काठमाडौं-बागमती सफाइको एक सय हप्ता पुगेको शनिबार सफाइ कार्यक्रममा तिलगंगा पुगेका एक ज्येष्ठ नागरिकलाई ‘बागमतीको पानी फेरि डुब्न र पिउन मिल्ने हुन्छ' भन्ने आस छ।‘रामेछापबाट २०१२ सालमा काठमाडौं आउँदा बागमतीमा डुब्थ्यौं र पानी खान्थ्यौं, त्यसपछि मात्र पशुपति दर्शन गर्थ्यौं,' कोटेश्वरका ८४ वर्षीय गोविन्दचन्द्र श्रेष्ठले सुनाए, ‘बस्ती बढ्दै गयो। बागमती साँघुरियो। फोहर भयो।'
‘बढेको बस्तीको फोहर यहीँ फाल्न थालियो,' बागमती किनारमा मानव साङ्लो बनाउन पुगेकालाई उनले भने, ‘अब त सफा हुन्छ कि भन्ने आशा पलाएको छ।'
शनिबार सुन्दरीजलदेखि चोभारसम्म नदी किनारमा मानव साङ्लो निर्माणमा प्रधानमन्त्री, प्रधानन्यायाधीश, मन्त्री, सरकारी कर्मचारी, संस्थाका प्रतिनिधि, विदेशी कूटनीतिज्ञ, सर्वसाधारणसहित करिब सवा लाख मानिस सहभागी भएको मुख्य सचिव लीलामणि पौड्यालले जानकारी दिए। ‘हामीले त मात्र ६० हजार सहभागी हुने अनुमान गरेका थियौं,' उनले भने, ‘उपस्थितिले निकै ऊर्जा दिएको छ।'
शनिबारको कार्यक्रममा पुगेका प्रधानमन्त्री सुशील कोइरालाले बागमती सफाइ साझा अभियान हुनुपर्ने बताए। ‘प्रकृतिको धनी देश भएकालाई त्यहाँ माथि हाम्रा नदीनालालाई सधैं सफा राख्नुपर्छ,' उनले भने, ‘बागमती सफा हुँदैछ। देशमा विकास पनि रोकिँदैन। बागमती हाम्रो सम्पत्ति हो।'
बिहान साङ्लो निर्माण गराए पनि उनीहरुले बागमती किनारका फोहर पनि सफा गरेका थिए। शान्तिनगर क्षेत्रमा रहेका वातावरण संरक्षणकर्मी कुमार पौडेलले बागमती सफा भएरै छाड्ने बताए। ‘सुरुको अवस्थादेखि नै यो काममा रुचि लागिरहेको छ,' उनले नागरिकसँग भने, ‘सर्वसाधारणमा उत्साह, आशा र जाँगर थलिएको छ। त्यसैले यो सम्भव छ।'
काठमाडौंबासीको सोच सफा भएरै यस्तो भएको उनले बताए। ‘सोचाइ नै सफाइ भएपछि बागमती सफा हुन समय लाग्दैन,' उनले भने, ‘आजको मानव साङ्लो निकै उत्साहजनक छ।'
बागमती सफाइ अभियान सुरु भएदेखि सहभागी रहेको बताउने परिवर्तन हामी नामक संस्थाका महासचिव भोलानाथ पौडेलले मन्दिरमा दर्शन गर्न भन्दा पनि बागमती सफाइ गर्दा धर्म हुने भाव सर्वसाधारणमा जाग्न थालेको बताए। ‘भावी पुस्ताको कामना, स्वच्छ बागमती हेर्ने चाहना' नारा ढाडमा टाँसेका उनले बागमती सफा भइरहेको बताए।
गुह्येश्वरी मन्दिर क्षेत्रमा रहेका काठमाडौं महानगरपालिकाका शाखा अधिकृत सुमन अधिकारीले सर्वसाधाणको उत्साहजनक सहभागिता रहेको बताए। सो क्षेत्रमा महानगरपालिका वडा ४, ७ र २९ का करिब एक हजार मानिस पुग्ने अनुमान भए पनि छ हजार जना पुगेको उनले बताए।
