काठमाडौँ-भूकम्पको कम्पनका कारण सर्वोच्च शिखर सगरमाथा क्षेत्रमा हिमपहिरो जाँदा १५ जना विदेशी पर्यटकको मृत्यु भएको छ ।संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुरेशमान श्रेष्ठले दिएको जानकारीअनुसार सगरमाथाको आधारशिविरतर्फ फर्कंदै गरेका पर्यटक हिमपहिरोमा परेका थिए।हिमपहिरोमा परेका पर्यटकको उद्धारका लागि लुक्लामा हेलिकप्टर तैनाथ गरी उद्धार कार्य भइरहेको सचिव श्रेष्ठले बताए।हेलिकप्टरबाट घाइते पर्यटकको उद्धार गरी काठमाडौँ ल्याउन र उद्धार कार्यलाई प्रभावकारी बनाउनका लागि पर्यटन मन्त्रालयका सचिव नेतृत्वको टोली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहानैदेखि खटिएको छ ।
पर्यटन विभाग, पर्वतारोहण शाखाका अनुसार हालसम्म हिमपहिरोमा परी ६१ जना घाइते भएको र उनीहरुलाई फिरिचेबाट लुक्लातर्फ ल्याउने काम भइरहेको छ ।सगरमाथा आरोहणका लागि ४२ वटा टोली त्यसतर्फ प्रस्थान गर्न प्रस्ताव गरिएका थिए , तीमध्ये कतिपय टोली बीच बाटोमै रहेको बताइएको छ ।
सगरमाथाको संवेदनशील मानिएको आइसफलको बाटो बन्द भएकाले धेरै पर्यटक फसेको आशङ्का गरिएको छ । सगरमाथाको बेस क्याम्पमा धेरै आरोही र सहयोगी शेर्पाहरु रहेका छन् । विभागबाट हालसम्म ५१० जनाले सगरमाथा आरोहणका लागि अनुमति लिएका छन् भने उनीहरुसँगै सहयोगी शेर्पा एक हजार बढी रहेको विभागले जनाएको छ । रासस