सोलुखुम्बु-महाभूकम्पपछि आएको हिमपहिरोमा परी सगरमाथा आधार शिविरमा मृत्यु भएका १८ जनाको शव फेला परेको छ । सोमबार निजी क्षेत्रका मनाङ र फिस्टेल एयरका हेलिकप्टरले आधार शिविर र आधार शिविर पहिलोबाट हिमपहिरोेमा पुरिएका ४ विदेशी र १४ नेपालीे गरी १८ जनाको शव आधार शिविरमा ल्याएको छ ।पुमोरी हिमालबाट आएको हिमपहिरोेमा पुरिएर उनीहरुको मृत्यु भएको हो ।हिमपहिरोेमा अझै बीसजना भन्दा बेपत्ता भएको हुनसक्ने आशंका छ । मृतकको पहिचान हुन नसकेको आधार शिविरमा रहेका पत्रकार आनफुला शेर्पाले जनाएका छन ।
आधार शिविरमा प्रहरी पुग्न नसकेकाले मृतकको मुचुल्का उठाएर सनाखत गर्ने काम हुन सकेको छैन । सगरमाथा आरोहणका लागि प्रस्थान गरेका १७ आरोेहण दलका १७० जनालाई हेलिकप्टरबाट पहिलो र दोसो आधार शिविरबाट उद्दार गरी ल्याइसकिएको छ ।
उद्दार गरेर ल्याइएका आरोहीहरु अहिले आधार शिविरमा अलपत्र परेका छन । तिनीहरुमध्ये विदेशी नागरिकको संख्या अधिक छ । अहिलेसम्म आधार शिविरमा उद्दारका लागि सेनाको हेलिकप्टर पुग्न सकेको छैन ।