ललितपुर-आज बिहान कार्यविनायक नगरपालिका–२ फुलबारी मार्गस्थित गाई फार्ममा आज आगलागी हुँदा २७ लाखबराबरको क्षति भएको छ।आज लागेको आगोले तीनवटा गाई जलेर मरेका छन्। १२ वटा गाई र भैँसी जलेर घाइते भएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रहरी प्रवक्ता किसनसिंह थापाले जानकारी दिए।
आगो निभाउन जाँदा गाई फार्म सञ्चालक नरिराम घर्ती सामान्य घाइते भएका छन्। आगलागीमा परी घर्तीको सुन, भाँडाकुँडा, लत्ताकपडा, अन्नपात, फर्निचरका सामान र गाईभैँसी गरी रु २७ लाखको धनमाल जलेर नस्ट भएको छ।
करिब एक घन्टाको समयपछि आगोलाई पूर्ण रुपमा नियन्त्रणमा लिए पनि आगो के कारणले लागेको हो भन्ने जानकारी प्राप्त भएको छैन। घटनाको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाकारी दिएको छ। रासस