काठमाडौं– प्याब्सन अध्यक्ष लक्ष्यबहादुर केसीले निजी विद्यालयले सरकारी स्कुललेभन्दा कम शुल्कमा अध्ययन गराइरहेको दाबी गरेका छन्। राज्यले करोडौं रुपैंया लगानी गरेका सामुदायिक विद्यालयको परिणाम शून्य भएको आरोप लगाउँदै उनले शिक्षा क्षेत्रलाई सन्तुलित रुपमा अघि बढाउन पब्लिक प्राइभेट पार्टनरसीपमा जानुपर्ने तर्क गरेका छन्।नागरिकन्युज डट कमको 'नागरिक शो' का लागि बिलम गौतमसँग कुराकानी गर्दै केसीले राज्यले एकोहोरो रुपमा लगानी गरेको सामुदायिक विद्यालयको नजिता शून्य हुँदा निजी विद्यालयले राम्रो परिणाम ल्याउन सकेको दाबी गरे। केही औंलामा गन्न सक्ने निजी विद्यालयले आफ्नो लगानी उठाउन सकेको अध्यक्ष केसीले बताए।
केही औंलामा गन्न सकिने विद्यालयले कमाएका छन्', उनले भने, 'राज्यले बढाएको १८ प्रतिशतको तलब वृद्धिको असर संस्थागत विद्यालयमा पनि पर्छ । त्यसैले शुल्य बढाउनु परेको हो।'
नागरिक शो हेर्नुहोस्
केही औंलामा गन्न सकिने विद्यालयले कमाएका छन्', उनले भने, 'राज्यले बढाएको १८ प्रतिशतको तलब वृद्धिको असर संस्थागत विद्यालयमा पनि पर्छ । त्यसैले शुल्य बढाउनु परेको हो।'
नागरिक शो हेर्नुहोस्