प्राथमिक तहमा विद्यार्थी अभाव
२६ चैत्र २०७१
•
७ मिनेट पाठ
प्राथमिक तहमा विद्यार्थी अभाव
इलाम-नयाँ शैक्षिक सत्र सुरु हुनै लाग्दा इलामका झन्डै ५० प्राथमिक विद्यालय चल्ने–नचल्ने दोसाँधमा छन्। वैज्ञानिक नक्सांकनबिनै स्थापित सामुदायिक विद्यालयमा विद्यार्थीसंख्या घटेपछि अन्योल निम्तिएको हो। कतिपय विद्यालयमा शिक्षकभन्दा विद्यार्थीको संख्या थोरै छ।विद्यार्थीसंख्या न्यून रहे पनि त्यस्ता विद्यालयमा दरबन्दीबमोजिमका शिक्षकशिक्षिका कार्यरतै छन्। विद्यार्थी चाप धेरै भएका विद्यालयमा भने दरबन्दीअनुरुप शिक्षकशिक्षिका नहुँदा पठनपाठन प्रभावित छ। विद्यार्थी अभावमा विद्यालय गाभ्ने क्रमले यसवर्ष अझै निरन्तरता पाउने जिल्ला शिक्षा कार्यालयले जनाएको छ। सीमावर्ती क्षेत्रका सहित ४८ प्राथमिक विद्यालयमा विद्यार्थी भर्नादर स्वात्तै घटेको छ।  
 शिक्षा नियमावलीले प्राथमिक तहमा एक शिक्षकबराबर ४५ विद्यार्थी हुनुपर्ने मापदण्ड राखे पनि व्यवहारमा त्यस्तो नभएको कार्यालयले जनाएको छ। वैशाखदेखि सुरु हुने नयाँ शैक्षिक सत्रमा ती विद्यालयमा नयाँ विद्यार्थी भर्नादर मूल्यांकन गरेर कुनलाई कुनमा गाभ्ने निर्क्योल गरिनेछ। विद्यार्थी अभावकै कारण तीन वर्षभित्र १८ प्रावि समायोजन भइसकेका छन्।
 ‘इलाममा विद्यार्थीसंख्या घट्दै जाँदा १८ प्रावि समायोजन भइसकेका छन्, अझै त्यस्तो अवस्थामा पुगेका ४८ जति छन्,' जिल्ला शिक्षा अधिकारी टंकप्रसाद गौतम भन्छन्, ‘जुनजुन विद्यालयमा थोरै विद्यार्थी हुन्छन्, त्यस्तालाई नजिकैको अर्को विद्यालयमा गाभेर आर्थिक भार कटौती गर्ने सरकारको नीति छ।' माबु, जमुना, जोगमाई, गोर्खे, पशुपतिनगर, श्रीअन्तु आदि गाविसका प्राविमा विद्यार्थी न्यून छन्।
 विद्यार्थी घट्नुमा जन्मदर कम हुनु, बोर्डिङ स्कुलको आकर्षण बढ्नु, सीमापारि पढ्न जानु र अंग्रेजी माध्यमका स्कुल खुल्नु प्रमुख कारण छन्। जिशिअ गौतमका अनुसार सूर्योदय नगरपालिकाको पञ्चकन्यास्थित भवानी प्राविमा पाँच विद्यार्थी पढाउन तीन शिक्षक कार्यरत छन्। सोही नगरपालिकाको फिक्कलस्थित आहालेको कृष्ण प्राविमा सात विद्यार्थीलाई चार शिक्षकले पढाउँदैछन्। १० भन्दा कम विद्यार्थी हुने विद्यालय सातवटा छन्।
 माबुको सूर्योदय प्राविमा आधा दर्जन मात्रै विद्यार्थी छन्। नजिकै कालपोखरी बजार भए पनि त्यहाँका अधिकतर विद्यार्थी दार्जिलिङ–रिम्बिकका स्कुल पढ्छन्। भर्ना भएका विद्यार्थीसमेत कक्षा लिन नियमित आउँदैनन्। माइमझुवाको लालीगुराँस प्राविमा आधा दर्जन विद्यार्थी छन्, शिक्षक एक जना। शिक्षक आएका दिन सबै विद्यार्थी हुँदैनन्। सबै विद्यार्थी आउँदा शिक्षक भेटिँदैनन्। उक्त विद्यालय सधैं सुनसानै देखिन्छ।
 जमुनाको राष्ट्रिय प्राविको अवस्था उस्तै छ। छेवैको जौबारीका बासिन्दालाई लक्षित गरी खुलेको विद्यालयमा अहिले सात मात्रै विद्यार्थी छन्। उनीहरूलाई एकै जना शिक्षक पासाङछिरिङ शेर्पाले पढाइरहेका हुन्छन्। दुई दर्जनजति घर रहेको जौबारी बजारका दर्जनौं बालबालिका भने सीमापारिका विद्यालय पढ्छन्।
