अर्काको जग्गा बेच्ने ७ जनालाई कैद र डेढ करोड जरिवाना
१० वैशाख २०७२
•
७ मिनेट पाठ
अर्काको जग्गा बेच्ने ७ जनालाई कैद र डेढ करोड जरिवाना
पोखरा-नक्कली कागजात तयार गरेर अर्कैको जग्गा बेचेको आरोप लागेका ७ जनालाई कास्की जिल्ला अदालतले कैद र डेढ करोड रुपैयाँ जरिवानाको फैसला गरेको छ ।अमेरिका बस्ने चितवनकी शान्ता राणाको पोखरा—६ लेकसाइडको जग्गा उनैलाई पत्तो नदिई बेची ठगेको आरोप लागेका ७ जनालाई ठगीको प्रकृतिअनुसार कम्तीमा २ महिनादेखि ६ वर्षसम्म कैदको फैसला अदालतले बिहीबार गरेको हो ।

आफू शान्ता राणा भएको नक्कली नागरिकतासहितका कागजात बनाएर ठगीमा संलग्न भएकी नुवाकोट ककनीकी आशामाया लामालाई सबैभन्दा बढी ६ वर्ष कैदसहित ५६ लाख ७८ हजार जरिवानाको फैसला भएको जानकारी कास्की अदालतका स्रेस्तेदार दीनबन्धु बरालले दिए ।

फैसला अनुसार सबै ठगहरुले तिर्नुपर्ने जरिवाना झन्डै १ करोड ६० लाख रुपैयाँ छ । आशामायाकी छोरी सुष्मालाई भने २ महिनाको कैद र १ लाख रुपैयाँ जरिवाना सुनाइएको छ । अदालतले रामचन्द्र भण्डारीलाई ३ वर्ष कैद र ३५ लाख ६६ हजार जरिवानाको फैसला सुनाएको छ । फैसला अनुसार ईश्वर कार्की र पीताम्बर भण्डारीले १/१ वर्ष कैदसहित रामचन्द्रकै जत्तिकै जरिवाना भुक्तानी गर्नुपर्ने भएको छ । त्यस्तै भोजराज भण्डारी र डिल्लीराम पौडेललाई ६ महिना कैद र ५ हजार रुपैयाँ जरिवानाको फैसला भएको छ ।

जिल्ला अदालतका न्यायाधीश पुरुषोत्तम प्रसाद ढकालको इजलासले त्यसरी अरुअरुको नाममा पुगेको जग्गा फेरि शान्ता राणाकै नामको ठहर्ने फैसला पनि गरेको छ । ठगीमा संलग्न भएको आरोप लागेका कास्की मालपोत र पोखरा उपमहानगर पालिकाका १४ कर्मचारीले सफाइ पाएका छन् ।

नगरपालिकाका कानुनी अधिकृत नारायण शर्मा र पोखरा—६ का तत्कालीन वडा सचिव भीमदेव शर्मासहितले सफाइ पाएका हुन् । सफाइ पाउनेमा राष्ट्रिय वाणिज्य वाणिज्य बैंकका कर्मचारी अनील खनालसहित जग्गा किनेका पोखरा—१२ की वविता कार्की, कास्की दाङसिङका चन्द्रबहादुर गुरुङ र पाल्पाका निर्मल गौतमले पनि सफाइ पाएका छन् । सफाइ पाउने अन्यमा शालिकराम ढकाल, तीर्थराम अर्याल, बुद्धिबहादुर कार्की, कर्णबहादुर थापा, केशवराज सुवेदी, लक्ष्मी पौडेल, लालुप्रसाद सुवेदी र लोकनाथ गिरी छन् ।

ठगीमा संलग्न रहेकी आशामाया र उनकी छोरी २ वर्षदेखि नै पुर्पक्षका लागि थुनामा छन् । काठमाडौंको कालिमाटीमा तरकारी बेच्दै आएकी आशामाया लामालाई ५ लाख रुपैयाँ दिने लोभ देखाएर गिरोहले शान्ता राणा बनाई प्रयोग गरेको थियो । उनले आफूलाई प्रयोग गर्नेहरुको नाम र फोन नम्बरसमेत बयानका क्रममा प्रहरीलाई दिएकी थिइन् । तर प्रहरीले उनीहरुलाई पक्रेन ।

