काठमाडौं-महाभूकम्पले ऐतिहासिक धरोहर र राजधानी उपत्यकाकै सान धरहरा ढल्यो। ७.६ म्याग्निच्युड स्केलको भूकम्पन थेग्न नसकेर थुप्रै ऐतिहासिक संरचना, मठमन्दिर, देवल, सत्तल, स्तम्भ मटियामेट भए। धुलैधुलोले छोपिएको, माकुराको जालोले ढाकिएको काठमाडौं, नरदेवीस्थित ऐतिहासिक झ्याल ‘देशय्मरु झ्याः' को हालत के भयो त? धेरैले यसको सोधीखोजी नै गरेका छैनन्। खुसी मान्नुस्, महाभूकम्पले यो झ्याललाई केही क्षति पुर्याएन।

देशय्मरु झ्याः अर्थात् देशमै कहीँ नभएको झ्याललाई मल्लकालीन राजाहरूबीच तीव्र प्रतिस्पर्धाका बेला काठमाडौंका राजाले निर्माण गरेको इतिहास छ। प्रायः ओझेलमा रहेको काठमाडौं महानगरपालिका–२६, गंगालालमार्गको यो निजी झ्याललाई भूकम्पको धक्काले केही असर गरेको छैन।
६ तले भवनको दोस्रो तलामा रहेको झ्यालमा कुनै रङरोगन छैन। चराचुरुंगीको दिसाले फोहोर देखिन्छ यो सम्पदा। विश्वसम्पदा सूचीमा रहेको हनुमानढोका दरबार क्षेत्रबाट करिब ४ सय मिटर दुरीमा रहेको यो झ्याल हेर्न दैनिक पर्यटक पुग्छन्, फोटो खिच्छन् र हिँड्छन्।
‘भूकम्पको दिन म पिकनिक खान साथीहरूसँग पाथीभरामा थिएँ, साँझ जसोतसो यहाँ नजिकै यट्खा पुगेको थिएँ,' सोही झ्यालमुनि रहेको पुस्तकपसलका निरन महर्जनले भने, ‘पहिले पसलसहित सबै गयो भन्ने सोचेको थिएँ तर केही भएनछ।' झ्यालमा भूकम्पले केही नोक्सान नगरेको उनले बताए। घरका सुर भने चर्किएका छन्।
देशय्मरु झ्याः मात्र होइन, काठमाडौं दरबार क्षेत्रकै ९० प्रतिशत सम्पदा क्षतिग्रस्त भए पनि तलेजु मन्दिर र कुमारी मन्दिरलाई खासै क्षति भएको छैन।
‘कुमारीघर जयप्रकाश मल्लकै पालामा निर्माण गरिए पनि पटकपटक जीर्णोद्धार गरिएको र होचो भएकाले केही हुन पाएन,' हनुमानढोका संग्रहालयप्रमुख सरस्वती सिंहले मंगलबार नागरिकसँग भनिन्, ‘भूकम्पले दरबार सबै खत्तम बनायो होला भन्ने सोच्दै थिएँ। कर्मचारी र घुम्नेहरूलाई केही भयो कि भन्ने भयो तर केही भएनछ। त्यसमाथि तलेजु मन्दिर पनि केही भएन।'
धरहरा ढलेको खबर सुनेकाले हनुमानढोकाका केही बचेनन्जस्तो लागेको थियो उनलाई। तलेजु मन्दिर ठाडै देख्दा भने सिंह अचम्मित भइन्। यो वसन्तपुर दरबार क्षेत्रकै अग्लो मन्दिर रहेको उनले सुनाइन्। ‘मन्दिरको तल्लो भागमा केही नभए पनि माथिल्लो भागमा क्षति पुगेको छ,' उनले भनिन्, ‘यसको विवरण आउन बाँकी छ।'

प्रारम्भिक अध्ययनअनुसार पुरातत्व विभागले पूर्ण क्षतिका आधारमा काठमाडौं दरबार क्षेत्र अत्यधिक क्षतिग्रस्त बताए पनि दुई मुख्य मन्दिरलाई भने खासै केही नभएको जनाएको छ। ‘प्रारम्भिक अध्ययनले खासै असर देखाएन,' विभागका प्रवक्ता रामबहादुर कुँवरले नागरिकसँग भने, ‘अहिले नै कारण भन्न सक्ने अवस्था छैन। किनकि, त्यहाँकै अन्य मन्दिर फेददेखि नै खतम भएका छन्।'
‘बचेका स्मारकहरूको गजुर झरेका, छाना उप्किएका र केही चर्केको अवस्थामा छन्,' कुँवरले भने, ‘प्राविधिकले थप जाँच गरेपछि बल्ल त्यहाँको वास्तविक स्थिति थाहा पाउन सकिन्छ।'
त्यस्तै, स्वयम्भूको मुख्य स्तुप, बौद्ध स्तुप, पशुपति मन्दिर, पाटन दरबार क्षेत्रका कृष्णमन्दिर एवं शंकरनारायण, भक्तपुर दरबार क्षेत्रका न्यातपोल एवं ५५ झ्याले दरबारजस्ता स्मारक पनि भूकम्पबाट बचेको पुरातत्व विभागले जनाएको छ।
पशुपति क्षेत्र विकास कोषका सदस्य–सचिव गोविन्द टन्डनले पशुपतिनाथ मन्दिरलाई पनि भूकम्पले नछोएको बताए। ‘भूकम्प गइरहेका बेला भट्टजीहरू मन्दिरमा पूजा गराइरहनुभएको थियो,' उनले भने, ‘उहाँहरूले पूजा छाड्नुभएन, भित्रै रहनुभयो।' पशुपतिलाई विसं १८९० र १९९० का शक्तिशाली भूकम्पले पनि केही नगरेको इतिहास उनी सम्झन्छन्।
पशुपतिनाथ मन्दिर क्षेत्रका वासुकीनारायण र उन्मत्त भैरव मन्दिरमा पनि क्षति नभएको उनले जानकारी दिए। मन्दिरबाहिरका ९५ प्रतिशत स्मारक भने भत्किएका छन्।
‘मन्दिर ठूलो ढुंगामाथि निर्माण भएकाले यसमा भूकम्पको धक्काले कम असर गरेको हुन सक्छ,' उनले भने, ‘यसभन्दा माथिल्लो भागमा बागमती ढुंगालाई काटेर बगेको पाइन्छ। माटोमाथि बनेका अन्य संरचना ध्वस्त भए।' मन्दिर बनाउँदा पञ्चमाटोले निर्मित भएकाले पनि बलियो भएको हुन सक्ने उनको अनुमान छ।
ठूला मन्दिर र संरचनासँगै रहेका कतिपय मठमन्दिर भने पूर्ण क्षति भएका छन्। ठूला मन्दिरसँगै रहेका साना मन्दिर कसरी भत्किए त?
‘बढी धक्का परेका घर वा अन्य संरचना भत्केका छन्,' पुरातत्वविद विष्णुराज कार्की भन्छन्, ‘यसपालि जोगिएका संरचना पनि निकट भविष्यमा राम्ररी मर्मत नगरे भत्कन सक्छन्।'
५५ झ्याले दरबार नभत्किनुको कारण करिब १० वर्षअघि गरिएको मर्मतसम्भार नै रहेको उनले दाबी गरे। ‘महान इतिहास बोकेको यो निकै पुरानो दरबार हो। यसको जीर्णोद्धार गरिँदा ७.५ म्याग्निच्युडसम्मको भुइँचालो थेग्न सक्ने अनुमान गरेका थियौं,' तत्काल सरकारी सेवामा रहेका कार्की सम्झन्छन्, ‘नत्र अन्यको हिसाबमा धक्का कम भएका कारण नै बचेका हुन्।'
यसबाहेक २०६८ असोज १ को भूकम्पपछि हनुमानढोका दरबार क्षेत्रका संरचनाको जीर्णोद्धार गर्नुपर्ने राय निस्के पनि सरकारले ढिलासुस्ती गर्दा यस्तो क्षति भएको उनले बताए। ‘पञ्चमुखी हनुमान क्षेत्र पनि जीर्णोद्धार तयारी भइरहेको थियो,' उनी भन्छन्, ‘धन्य, अहिले अडिएको छ तर अत्यधिक कमजोर संरचना छ।'
उनका अनुसार बचेका सबै पुरातात्विक सम्पदाको मर्मतसम्भार खाँचो छ। ‘हामीले भत्केपछि मात्र बनाउनुपर्ने भन्छौं तर त्यसो होइन। भवन बेलाबेला मर्मत गरिरहनुपर्छ,' उनले चेतावनी दिए, ‘धक्का कम भएर कम ढलेका हुन् तर अब पनि केही नभए सम्पूर्ण संरचना ध्वस्त हुन्छन्। पुराना संरचना बाँकी छन् भनेर नाक फुलाउने ठाउँ छैन।'
अर्का पुरातत्वविद प्रकाश दर्नाल पनि कार्कीको भनाइमा सहमत छन्। ‘हामीले जसरी मल्ल, राणाजस्ता वशंबाट यी दरबार पाएका छौं, त्यसैगरी पछिल्ला पुस्तालाई हस्तान्तरण गर्नुपर्छ,' उनले भने, ‘अहिले जोगिएका सम्पदालाई नयाँ प्रविधि प्रयोग गर्ने र बाहिर नेपाली पुरानो शैलीलाई नै राखेर मर्मत गरिनुपर्छ।'
धेरैजसो अग्ला मन्दिर भत्केको स्मरण गराउँदै उनले अब काठ, इँटा र माटोले मन्दिर जीर्णोद्धार वा पुनर्निर्माण गर्न नमिल्ने बताए। नौतले दरबार पनि गयो। स्तुपहरू बौद्ध र स्वयम्भूका चैत्य देख्दा केही नभएजस्ता हुन् तर चर्किएकै अवस्थामा छन्, त्यसमाथि न्यातपोलको पनि छाना बिग्रिएको र चर्किएको सुन्नमा आएकाले यिनीहरू सुरक्षित छन् भन्न नसकिने उनी बताउँछन्।
‘पाटन सोठटोलको राधाकृष्ण मन्दिर पनि काठमाडौं भ्याली प्रिजर्भेसन ट्रस्टले जीर्णोद्धार गर्योच, अहिले भत्कियो। स्वयम्भूको प्रतापपुर मन्दिर दुईपटक निर्माण गरिसक्दा पनि भत्किएको छ,' उनी भन्छन्, ‘त्यसैले नयाँ प्रविधिमा हामी प्रवेश गर्नुपर्ने बेला आइसकेको छ।'
विसं १९९० सालको भूकम्पले पनि न्यातपोल बचेको इतिहास स्मरण गर्दै उनले भने, ‘अब पुरानो निर्माण शैली अपनाइए भविष्यका पुस्ताले यी सम्पदा ठडिएको देख्न पाउँदैनन्।'