बिहान सुरुमा हातेमालो गरेर मानव साङ्लो निर्माण गरे पनि सर्वसाधारणले बागमती सफाइ गरेका थिए। नदी किनारमा फालिएका प्लास्टिकका टुक्रादेखि फोहरका थुप्रासमेत उनीहरुले उठाएका थिए। संकलित फोहर महानगरपालिकाले उठाएको थियो।
सरकारले बागमतीलाई सुन्दरीजल–गोकर्ण, गोकर्ण–जम्बोडाँडा, जम्बोडाँडा–गुह्येश्वरी, तिलगंगा–मनोहरा, मनोहरा–थापाथली, थापाथली–बल्खु र बल्खु–चोभार खण्डमा विभाजित गरेर सर्वसाधारण जुटाएको थियो। २०७० जेठ ५ बाट यो अभियानले महाअभियानको रुप लिएको थियो। यसैबीच, उपत्यकाबाहिर गोरखा, पोखरा, बाजुरा, चितवन, झापा, वुटवल, नवलपरासी लगायत अन्य स्थानमा पनि नदी सफाइ भइरहेको सरकारले जनाएको छ।
बागमतीमा नेताहरु
शनिबार विभिन्न राजनीतिक दलका नेताहरु पनि बागमती सफाइमा सहभागी भए। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली थापाथली क्षेत्र पुगेका थिए। बागमती नदी नेपालको सभ्यता भएकाले त्यसको संरक्षणमा प्रतिबद्ध भएर सारा नेपाली लाग्नुपर्ने उनले बताएका थिए। नेपालको सभ्यता बागमतीसँग गाँसिएको बताउँदै उनले सफाइ अभियानलाई निरन्तरता दिनसमेत आग्रह गरे।
त्यस्तै, बागमती सफाइ महाअभियान सहभागी हुन तीनकुने पुगेका एकीकृत नेकपा (माओवादी) अध्यक्ष पुष्पकमल दाहालले अभियानमा लागेकालाई हौसला प्रदान गरेका थिए। नेता बाबुराम भट्टराई पनि सोही स्थानमा सहभागी थिए। दाहालले बागमतीमा फोहर नफाल्न र अब उप्रान्त त्यसको पवित्रता र स्वच्छता कायम गर्न शनिबारको उत्साहजनक सहभागिताले सबैलाई प्रेरणा मिलेको बताए।
थापाथली क्षेत्रमा नेपाली कांग्रेसका प्रमुख सचेतक चीनकाजी श्रेष्ठ, एमालेका मुख्य सचेतक अग्नि खरेल, एमाओवादीका प्रमुख सचेतक गिरिराजमणि पोखरेल पनि पुगेका थिए।
सभामुख पनि बागमतीमा
संविधानसभा अध्यक्ष सुवास नेम्वाङले आन्दोलनकारी शक्ति र सरकारको नेतृत्व गरेका राजनीतिक दल बागमती सफाइ महाअभियानमा सहभागी भएर देखाएको ऐक्यबद्धता संविधान निर्माणमा समेत कायम हुनुपर्ने बताए। सरसफाइमा लागेकालाई हौस्याउन कुपण्डोल पुगेका नेम्वाङले बाग्मती सफा गर्न निर्मित मानव साङ्लो जस्तै संविधान निर्माणका लागि दललाई पनि एकजुट हुन आग्रह गरे। ‘आज जसरी मानव साङ्लो बनेको छ, त्यो सिंहदरबार र संविधानसभा भवनबाट टाढा छैन, यो एकताको सन्देश संविधान लेखनका लागि पनि बनाउन म सबै राजनीतिक दललाई आग्रह गर्दछु,' उनले भने।