इलाम— दुई साताअघिको विनाशकारी महाभूकम्पले 'घर चर्के–भत्केको' विवरण बुझाएका भरमा यसपल्ट जनसाधारणलाई राहत नदिइने भएको छ । भूकम्पपीडितका लागि राहतस्वरुप देश विदेशबाट नगद तथा जिन्सी सामग्री उपलव्ध हुनेक्रम कायमै रहेको अवस्थामा 'केही न केही पाउने आशमा' क्षति भएको बताउँदै जनसाधारणबाट माग गर्नेक्रम बढेपछि सरोकारवालाले राहत वितरणमा कडाई गर्ने भएका हुन्।गोरखाको बारपाक केन्द्रविन्दु रहेको ७ दशमलव ९ म्याग्नेच्युडको महाभुकम्पले क्षतिग्रस्त घर तथा सार्वजनिक भवनको विवरण आउनेक्रम उच्च भएपछि जिल्ला दैवीप्रकोप उद्धार समितिले राहत वितरणमा सावधानी अपनाउन लागेको हो । समितिको बिहिवार सदरमुकाममा सम्पन्न बैठकले क्षतिग्रस्त संरचनाको फोटो हेरेर र स्थलगत निरीक्षण गरेर मात्र राहतका लागि गृह मन्त्रालयमा सिफारिस गर्ने टुंगो गरेको छ।
'भूकम्पपछि राहत अपेक्षा गर्दै गाविस र नगरपालिकामार्फत समितिमा निवेदन दिने सयौं भए' इलामका सहायक प्रमुख जिल्ला अधिकारी सुजन फागोले भने, 'त्यतिकै आधारमा राहत दिनसक्ने स्थिति नभएर राहत माग्ने सबैको घरको फोटो खिच्न टोली खटाइनेछ।' गाविस र नगरपालिकाका कर्मचारीले 'क्षतिग्रस्त' भनिएका घरको फोटो खिचेर ल्याएपछि समितिले त्यसलाई हेरेर मात्र राहतका लागि गृहमा सिफारिस गर्नेछ ।
भूकम्पले इलाममा तीन सय १३ घर पूर्ण र दुई हजार १२ घरमा आंशिक क्षति पुगेको विवरण जिल्ला दैवीप्रकोप उद्धार समितिलाई प्राप्त भएको छ। साढे तीन बर्षअघिको शक्तिशाली भूकम्पबाटै क्षतिग्रस्त घर यसपल्टको भूकम्पले थप क्षति हुँदा राहत माग्नेको संख्या बढेको हुनसक्ने शंका गरिएको छ । त्यसमा कडाई गर्दै फोटो हेरिसकेपछि समिति अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा स्थलगत निरीक्षण गरिनेछ।
'जुन जुन परिवार भूकम्पपछि बाहिर बस्न बाध्य छन्, त्यस्ताको घरलाई पूण क्षति भएको मानिनेछ' सहायक प्रजिअ फागोले भने, 'सामान्य चर्के भत्केका र बस्न हुनेलाई आंशिक क्षतिको सूचीमा राखिनेछ ।' छिट्टै गरिसक्ने भनिएका फोटो खिच्ने र निरीक्षण गर्ने कामपछि समितिले केन्द्रमा राहत माग गर्ने र जिल्लामा आइपुग्नासाथ पीडितका हातमा पुर्याउने निर्णय भएको उनले बताए।
जिल्लामा घर भई भूकम्पबाट अन्यत्र ज्यान गुमाउनेका परिवारले प्रमाणसहितको जानकारी दिएमा राहतका लागि केन्द्रमा सिफारिस गरिने पनि निर्णय भएको छ । भूकम्पबाट क्षतिग्रस्त संस्थागत विद्यालय भवनको निरीक्षण जिल्ला शिक्षा कार्यालयले गर्ने भएको छ । यस्तै, भूकम्पले जोखिममा परेका घरलाई नेपाली सेनाको कालीध्वज गणले तीन दिनभित्र भत्काइसक्ने र त्यस्ता घरबारे सूचना दिन आग्रह गरिएको छ ।
इलामका भूकम्पपीडितकाई उपलब्ध गराउने उद्देश्यसहित नेपाल रेडक्रस सोसाइटीलाई इलाम बजारमा एउटा दान पेटिका राख्न समितिले अनुमति दिएको छ । शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयका प्राविधिकले भूकम्पबाट क्षतिग्रस्त जिल्लाका विभिन्न सरकारी कार्यालयको अनुगमन थालेको छ । बस्न नहुनेलाई रातो, बस्न हुनेलाई निलो र मर्मतपछि बस्न सकिने भवनलाई हरियो चिन्हले संकेत गरिनेछ ।
भूकम्पीय असरले कुनै मानवीय क्षति नभएको मेची पहाडमा यसपल्ट 'केही पाउने आशमा' क्षतिको मात्रा बढी देखाएर पुरानै भूकम्पपीडितले क्षतिपूर्ति माग्ने अवस्था चुनौतीपूर्ण देखिएको छ । त्यसप्रति सचेत देखिएका सरोकारवालाले 'पुरानै क्षतिलाई नया" दिनखोज्ने'प्रति सचेतता अपनाएका छन् । २०६८ असोजमा आएको ६ दशमलव ८ म्याग्नेच्युडको भूकम्पले मेची पहाडमा ठूलो क्षति पु¥याएको थियो ।