मनोज अधिकारी, पोखरा, मंसिर २९- कास्कीकोटबाट पोखरा आउँदै गरेको यात्रुबस आज बिहान सराङ्कोटमा दुर्घटनाग्रस्त हुँदा ११ को मृत्यु भएको छ। अन्य ३५ जना घाइते भएका छन्। घाइतेमध्ये १३ जनाको अवस्था गम्भीर छ। जिल्ला प्रहरीका प्रवक्ता प्रहरी निरीक्षक विश्वराज अधिकारीकाअनुसार घटनास्थलमा ४ पुरुष र ३ महिलाको मृत्युभएको छ।
मृतकमध्ये दुईजनाको मात्र सनाखत भएको छ।
सराङ्कोट-५ का आन्दाजी ५५ वर्षिय कपिलमणी तिमल्सिना र कास्कीकोट-७ का कृष्णबहादुर थापाको सनाखत भएको अधिकारीले बताए। घटनास्थलमा अचेत अवस्थाका अझै केही घाइते रहेको खबर आएकाले मृतकको संख्या बढ्न सक्ने उनले बताए।
क्षमताभन्दा बढी यात्रु बाकेको ना.३ ख ६२८६ बस बिहान पौने १० बजे सराङ्कोटको ढोलढुंगेस्थित साँघुरो सडकबाट करिब ५० मिटर तल खोल्सामा खसेको थियो।
दुर्घटनालगत्तै स्थानीयबासी, प्रहरी र प्याराग्लाईडिङ गर्न गएका पर्यटकले घाइतेको उद्वार गरेका थिए।
घाइतेहरुको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, मणिपाल शिक्षण अस्पताल र चरक अस्पतालमा उपचार भईरहेको छ। प्रहरी प्रवक्ताकाअनुसार पश्चिमाञ्चलमा २४ जना, मणिपालमा १० र चरक अस्पतालमा एकजनाको उपचार भईरहेको छ।