काठमाडौं-आयुषा र जानुका रानीबारी चोकबाट खोलाखोलै जाने बाटाको अर्कोपट्टि छेउमा बालुवाको थुप्रोमा खेल्दै थिए। सोमबार बिहान घुम्ने क्रममा देखेको यो दृश्य रमाइलो लागेर मोबाइलबाट सुटुक्क खिचिहालेँ। अनि सोधेँ, ‘के बनाएको नानु?'ठूली जानुका लजाइन्। सानी आयुषाले भनिन्, ‘धरहरा बनाएको। भुइँचालाले भत्कायो नि त!'
रानीबारी चोकनजिकै कतै डेरा गरेर बस्ने परिवारका यी दिदीबहिनीलाई कति माया लागेछ धरहराको! तिनमा जागेको धरहरा बनाउने रहर नै नेपाली समाजलाई जिउँदै राख्ने अमृतबुटी हो।
...

टुँडिखेलमा पालहरू अझै छन्। घरै नभएका र घर भए पनि जान डराएकामध्ये धेरै जना यसरी नै पालमा बस्दैछन्। भूकम्पलगत्तै केही दिन त त्यहाँ बढी नै भद्रगोल थियो। बिस्तारै सायद नेपाली सेनाले त्यहाँको स्थिति सहज बनाउँदै लग्यो। सोमबार दिउँसो बाहिरबाट हेर्दा त्यहाँ निकै व्यवस्थित देखिन्थ्यो। चिटिक्क परेका चिनियाँ पाल लोभलाग्दा थिए। त्यहाँ बस्ने भूकम्प पीडितहरूको दिनचर्या थोरै मात्र भए पनि सामान्य भयो होला।

त्यहाँ भित्र गएर हेर्दा चिटिक्क परेका चिनियाँ पालसँगै एउटा दम्पती अत्यन्त दयनीय अवस्थामा आश्रय लिएका देखिए। उनीहरूलाई ती रहरलाग्दा पालमा बस्न के गर्नुपर्छ भन्ने थाहै भएन रे। नजिकै रहेका सैनिकलाई त्यो दम्पतीलाई अलि सजिलो पालमा सार्न सकिँदैन भनेर सोधेँ। ‘सामूहिक रूपमा बस्ने परका पाल खाली नै छन्,' ती सैनिकले भने, ‘गए पाउलान्।'
त्यो युवा दम्पतीलाई सैनिकले भनेको सुनाइदिएँ। उनीहरूले खासै उत्साह देखाएनन्। सायद, मेरा कुरा पत्याएनन्। सायद, उनीहरूको सोधखोज कसैले गरेको थिएन यसभन्दा पहिले।
देशभरको सहायता वितरण यस्तै छ। सहायतासम्म पीडितको पहुँच छैन। सहायता बाँड्ने सरकारी संयन्त्र पीडितलाई खोज्दै कतै जाँदैन। कोही गइहाल्यो भने पनि तिनको विश्वास कसैले विश्वास गर्दैन। अभाव विश्वासको पनि त छ।