गिरोहको योजनाअनुसार शान्ता राणाको जग्गा आशामायाबाट २०६८ असोज ५ गते वविता कार्कीका नाममा पास भएको थियो । उनको १४ आना जग्गा उनीहरुले कित्ताफोड गरी वविताबाट दाङसिङका चन्द्रबहादुर गुरुङ र पाल्पाका निर्मल गौतमलाई बिक्री गरेका थिए । ३ करोड रुपैयाँ पर्ने अनुमान गरिएको उक्त जग्गा किनबेचमा उनीहरुले डेढ करोड रुपैयाँको कारोबार गरेका थिए ।

२१ वर्षदेखि अमेरिका बस्दै आएका भरतपुर चितवनकी शान्ता राणा आफ्नो जग्गा सँधियारले मिचेको खबर सुनेर आउँदा जग्गै अर्काले बेचिसकेको थाहा पाएकी थिइन् । उनले बाबु मोहनबहादुर थापाबाट २०४३ सालमा उक्त जग्गा बकस पाएकी थिइन् । सोही वर्ष जग्गा बाबुबाट छोरीको नाममा आएको थियो ।

चितवन प्रशासनबाट ०४२ फागुन ५ गते शान्ता राणाले लिएको नागरिकताकै नम्बर (१९१७) मा नक्कली तयार गरेर ठगहरुले आशामाया लामालाई यो कारोबारमा संलग्न गराएका थिए । २०४६ सालअघिको लालपुर्जामा तस्बिर नहुने हुँदा जग्गा किनबेच गर्दा नगरपालिकाको सिफारिस चाहिन्छ । वडाको सर्जिमनसहित सिफारिसका लागि पनि गिरोहले नगरपालिकाका वडा सचिव र कानुनी अधिकृतलाई पनि झुक्याउन सफल भएको थियो । सबै कागजात दुरुस्तै देखेपछि लेखापढी व्यवसायी र मालपोत कर्मचारीसमेत फसेका थिए । उनीहरुको नियत खराब भएर उक्त कार्यमा संलग्न भएको पुष्टि हुन नसकेको अदालतको ठहर छ ।

शान्ता राणाको जग्गा अर्कैले बेचेको घटना भएको २ वर्षपछि पोखरामा फेरि त्यस्तै अर्का घटनासमेत भएको थियो । स्याङ्जा जगत भन्ज्याङका रंगप्रसाद श्रेष्ठको पोखरा—८ जाल्पारोडको ११ आना जग्गा अर्कैले बेचिदिएका थिए । उक्त ठगी काण्डमा पनि रंगप्रसाद बनाइएका कृष्णबहादुर श्रेष्ठ पुर्पक्षका लागि थुनामा छन् । मुख्य अभियुक्तहरुलाई पक्रन कास्की प्रहरीले चासो दिएको छैन । दुई महिनामात्रै पनि पोखरा —१७ मा रहेको अर्कैको जग्गालाई आफ्नो बनाउने प्रयास गरेको आरोपमा रामेछापका गंगा कार्की र उनका छोरा टेकबहादुर प्रहरी फन्दामा परेका छन् ।
अर्को समाचार
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
५ घण्टा अघि
•
१ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। आइतबार साँझ करिब ५:५० बजे रुकुम खलंगाबाट दुलीतर्फ जाँदै गरेको लु १ ज २१६० नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब १० देखि १५ मिटर तल खसेको हो। Yetiairlinescontenttopbanner दुर्घटनालगत्तै खटिएको प्रहरी टोलीले घाइते ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिम पठाएको थियो। तीमध्ये जीप चालक रुकुम पश्चिमकै मुसिकोट नगरपालिका-९ का करिब २८ वर्षीय भीम सिंह बुढामगरलाई साँझ ७:१० बजे चिकित्सकले जाँच गरी मृत घोषणा गरेका थिए।

दुर्घटनामा बाँफिकोट गाउँपालिका-८ दुलीकी करिब ३१ वर्षीया निर्मला के.सी., उनका करिब २ वर्षीय छोरा दिनेश के.सी., सोही स्थानकी करिब ३२ वर्षीया मनिषा बस्नेत र करिब ३६ वर्षीय कर्णबहादुर खत्री घाइते भएका छन्। घाइतेमध्ये निर्मला, मनिषा र कर्णबहादुरको अवस्था सामान्य छ भने दिनेशको अवस्था मध्यम रहेको छ।

यस्तै, सोही दुर्घटनामा मुसिकोट नगरपालिका-१० की करिब १८ वर्षीया जेनिशा वली घाइते भएकी छन्। उनको अवस्था मध्यम रहेको छ। जीपमा चालकसहित १० जना सवार रहेकोमा अन्य चार जना सकुशल छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस