काठमाडौं-पुरातत्व विभागले महाभूकम्पले धरापमा पारेका पुरातात्िवक धरोहरको क्षति कम गर्ने अभियान सुरु गरेको छ। लगातार पराकम्पन आइरहेकाले त्यसबाट थप क्षति हुनसक्ने भन्दै विभागले करिब एक सातादेखि कलात्मक धरोहर जोगाउन अभियान थालेको हो।चार सयभन्दा बढी आंशिक क्षति पुगेका पुरातात्विक मठ, मन्दिर, पाटी, पौवा र दरबारमा क्षति न्यूनीकरणका लागि यस्तो अभियान चलाएको विभागले जनाएको छ। यसका लागि कर्मचारीलाई स्थलगत खटाएर बहुमूल्य सम्पदा सुरक्षित गर्न थालिएको विभागका प्रवक्ता रामबहादुर कुँवरले बताए।
उनका अनुसार बहुमूल्य किसिमका कलात्मक झ्याल, टुँडाल, मूर्तिलगायत पुरातात्विक वस्तु बेलैमा संरक्षण गरिनेछन्। ‘अहिलेसम्म जति क्षति पुग्नु थियो पुगिसक्यो,' उनले सोमबार नागरिकसँग भने, ‘पराकम्पनले थप क्षति नगरोस् भनेर विभागले संरक्षणमा काम गर्न लागेको हो।'
विभागले नुवाकोट दरबार नजिकका भैरवी मन्दिर, गारद घर र तलेजु मन्दिरमा टोलीलाई आइतबारदेखि यस्तो काममा खटाएको उनले जानकारी दिए। ‘दरबारको माथिल्लो भागमा पनि क्षति पुगेको छ,' उनले भने, ‘त्यसको अवस्था जाँचेर तत्काल केही निर्णय गर्छौं। अहिले नै के गर्ने निर्णय भइसकेको छैन।'
यसबाहेक हनुमानढोका दरबार, भक्तपुर दरबार, पाटन दरबार, गोरखा दरबार, स्वयम्भू, काभ्रेलगायत क्षेत्रमा पनि टोली लागिरहेको उनले बताए। ‘भूकम्पले कैयौं मठ–मन्दिर भत्काएको छ भने कतिपयलाई भत्किने अवस्थामा पुर्या एको छ,' उनले भने, ‘भत्किन लागेका संरचना जतिखेर पनि ढल्ने अवस्थामा रहेकाले तिनमा रहेको भार कम गरेर आफैं भत्कनबाट जोगाउन लागेका हौं।'
वैशाख १२ को महाभूकम्पले मठ, मन्दिर, पार्टी, पौवालगायत ६० वटा पुरातात्विक संरचनामा पूर्ण क्षति पुर्याएको विभागको पछिल्लो तथ्यांक छ। यसबाहेक आशिंक क्षति पुगेका संरचनाको माथिल्लो भाग झिकेर सुरक्षा प्रदान गर्नुपर्ने अवस्था रहेको विभागले जनाएको छ।
‘पहिलो चरणमा स्थलगत अध्ययन गर्न टोली पठाएका छौं,' कुँवरले भने, ‘टोलीको रिपोर्टका आधारमा त्यहाँ भार कम गर्ने काम भइरहेको छ।' यसबाहेक पूर्ण रूपमा भत्किएका क्षेत्रका इँटा, काठलगायत संरचना व्यवस्थापनको काम भइरहेको पनि उनले जानकारी दिए।
हनुमानढोका दरबार क्षेत्रका ९० प्रतिशत सम्पदा कामै नलाग्ने गरी भत्किएकाले त्यस क्षेत्रमा बचेका सम्पदा जोगाउने प्रयास भइरहेको विभागले बताएको छ। विभाका एक अधिकारीका अनुसार आइतबार उक्त क्षेत्रमा पुगेको युनेस्को र विभागका प्रतिनिधिले तत्काल भत्काउने तरिका एवं सामान बचाउने तरिकाबारे अध्ययन गरिरहेको छ।
‘धेरै क्षति भएको सम्पदा क्षेत्र हनुमानढोकाका बहुमूल्य र ऐतिहासिक सामान बचाउन यो टोलीले केही दिनभित्र रिपोर्ट दिन्छ,' ती अधिकृतले भने, ‘त्यसअनुसार विदेशी टोलीले सामान झिकेर थप क्षति हुनबाट जोगाउँछ।'
महाभूकम्पले काठमाडौं उपत्यकाका सम्पदामा धेरै क्षति पुर्या ए पनि काभ्रे, गोरखा, नुवाकोटलगायत जिल्लाका सम्पदामा पनि क्षति पुगेको छ। ‘सहरी क्षेत्रका पुरातात्िवक सम्पदामा बढी क्षति पुर्यानएको छ,' उनले भने, ‘क्षति हुने सम्पदामा मठ, मन्दिर, पार्टी, पौवा, सत्तल, दरबार छन्।'
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुरेशमान श्रेष्ठले सरकारले पाँच वर्षभित्र साँस्कृतिक सम्पदा पुनर्निर्माण गर्ने तयारी गरेको बताए। ‘अहिले शोकलाई शक्तिमा बदल्ने समय हो,' उनले भने, ‘त्यसैले अहिले कम क्षति पुर्या।उन यस्तो अभियान थालेका छौं।' बचेका संरचनाको अवस्था जाँचेर मर्मतसम्भार पनि गरिने उनले बताए।
‘अहिले सर्वसाधरणमा भत्किएका सम्पदा बन्दैनन् कि भन्ने शंका होला,' उनले भने, ‘अहिले यतातिर सोच्ने होइन। सम्पदालाई पुरानै स्वरूपमा फर्काइनेछ र इन्जिनियरिङ हिसाबले भूकम्प प्रतिरोधी बनाइन्छ।'
काठमाडौं जिल्लामा सबैभन्दा बढी सम्पदा पूर्ण रूपमा क्षति भएको तथ्यांक छ। त्यसपछि ललितपुरमा पूर्ण क्षति भएका छन्। त्यसपछि भक्तपुर र काभ्रे रहेको विभागले जनाएको छ।