 मेघ्मामा सञ्चालित सरस्वती प्राविमा समेत विद्यार्थी थोरै छन्। विदेशी पर्यटक हिँडिरहने मेघ्माको उक्त विद्यालय कुनै बेला नमुना भए पनि विद्यार्थी घटेर अहिले जेनतेन चलिरहेको छ। गाउँकै विद्यार्थीलाई मेघ्माका घरमा ‘पेइङ–गेस्ट' राख्ने गरिएको छ। कुनै बेला त्यहाँ ५० भन्दा धेरै विद्यार्थी थिए। शिक्षा नियमावलीले ४५ विद्यार्थीबराबर एक शिक्षक भने पनि इलाममा २३ विद्यार्थी हुँदा पनि एक शिक्षक अनुमति दिइँदै आएको छ।
 पशुपतिनगरस्थित अर्थेटारको महेन्द्र प्राविमा २५ विद्यार्थी मात्रै छन्। नजिकैको बाघबिरेमा सञ्चालित महेन्द्ररत्न प्राविमा पनि विद्यार्थी नगण्य छन्। श्रीअन्तुको कञ्चनजंघा र सूर्योदय प्राविमा पनि थोरै विद्यार्थीकै कारण पठनपाठन सोचेजस्तो राम्रो छैन। पठनपाठनको गुणस्तर र सेवासुविधा न्यून हुनाले सरकारी विद्यालयप्रति सबैतिर आकर्षण घटिरहेका बेला सीमावर्ती विद्यालयमा त्यो क्रम अझ बढेको हो।
 ‘दुई–चार घर बन्यो कि विकास खोजिहाल्ने प्रवृत्ति नरोकिँदा सीमावर्ती धेरै विद्यालयमा ताला झुन्डिने अवस्था छ,' विद्यालय स्रोतव्यक्ति सुदर्शन खतिवडा भन्छन्, ‘वैज्ञानिक नक्सांकनबिनै र दीर्घकालीन आवश्यकता पहिचान नगरी खोलिएका थुप्रै विद्यालय गाभिने अवस्थामा छन्।' इलाममा सामुदायिक विद्यालयको प्राथमिक तहमा विद्यार्थी अभाव भइरहे पनि संस्थागत विद्यालय खुल्ने क्रम जारी छ।
अर्को समाचार
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
६ घण्टा अघि
•
१ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। आइतबार साँझ करिब ५:५० बजे रुकुम खलंगाबाट दुलीतर्फ जाँदै गरेको लु १ ज २१६० नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब १० देखि १५ मिटर तल खसेको हो। Yetiairlinescontenttopbanner दुर्घटनालगत्तै खटिएको प्रहरी टोलीले घाइते ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिम पठाएको थियो। तीमध्ये जीप चालक रुकुम पश्चिमकै मुसिकोट नगरपालिका-९ का करिब २८ वर्षीय भीम सिंह बुढामगरलाई साँझ ७:१० बजे चिकित्सकले जाँच गरी मृत घोषणा गरेका थिए।

दुर्घटनामा बाँफिकोट गाउँपालिका-८ दुलीकी करिब ३१ वर्षीया निर्मला के.सी., उनका करिब २ वर्षीय छोरा दिनेश के.सी., सोही स्थानकी करिब ३२ वर्षीया मनिषा बस्नेत र करिब ३६ वर्षीय कर्णबहादुर खत्री घाइते भएका छन्। घाइतेमध्ये निर्मला, मनिषा र कर्णबहादुरको अवस्था सामान्य छ भने दिनेशको अवस्था मध्यम रहेको छ।

यस्तै, सोही दुर्घटनामा मुसिकोट नगरपालिका-१० की करिब १८ वर्षीया जेनिशा वली घाइते भएकी छन्। उनको अवस्था मध्यम रहेको छ। जीपमा चालकसहित १० जना सवार रहेकोमा अन्य चार जना सकुशल छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस