काठमाडौं– धेरै दिनदेखि नउठेको फोहरको थुप्रो छिमेकमा देख्नुभा छ ? या कसैले तपाईंको घरअगाडि कसैले फोहर मिल्काएको छ? यस्तो दृश्य तुरुन्तै आफ्नो एनड्रोइड फोनमा कैद गर्नुस् । त्यसपछि 'क्लिन केटिएम' नामक एप्सबाट पठाउनुस्, समस्याको समाधान २४ घन्टाभित्र हुनेछ।
एन्ड्रोइड अपरेटिङ सिस्टम भएका स्मार्ट फोनबाट यसरी काठमाडौं महानगरपालिकालाई गुनासो गर्न सकिनेछ । र, यसको समाधान टेलिफोनबाट भन्दा पनि प्रभावकारी हुने महानगरपालिकाको दाबी छ । हाल मासिक १० देखि १५ वटा गुनासो टेलिफोनमा फोहरको आउने भए पनि कतिपय झुटा र फोहर रहेको ठाउँ पत्ता लगाउन गाह्रो हुने गरेको महानगरपालिका वातावरण महाशाखा प्रमुख रविनमान श्रेष्ठले जानकारी दिए । बागमती सफाइको सय हप्ता पुगेको शनिबारका दिन मुख्य सचिव लीलामणि पौड्यालले यस्तो एप्स सार्वजनिक गरेका थिए ।
'एप्स खोल्नुस् । त्यो मिश्रित हो कि डिग्रिडेबल वा नन डिग्रिडेबल । तीनमध्ये एक विधा छान्नुस् । फोटो छान्नुस्,' उनले एप्सको विशेषता सुनाए, 'त्यसपछि गुगल नक्सा (जिपिएस अन गरेपछि) को ठेगाना जोडिन्छ । अनि, त्यसबारे टिप्पणी लेखेपछि सेन्ड रिपोर्ट बटन चापेपछि इन्टरनेटको मद्दतले गुनासो हामीकहाँ आउँछ ।'
महानगरले सहर सफा बनाउनका लागि यस्तो एप्स सार्वजनिक गरेको जनाएको छ । 'गुनासो आएपछि हामीले फोहर उठाउन सुपरभाइजरलाई खबर गर्छौं,' उनले भने, 'उसले २४ घन्टाभित्र फोहर लिन गाडी पठाउँछ ।'
श्रेष्ठका अनुसार मुख्य सचिव पौड्यालले प्रविधिमा आधारित गुनासो टिपाउने व्यवस्था गर्न दुई महिनाअघि दिएको निर्देशन कार्यान्वयन भएको हो । 'मुख्य सचिवज्यूले भनेअनुसार एप्स तयार ग¥यौं,' उनले भने, 'अब त्यसपछि इन्टरनेटबिना प्रयोग गर्न सकिनेतिर मुख्यसचिवज्यूले आग्रह गर्नुभयो । त्यसका लागि हामीले एसएमएसबाट गुनासो आउने गरी तयारी गरिरहेका छौं ।' यसका लागि नेपाल टेलिकमसँग कुरा भइरहेको उनले जानकारी दिए ।
कसैले सार्वजनिक ठाउँमा फोहर फालेको देखिन्छ भने त्यसको फोटोसहित सार्वजनिक भए महानगरले कारबाही पनि गर्ने उनले जानकारी दिए । 'फोहरमैला व्यवस्थापन ऐनअनुसार हामी कारबाही प्रक्रियाबाट जरिवाना पनि तिराउँछौं,' उनले भने । महानगरपालिकाले करिब डेढ लाख रुपैयाँ लगानीमा यो एप्स तयार गरिएको जनाएको छ ।
४ सय बिन वितरण
घरबाट निस्कने फोहरलाई स्रोतमै व्यवस्थापनका लागि युरोपियन युनियनले ४ सय वटा बिन बाँडेको छ । काठमाडौं महानगरपालिका वडा १९ मा सञ्चालित युनियन र महानगरपालिकाको कार्यक्रमअनुसार ४ सय परिवारलाई निःशुल्क बिन दिइएको हो ।
'यो फोहर व्यवस्थापनको पहिलो प्रयास हो । यसले परिवारलाई आफ्नै घरबाट निस्कने फोहर व्यवस्थापनको राम्रो उपाय आउनेछ,' महानगरपालिका वातावरण महाशाखा प्रमुख रविनमान श्रेष्ठले नागरिकसँग भने, 'कुहिने र नकुहिने फोहर छुट्ट्याएर घरमै व्यवस्थापन गर्न सके फोहर व्यवस्थापन निकै सहज हुन्छ ।'
कुहिने फोहरलाई मलका रुपमा र नकुहिनेलाई मात्र फाल्न सके करिब ५० प्रतिशत फोहर कम हुने उनले जानकारी दिए । युनियनले यसअघि वडा ७ र ८ मा बिन बाँडिसकेको छ । युनियन पदाधिकारीले बाँड्नुअघि १९ वडामा सञ्चालित कार्यक्रम पनि निरीक्षण गरेका थिए ।