन्। ‘सबै ठाउँ पुग्न सम्भव नभए घरको फोटो खिचेर पठाउनुस्, हामी के गर्ने हो भन्छौं भनेर आश्वस्त पार्ने गरेका छौं,' उनी भन्छन्। अरुले खाद्यान्न बाँडेर सहयोग गरेको भए पनि यो समय आफूहरुले जानेको काम गरेर मानिसलाई सचेत बनाउन पाउँदा निकै सन्तुष्टि मिलेको उनी बताउँछन्।

भनिन्छ, आपतविपतका बेला आफन्त काम लाग्छन्। तर आफन्त गुमाएका धेरैले कहिल्यै नचिनेका र नभेटेका व्यक्तिलाई आफन्तका रुपमा पाएका छन्। यो महाविपत्तिपछि प्रभावितहरुलाई सहयोग गर्न देशका विभिन्न जिल्ला र विदेशबाट पनि थुप्रै हात अगाडि बढेका छन्।

राहत/उद्धार


काठमाडौंको शंकरदेव क्याम्पसमा अध्ययन गरिरहेका पाल्पाका निशान्त खनाललाई भूकम्प गएपछि पाल्पामा रहेका घरपरिवारले बोलाए। आफ्नो घरमा क्षति नपुगेको र आफन्तहरु सकुशल रहेको थाहा पाएपछि उनी घर गएनन् बरु घाइतेको उपचारमा सहयोग गर्न र राहत जुटाउन लागिपरे। भूकम्पको भोलिपल्टै अस्पतालमा घाइतेको उपचार, आफन्त हराएकालाई खोज्न र प्रभावित स्थानमा राहत सामग्री पुर्याअउन लागिपरे। अहिले पनि उनी नेपालबाहिर रहेका व्यक्तिले पठाएको सहयोग सामग्रीलाई व्यवस्थित गर्न व्यस्त छन्। अहिलेसम्म सिन्धुपाल्चोक, काभ्रे र भक्तपुरका तीन सयभन्दा धेरै परिवारलाई सहयोग गरेको उनी बताउँछन्।

२१ वर्षीय यी तन्नेरी भूकम्पपछिको जीवनलाई नयाँ जीवन ठान्छन्। ‘यस्तो महाविपत्तिमा हजारौं मान्छेसँगै मेरो नि ज्यान जान सक्थ्यो, घाइते हुन सक्थें। त्यही भएर पनि मलाई स्वयंसेवामा लाग्न प्रेरणा मिलेको छ,' खनाल भन्छन्। सुन्दर गाउँहरु भग्नावशेषमा परिणत भएको देख्दा आफूलाई निकै नरमाइलो लागेको भन्दै उनी आफ्नो सानो सहयोगले पीडितको जीवन सामान्य पार्न र गुमेको हाँसो फिर्ता ल्याउन सहयोग गर्न सक्ने आशा राख्छन्।

शंखमूल बस्ने अर्की तन्नेरी सुप्रिया शर्माका सबै आफन्त भूकम्पमा सद्दे नै रहे। भूकम्प गएदेखि नै प्रभावितहरुका लागि केही गर्न चाहन्थिन्। तर, कसरी गर्ने? उनका लागि प्रश्न तेर्सियो। तर, उनी र उनको साथीहरु टुँडिखेल सरसफाइमा लागे। पछि बेकरी उद्योगसँग मिलेर ललितपुर र काठमाडौंका विभिन्न स्थानमा खानेकुरा बाँड्ने काममा लागिन्। अहिले उनी एक गैरसरकारी संस्थाले परिचालन गरेका स्वयंसेवी टोलीमा छिन्। ‘यस्तो विपतको समयमा आफू ठीक हुँदाहुँदै आफ्नो वरपर भएको विजोग कसरी देखे नदेख्यै गर्नु?' उनी भन्छिन्, ‘मेरो सानो सहयोगले केही परिवर्तन ल्याउन सक्छ कि भनेर स्वयंसेवामा लागेकी हुँ।' आफूले खानेकुरा दिँदा भूकम्पपीडितहरुले खाली पेट बस्नु नपरेको सुनाउँदा निकै खुसी लागेको उनले सुनाइन्। भन्छिन्, ‘त्यति गरेपछि मात्र मलाई राति निद्रा पर्योप।'

यसरी थुप्रै तन्नेरीहरु दिनरात नभनी गाउँगाउँ पुगेर सहयोग गरिरहेका छन्। विपतका बेला उनीहरु सरकारले गर्ला भनेर भूकम्पपछि रगत अभाव हुन सक्ने देखेर रक्तदान आयोजना गर्नेदेखि राहत सामग्री वितरणमा सहजीकरण गर्ने काममा लागे।

पर्यटकलाई सहयोग



सफ्टवेयर इन्जिनियर २९ वर्षीय सञ्जीव न्यौपानले नेपाल घुम्न आएका पर्यटकलाई उनीहरुको दूतावाससम्म पुग्न सघाए। ‘लैनचौरमा उभिएर मैले ठमेलबाट निस्केका विदेशी पर्यटकलाई सम्बन्धित देशको दूतावास पुग्न सहयोग गरें,' उनले भने। त्यसपछि उनी डाक्टरहरुको टोलीलाई स्वास्थ्य जाँचका लागि सहयोग गर्न लागिपरे। बुढानीलकण्ठ, भक्तपुर, साँखु, बनेपासम्म पुगेर टोलीलाई चाहिने औषधि, पाल, खाद्यान्नको आवश्यकताबारे जानकारी लिएर ती सामान पुर्या,उन सहयोग गरे। ‘नयाँ जीवन पाएको महसुस गरेको छु,' न्यौपाने भावुक भए, ‘मेरो बुवाले मलाई कहिले यो गर र त्यो गर भन्नुभएन तर जहिले नै एउटा कुरा भन्नुहुन्थ्यो– सेवा नै धर्म हो।' त्यतिमात्र होइन पाकिस्तान, हाइटीमा गएको विनाशकारी भूकम्पबारे अध्ययन गरेर उनले आफ्ना वरपरकालाई मानसिक रुपले तयार पारे। ‘आफ्टरसक ससाना झट्काहरु आइरहन्छन् तर आत्तिनुपर्दैन भनेर मैले धेरैलाई सम्झाएँ,' उनले सुनाए।

ससाना झट्काबाट आत्तिनु हुँदैन भनेर भक्तपुरकी अनन्दिता गुरुङले पनि आफ्नो समुदायका मानिसलाई सम्झाइन्। भक्तपुरकै चेतनशील युवा समूहसँग मिलेर उनले अहिले भूकम्प पीडितलाई सहयोग गरिरहेकी छन्। ‘स्वयंसेवा भनेको कुनै स्वार्थ पूरा गर्नका लागि होइन,' उनी भन्छिन्, ‘सानो प्रयासले कसैको ओठमा मुस्कान र घाउमा मलम लगाउन सकिन्छ भने त्यो नै आत्मसन्तुष्टि हो।'

यी केही प्रतिनिधि तन्नेरी मात्र हुन्। यसरी देशका विभिन्न भागका अनेक तन्नेरीहरु यो महाविपतमा सहयोगी भएर काम गरिरहेका छन्। आफन्त सकुशल रहेका मात्र होइन, बस्ने घर र आफन्त गुमाएका तन्नेरी पनि ‘जे नहुनु भइसक्यो' भन्दै बाँचेकाहरुलाई सहयोग गर्न जुटेका छन्। ट्विट फर कज नेपाल (टिएफसी नेपाल),  आयोन, विवेकशील नेपाली जस्ता संगठनले पनि स्वयंसेवा गर्न चाहने युवालाई प्रभावकारी परिचालन गरेर पीडामा परेकाको अनुहारमा मुस्कान ल्याउन लागिपरेका छन्।
अर्को समाचार
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
४ घण्टा अघि
•
१ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। आइतबार साँझ करिब ५:५० बजे रुकुम खलंगाबाट दुलीतर्फ जाँदै गरेको लु १ ज २१६० नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब १० देखि १५ मिटर तल खसेको हो।

Yetiairlinescontenttopbanner

दुर्घटनालगत्तै खटिएको प्रहरी टोलीले घाइते ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिम पठाएको थियो। तीमध्ये जीप चालक रुकुम पश्चिमकै मुसिकोट नगरपालिका-९ का करिब २८ वर्षीय भीम सिंह बुढामगरलाई साँझ ७:१० बजे चिकित्सकले जाँच गरी मृत घोषणा गरेका थिए।

दुर्घटनामा बाँफिकोट गाउँपालिका-८ दुलीकी करिब ३१ वर्षीया निर्मला के.सी., उनका करिब २ वर्षीय छोरा दिनेश के.सी., सोही स्थानकी करिब ३२ वर्षीया मनिषा बस्नेत र करिब ३६ वर्षीय कर्णबहादुर खत्री घाइते भएका छन्। घाइतेमध्ये निर्मला, मनिषा र कर्णबहादुरको अवस्था सामान्य छ भने दिनेशको अवस्था मध्यम रहेको छ।

यस्तै, सोही दुर्घटनामा मुसिकोट नगरपालिका-१० की करिब १८ वर्षीया जेनिशा वली घाइते भएकी छन्। उनको अवस्था मध्यम रहेको छ। जीपमा चालकसहित १० जना सवार रहेकोमा अन्य चार जना सकुशल छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस