काठमाडौं-वीर अस्पतालको ट्रमा सेन्टर। प्रांगणमा ठूलो चहलपहल छ। रातहत संकलन, वितरण र बिरामीको उपचारमा संलग्न युवाको स्वःस्फूर्त सहयोगले त्यहाँ पुगेका जोसुकैलाई नयाँ ऊर्जा दिन्छ। दिनरात सयौं युवा घाइतेको सहयोगमा लागिपरेका छन्।‘माथि बेडमा दुईजना भोलेन्टियर चाहियो,' एक युवा हतारिँदै भने, ‘को खाली छ?' तुरुन्तै दुईजना खडा भइहाले। उनीहरू जेनरल वार्डतिर लागे। कोही बिरामीको लागि आएको खाद्यान्न ट्रकबाट निकाल्दै थिए।
त्यही बेलामा महिलाको समूह आइपुग्यो। उनीहरू आमा अभियान नेपालमा कार्यरत रहेछन्। ‘हामी बिरामीलाई पौष्टिक आहार खुवाउन चाहन्छौं,' उनीहरूले भने, ‘तपाईहरूले संयोजन गरिदिनु पर्योा।'
‘ल्याउनुस् न, हामीले बिरामीसम्म पुर्या उने काम गर्छौं,' दिनरात स्वयंसेवामा खटिएका जुगल तन्डुकारले भने, ‘हामी सहयोग गर्नै बसेका छौं।' उनी भूकम्प आएको केही घन्टादेखि नै ट्रमा सेन्टरमा खटिएका छन्। उनी जस्ता सयौं युवा दिनरात त्यहाँ खटिएका छन्।
ट्रमा सेन्टरका प्रत्येक वार्ड र बेड अहिले भूकम्पमा परेका घाइतेले भरिभराउ छन्। धेरैसँग लुगाफाटा छैन। खानेकुराका अभाव उस्तै। कुरुवा पनि समस्यामा छन्। यिनै समस्या समाधान गर्न युवा लागिपरेका हुन्। उनीहरुले बिरामीसम्म लुगाफाटो, औषधी र खानेकुरा पुर्याहइरहेका छन्।
शनिबार दिउँसो एक्कासि भूकम्प जाँदा जुगल महाबौद्धको आफ्नै घरमा थिए। सहरै हल्लिन थालेपछि सुरक्षा खोज्दै वीर अस्पतालतिर आए। त्यही एकैछिन के ओत लागेका थिए घाइतेहरू एकपछि अर्को गर्दै आए। उनीहरू छटपटाइरहेका थिए। आफन्तहरू आत्तिरहेका।
त्यो देख्दा उनले मन थाम्न सकेनन्। घाइतलाई एम्बुलेन्सबाट निकालेर बेडसम्म पुर्याुउन सहयोग गरे। जुगल अहिलेसम्म त्यही काममा खटिइरहेका छन्। ‘ज्यान जोगाउन यहाँ छिरेको थिएँ,' उनले भने, ‘त्यसपछि म यहीँ खटिएँ।' उनी आउटरिच एड्भर्टाइजिङमा कार्यरत छन्।
उनीसँगै ट्रमा सेन्टर छिरेका अर्का युवा हुन्– सुदन गुरुङ। स्वयंसेवकका रुपमा ट्रमा सेन्टरमा पहिलो हात फैलाएका सुदन अहिले सहयोगको लागि गोरखा पुगेका छन्। सुदन ठमेलमा रहेको ओएमजी क्लबका डिजे। सुदन गोरखा गएपछि जुगलले ट्रमामा कार्यरत स्वयंसेवकको संयोजन गरिरहेका छन्।
सुदन र जुगलले स्वयंसेवकको रुपमा काम गर्न थालेपछि एक, दुई, तीन गर्दै स्वयंसेवकहरू थपिँदै गए। ‘एकपटक हामी ६ सयजनासम्म पुगेका थियौं,' जुगलले भने, ‘यहाँ धेरै भयो भनेर विभिन्न ठाउँमा बाँडिएर काम गरिरहेका छौं।' स्वःस्फूर्त आएका ती युवाले ठूलो राहतको काम गरेका छन्। सम्पर्क स्थान, संयोजन, घाइतेलाई सहयोग, राहत संकलन र त्यसको वितरण, विरामीको हेरचाह लगायतका काम रात दिन गरिरहेका छन्।
एकै ठाउँमा धेरै जम्मा भएपछि विभिन्न ठाउँमा स्वयंसेवक परिचालन गरेको जुगलले बताए। उनका अनुसार गोरखाका २० जनाको दुई समूह गइसकेको छ। उनीहरूले राहत सामग्री, औषधी जस्ता सामान लगेका छन्।
शनिबार अमेरिकन स्वयंसेवक बब विज्ली रसुवातिर लागेका छन् भने आइतबार २६ जनाको टोली नुवाकोट जाँदै छ। हरेक दिन स्वयंसेवकहरू ट्रमा सेन्टरमै थपिँदै गएपछि विभिन्न टोली बनाएर अतिप्रभावित जिल्लामा पठाइएको जुगलले बताए।
यी स्वयमसेवकले हरेक दिन उपत्यकाभित्रका विभिन्न ठाउँमा गएर सहयोग र राहत वितरण गरिरहेका छन्। ‘हामीले कुन ठाउँमा के आवश्यक छ, त्यो हेरेर टोली पठाएका छौं,' जुगलले भने।
स्वःस्फूर्त जम्मा भएका युवाले सहयोग गर्न चाहनेको राहत सामग्री समेत संकलन गरिरहेका छन्। प्रांगणमा पुराना लुगाको थुप्रो छ। बोटलबन्द पानी, खाद्यान्न पनि जम्मा भएको छ। तीन दिनदेखि स्वयंसेवकको रुपमा काम गरिरहेकी श्रद्धा सिंह लुगाफाटो संकलन र वितरण गरिहेकी थिइन्र।
‘काम लाग्ने पुराना लुगा यहाँ संकलन गरिहेका छौं,' श्रद्धाले भनिन्, ‘काम लाग्ने कपडा सहयोग गर्न चाहनेले यहाँ दिए हुन्छ।'
जुगल जस्तै भूकम्प आएपछि न्युरोडकी श्रद्धालाई पनि घरमा बस्न डर लाग्यो। सुरक्षित ठाउँ खोज्दै आउँदा उनले आफू जस्तै युवाले घाइतेको सेवा गरेको देखिन्। ‘मलाई पनि घाइतेको सेवा गर्नुपर्छ भन्ने लाग्यो,' उनले सुनाइन्, ‘तीन दिनदेखि यहाँ काम गरिरहेकी छु।'
अहिलेसम्म सयौंले लुगाफाटा सहयोग गरिरहेका छन्। शनिबार दिउँसोसम्म मात्र २८ जनाले कपडा दिएको रेकर्ड श्रद्धाले देखाइन्। जम्मा भएका लुगाफाटा आवश्यक परेका बिरामी र अन्यले प्रयोग गरिरहेका छन्। ‘भित्र बिरामीलाई कपडासमेत छैन। रक्ताम्य कपडा लाउन नहुने छन्,' श्रद्धाले भनिन्, ‘उहाँहरूले पनि यी कपडा प्रयोग गरिरहनुभएको छ।' हस्पिटलबाहेक विभिन्न जिल्लामा संकलित कपडा पठाइएको छ। काठमाडौंकै टुडिखेल, भक्तपुरलगायत ठाउँबाट आएका पीडितले यी कपडा प्रयोग गरिरहेको श्रद्धाले बताइन्।
चार दिनदेखि त्यहीँ खटिएकी छिन् कालिमाटीकी तृष्णा श्रेष्ठ। अस्पतालमा घाइतेहरूको छटपटी देख्दा उनलाई सहयोग गर्न मन जाग्यो। उनी जस्तै धेरै युवा त्यहाँ खटिएका थिए। ‘उनीहरू जस्तै मैले पनि सहयोग गर्नुपर्छ भन्ने लाग्यो,' तृष्णाले भनिन्, ‘अहिले धेरै युवाको खाँचो छ।' तृष्णासँग अन्य पाँचजना पनि त्यहीँ आएका थिए। उनीहरू बिहानदेखि बेलुकासम्म खटिरहेका छन्।
महाभूकम्पमा हजारौं घाइते भएका छन्। उपचार गराउन वीर अस्पतालको ट्रमा सेन्टरमा घाइतेको घुइँचो छ। हरेक वार्ड र बेड भरिभराउ छन्। यस्तो अवस्थामा स्वःस्फूर्त आएका युवाको सहयोगले उपचारमा ठूलो राहत पुगको वीर अस्पतालका निर्देशक डा. स्वयंप्रसाद पण्डितले बताए।