काठमाडौं- सरकारले भूकम्पपीडितको उद्दार तथा राहत वितरण कार्यलाई प्रभावकारी बनाउन हटलाइन व्यवस्था गरेको छ । भग्नावशेषमा पुरिएका घटना, उद्दार कार्य र आवश्यक राहतका लागि सर्वसाधारणले १२३४ फोन गर्न सक्नेछन ।
मुख्य सचिव लीलामणि पौडेलले राजधानीमा आयोजित पत्रकार सम्मेलनमा उद्दार तथा राहत वितरणलाई चुस्त बनाउन हटलाइन व्यवस्था गरिएको बताए । यसैबीच सरकारले भूकम्पछि जनजीवन समान्य बन्दै भएको भन्दै सबै नागरिकलाई घर फर्कन आग्रह गरेको छ ।
मुख्यसचिव लीलामणि पौडेलले भूकम्पका झड्का कम हुँदै भएको र सबै नागरिक घर बाहिर बस्दा चोरीका घटनामा बृद्धि भएको भन्दै घर फर्कन आग्रह गरेका हुन् । मुख्य सचिव पौडेलले पुराना लता कपडा संकलन नगर्नसमेत आग्रह गरेका छन् । कसैलाई सहयोग गर्न मन भए सरकारले खोलेको बैंक खातामा रकम जम्मा गर्न सक्ने भन्दै पुराना लताकपडा संकलन नगर्न आग्रह गरेका हुन् ।