लाङटाङबाट थप ५५ जनाको उद्धार
२० वैशाख २०७२
•
७ मिनेट पाठ
लाङटाङबाट थप ५५ जनाको उद्धार
रसुवा–महाभूकम्पमा परेर अलपत्र परेका थप ५५ जना स्थानीय र पर्यटकको लाङटाङबाट उद्धार गरिएको छ। उद्धार मध्ये दुई जना विदेशी पर्यटकलाई राजधानी पठाइसकिएको रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी गौैतम रिमालले बताए। लाङटाङ गाउँबाट उद्धार कार्य अब सकिएको छ, उनले भने अब हिमपहिरोमा पुरिएकाहरुको खोजी कार्य शुरु हुने उनले बताए।हिमपहिरोमा पुरिएर मध्ये एक सय ७० जना स्थानीय र १ सय ५० जना स्थानीय हराइरहेका छन्। भुकम्प सँगै आएको हिमपहिरोले लाङटाङ सुख्खा बगरमा परिणत भएको छ। लाङटाङमा ५५ घरधुरी थिए ति मध्ये एक घर मात्र सग्लो छन् ति पनि ओढारको बिचमा भएकाले सध्ये छन्। हिमपहिरोमा पुरिएर सरकारी भवन स्वास्थ्य चौकी, गाबिस भवन, नेपाली सेना नारायणदल गणको पोष्ट, एक लघुजलविद्युत् पूर्ण रुपमा बगरमा परिणत भएका छन्।

गाउँको कुनै पनि नामनिसाना देखिन्न। बैशाख १२ को भूकम्पपछि लाङटाङ क्षेत्रमा फसेका स्वदेशी र विदेशी गरी ३ सय जनाको हेलिकप्टरबाट दुई दिन लगाएर उद्धार गरिएको छ। विपदमा फसेका र जिवित भेटिएकाहरुको उद्धार गरिसकिएकोले शनिबारबाट हराइरहेकोहरुको खोजी कार्य सुरु गरिएको सहायक प्रमुख जिल्ला अधिकारी रिमालले बताए। 'भुकम्पबाट घाइते र विभिन्न स्थानमा फसेका जिवितहरुको उद्धार गरिसकिएको छ।

अब हराएका मानिसको खोजीमा हामी जुटेका छौं' रिमालले भने,'धेरै हराइरहेको भनिएको लाङटाङ क्षेत्रमा उद्धार टोली पुगिसकेको छ। टोलीले शनिबार ४८ वटा शव फेला पारेको छ।' रसुवामा भुकम्पमा परि लाङटाङको शनिबार फेला परेको ४८ शब सहित ३ सय ५२ जनाको मृत्यु भएको छ भने घाइते एक हजार रहेको छ। रसुवामा रहेको १० हजार घर मध्ये ९५ प्रतिशत घर बस्नै नहुने गरि क्षति भएको छ। अधिकांश घर भत्किएपछि जिल्लामा ३५ हजार भन्दा बढी घरवारविहीन भएका छन्।

दुर्गन्धले हाकुमा झाडापखाला फैलियो

एक साता अघिको महाभूकम्प पछि रसुवामा झाडापखाला फैलन थालेको छ। झाडापाखाला बाट ७ जना बिरामी परेका छन्। फोहोर र दुर्गन्ध बढ्दै जान थालेपछि उक्त गाउँमा झाडापखाला फैलिएको हो। झाडापखाला फैलिएपछि नेपाली सेनाको एक टोली हाकु गाउँमा पुगिसकेको छ। नेपाली सेनाका अनुसार फोहोर, दुषित खानेकुरा र पिउने पानीका कारण संक्रमण फैलिएको जनायो। दुई चार दिनमै झाडापखाला नियन्त्रणमा आउने सेनाले जनाएको छ।

भूकम्प पछि आएको पहिरोकै बिच त्यहाँका स्थानीय बसिरहेका छन्। यस्तै हाकु ८ र ९ मा भुकम्प पछि पहिरो गए पछि त्यहाँका तीन सय स्थानीय बिस्थापित भएका छन्। रसुवाको हाकु ८ को मैलुङ, गोगने र तिरुका तीन सय स्थानीय नुवाकोटको बेत्रावतीमा टेन्ट हालेर बसेका छन्। अब गाउँ जान सक्ने स्थिती छैन, हाकु ८ का कर्म तामाङले भने, माथीबाट पहिरो आईरहेछ कसरी जानु गाउँ। भुकम्पले गाउँमा धाजा फाँटेका छन्, हाकु गाउँ खण्डहर बनेको छ। हाकुका बिस्थापित स्थानीय गाउँ नर्फकर्ने गरी नुवाकोट बेत्रावतीमा आश्रयका लागि आएको बताए।

माथिल्लो त्रिशुली १ जलविद्युत् आयोजनाको कामका लागि आएका १ सय भन्दा बढि कामदार पहिरोमा पुरिएको हुन सक्ने अनुमान गरिएको छ। आयोजनामा काम गर्ने आउने ३० जना मात्र कपिलबस्तुका कामदार हराईरहेका छन् भने रोल्पा, दाङ,अर्घाखाँची लगायतको जिल्लाबाट आएका कामदार पनि हराईरहेका छन्। उद्धारका लागि खोजिकार्यमा गएका नेपाली सेना नारायण दलको १५ जनाको टोली भुकम्प गएको भोली पल्ट पुरिएको बताईएको छ।

भुकम्प गएको एक साता सम्म पुरिएकाहरुको शव उत्खनन् गर्ने नसकिएपछि उक्त क्षेत्रमा दुर्गन्ध सँगै महामारी फैलन थालेको छ। रसुवा मैलुङ गाउँमा मात्र २८ जनाको एकै चिहान भएको छ तर पुरिएकाहरुको उद्धार गर्ने नसक्दा दुर्गन्ध फैलन थालेको छ। भुकम्प सँगै आएको पहिरोले त्रिशुली १ जलविद्युत् आयोजाका लागि बनाईएको कोलनी पनि ध्वस्त छन्। सडक पुरै पहिरोले पुरिएको छ। उक्त क्षेत्रबाट पुरिएका शवहरुको तत्काल उत्खनन् नभए दुर्गन्ध सँगै महामारी फैलन सक्नेछ।

पानीको हाहाकार मच्चियो

भुकम्प सँगै आएको पहिरोका कारण मुहानमा पहिरो गएपछि नुवाकोटको सदरमुकाम विदुरमा एक साता देखि खानेपानीको हाहाकार मच्चिएको छ। नगरपालिकाका २० हजार स्थानीयले उपभोग गर्दै आएको खानेपानीको पाईप फट्नुका साथै पहिरोले खानेपानीको मुहान क्षतविक्षत बनाएपछि खानेपानी आपुर्ति बन्द छ। पिउने पानी नभएपछि बिरामी, बुढाबुढी , बालबालीकालाई समस्या भईरहेको छ। हाल बिकल्पका रुपमा सदरमुकाममा ट्याङ्करबाट पानी वितरण गरिरहेको विदुर खानेपानी उपभोक्ता समितीका सचिव हरिशरण गजुरेलले बताए।

हाल नगरपालिकाका स्थानीय खोलाको दुषित पानी पिउन बाध्ये भएका छन्। त्रिशुली बजारको पानीको स्रोत जलविद्युत् आयोजनाको नहर भएकाले नहर सुकेपछि बजारमा पनि समस्या रहेको छ।
अर्को समाचार
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
४ घण्टा अघि
•
१ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। आइतबार साँझ करिब ५:५० बजे रुकुम खलंगाबाट दुलीतर्फ जाँदै गरेको लु १ ज २१६० नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब १० देखि १५ मिटर तल खसेको हो। Yetiairlinescontenttopbanner दुर्घटनालगत्तै खटिएको प्रहरी टोलीले घाइते ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिम पठाएको थियो। तीमध्ये जीप चालक रुकुम पश्चिमकै मुसिकोट नगरपालिका-९ का करिब २८ वर्षीय भीम सिंह बुढामगरलाई साँझ ७:१० बजे चिकित्सकले जाँच गरी मृत घोषणा गरेका थिए।

दुर्घटनामा बाँफिकोट गाउँपालिका-८ दुलीकी करिब ३१ वर्षीया निर्मला के.सी., उनका करिब २ वर्षीय छोरा दिनेश के.सी., सोही स्थानकी करिब ३२ वर्षीया मनिषा बस्नेत र करिब ३६ वर्षीय कर्णबहादुर खत्री घाइते भएका छन्। घाइतेमध्ये निर्मला, मनिषा र कर्णबहादुरको अवस्था सामान्य छ भने दिनेशको अवस्था मध्यम रहेको छ।

यस्तै, सोही दुर्घटनामा मुसिकोट नगरपालिका-१० की करिब १८ वर्षीया जेनिशा वली घाइते भएकी छन्। उनको अवस्था मध्यम रहेको छ। जीपमा चालकसहित १० जना सवार रहेकोमा अन्य चार जना सकुशल छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस