झापा- उनका लागि बाबाको काख सुत्ने बिछ्यौना मात्र होइन, डर लुकाउने ठाउँ पनि थियो। जतिसुकै अत्यासमा पनि बाबाको हातले दिने बलियो आडले उनलाई सधैं ढुक्क पार्थ्यो। यही भरोसाले नै हो, साताअघि भूकम्पले जमिन हल्लाउन थाल्दा पनि झापा, ज्यामिरगढी–३ की १० वर्षीया निष्मा खड्काले बाबाकै हात समाएकी थिइन्।बाबुछोरी सुरक्षित ठाउँ खोज्दै भाग्दै थिए। यत्तिकैमा भीरबाट झरेको ढुंगा बाबु कृष्णबहादुर खड्काको टाउकोमा बजि्रयो। उनी ढले। घाइते कृष्णबहादुरले छोरीलाई 'भाग छोरी' भन्दै कराइरहे। निष्मा बाबाको हात छाडेर भागिन्। 'मैले बाबाको हात समाएको थिएँ तर मलाई पनि लाग्ने डरले बाबाले मलाई भाग्न भन्नुभयो, म बाबालाई हेर्दै भागें। निकैबेरसम्म बाबाले हात हल्लाइरहनुभएको थियो', वैशाख १२ को घटना सुनाउँदै निष्माले भनिन्, 'मैले देखेसम्म उहाँले हात हल्लाउनुभो, बाबा त्यहीं हराउनुभो।'
यो सिन्धुपाल्चोकमा घटित घटना हो। जहाँ, आफ्नै आँखाअघि बाबुको ज्यान गएको देखेकी थिइन् निष्माले। एकैछिनको विपत्तिले उनको ओत लाग्ने बाबाको काख खोसेको थियो जसकारण सातायताका हरेक दिन उनले सधैं झस्किएर बिताइरहेकी छिन्।
निष्माका अनुसार त्यस दिन बाबाले उनलार्ई घुमाउन दोलखाको चरिकोटस्थित मन्दिर लगेका थिए । २५ वर्षदेखि काठमाडौंस्थित ग्यालेक्सी पब्लिक बोर्डिङ स्कुलमा चालक पदमा कार्यरत कृष्णबहादुर स्कुलको टोली लिएर त्यता गएका थिए। शिक्षकसँगै घुम्दै जाँदा चीनको खासा बोर्डरमा पुगेका थिए। आफैंले चलाएको गाडीमा सवार सबै खासातिर लाग्दा कृष्णबहादुरको साथमा नागरिकता थिएन। 'सरहरू नागरिकता देखाएर खासातिर जानुुभयो तर बाबाले नागरिकता लैजान बिर्सिएकाले हामी बसमै बसिहेका थियौं ', निष्माले सुनाइन्, 'अचानक गाडी हल्लिन थाल्यो। के भयो भन्दै हामी बसबाट ओर्लियौं। बाहिर निस्कँदा भिरबाट ढुंगा झर्दै रहेछ। भूकम्प गएछ भन्दै हामी भाग्न थाल्यौं। भाग्दाभाग्दै पानीको पाइपमा अल्झेर लड्न पुग्यौं। त्यति बेलै माथिबाट झरेको ढुंगाले हामीलाई लाग्यो। मेरो खुट्टामा लाग्यो भने बाबाको टाउकोमा लागेछ। बाबा लड्नुभयो।' त्यसपछि हात हल्लाइरहेका उनका बुबा केही छिनमै हराए। यही घटनाले निष्मालाई अहिले छिनछिनमै भक्कानिन बाध्य पार्छ।
परिवारसहित विद्यालयकै क्वार्टरमा बस्दै आएका उनी पछिल्लो समय दसैंमा घर आएको भाइ पर्शुरामले बताए। 'अब कहिले आउने छोरा' भनेर बुबा दिलबहादुर खड्काले सोधेका थिए रे। 'अर्काे दसैंमा आउने भन्थ्यो', गहभरि आँसु पार्दै ८२ वर्षीय पिताले भने, 'तर, अब कहिल्यै नआउने गरी गयो।' ७२ वर्षीया आमा मनमायाको आँखामा आँसु ओभाएको छैन। 'भूकम्पमा परेको भन्ने त थाहा थियो', उनले भनिन्, 'उपचार गर्दै होलान् भनेको त शुक्रबार बुहारी, नाति र नातिनी मात्र घर आएपछि थाहा भयो, मेरो छोरो मभन्दा अघि छाडेर गएछ।'
पत्नी पार्वती अचेत अवस्थामा छिन्। जुन बेला होस आउँछ, पतिको यादमा रुन थाल्छिन्। उनलाई पतिले घुम्न जाऊँ भनेका अन्तिम शब्द मनमा ताजै छन्। 'मलाई समेत घुम्न जाउँ्क भन्नुभएको थियो', सेताम्मे कपडामा शोकमा रहेकी उनले भनिन्, 'मलाई सन्चो नभएका कारण जान सकिनँ। छोरीलाई लिएर जानुभयो। जाने बेलामा राम्रोसँग बस्दै गर्नू भन्नुभएको थियो।' उनीहरूका एक छोरा पनि छन्, जो आमासँगै बाबुको शोक बारेर बसेका छन्।