काठमाडौं-तरकारी, दुध किन्न पसल बन्द छन्। घरमा केही रासन भए पनि किचेनमा गएर पकाउन भूकम्पको त्रास छ। खाली चौर र सडकमा बाक्लो भिड छ। भूकम्प पीडितलाई खाना खुवाउने सरकारी संयन्त्र केही छैन। अधिकाँश होटल र रेष्टुराँ बन्द छन्।शनिवार गएको शक्तिशाली भूकम्पपछि पनि ३ दिनदेखि पसल खुलेका छैनन्। यो मौकामा १५ रुपैयाँ पर्ने चाउचाउ व्यापारीले ५० रुपैयाँसम्म असुलिरहेका छन्। सुन्धाराको लुम्बिनी तन्दुरी यो माहोलमा बृहस्पति जस्तै बनेको छ। जस्तोसुकै खतरामा पनि सधैँ पसल खोल्ने र मूल्य नबढाइ सेवा दिने।
आर्मीको मुख्यालयको चौर, दशरथ रंगराशाला, टँुडिखेल र खुलामञ्च क्षेत्रमा सेल्टर लिएर बसेका धेरैका लागि तीन दिनदेखि यो भरोसाको केन्द्र बनेको छ।
शनिवारको शक्तिशाली भूकम्पको ३ घण्टापछि पसल खोलेको नारायण पाण्डेले नागरिकन्युजलाई बताए। सबै पसल बन्द भएर सर्वसाधरण घुमिरहेको देखेर पसल खोलेको हुँ, उनले भने ।
शनिवार र आइतवार ठूलो भुकम्प गएपछि एक दुई घन्टा उनको पसल बन्द भयो । त्यसपछि हामी सधैँ दाल भात, रोटीदेखि चाउचाउसम्म पकाएर खुवाइरहेका छौं, उनले भने ।
भूकम्पको डर हामीलाई पनि छ, व्यापारका कारणले मात्र होइन किचेनमा स्टक भइञ्जेलसम्म खाना खुवाउन सकिन्छ भनेर आँटेको हो, उनले भने ।
अहिले विस्तारै किचेनको सामान सकिँदै गएको छ तर बजारमा अन्य पसलहरु खुलेका छैनन, यसले समस्या देखिन थालेको छ, उनले भने।
विहान र बेलुका गरेर ४ सय भन्दा बढी खाना खान आइरहेको उनले बताए।