झापा– विपक्षी ३० दलीय मोर्चाले गरेको मङ्गलबारको बन्दका क्रममा पक्राउ परेका ८ जना नेता कार्यकर्ता रिहाइ लगायतका ३ बुँदे माग पूरा भएपछि झापा जिल्ला बन्द फिर्ता भएको छ।
संवाद समूहको सचिवालयको संयोजनमा जिल्ला प्रशासन कार्यालयमा भएको वार्तापछि तीनबुँदे सहमति भएको हो। सहमतिअनुसार मङ्गलबार र आज बिहान पक्राउ परेका एमाओवादीसहित ३० दलीय गठबन्धनका सबै कार्यकर्तालाई रिहाइ गरिने, आमहडतालका सन्दर्भमा झापाका विभिन्न स्थानमा बन्दकर्ताद्वारा भएका घटनालाई आन्दोलनरत पक्षले आत्मसमीक्षासहित अबका दिनमा बन्दहडताललगायत कार्यक्रमलाई शान्तिपूर्ण, मर्यादित र व्यवस्थित बनाइने, बन्दका समयमा भएका सरकारी तथा सर्वसाधारण जनताका भौतिक सम्पत्तिमा पुग्न गएको क्षतिप्रति समेत आत्मसमीक्षा गर्दै अबका दिनमा त्यस्ता घटना दोहोरिन दिइने छैन ।
बन्दकर्ताले भारतको आज बिहान खर्साङबाट धरान जाँदै गरेको डब्ल्यूबी ७४ बी ९५९५ नम्बरको भारतीय भाडाको जीपलाई पूर्वपश्चिम राजमार्गको देउनिया पुल नजिकै आगजनी गरेका थिए।
मंगलबारको बन्द तथा प्रदर्शनका क्रममा पक्राउ परेकी एमाओवादी झापा इन्चार्ज धर्मशीला चापागाईं, झलक सिंह दर्लामीलगायत मोर्चासम्बद्ध आठै जना नेताको रिहाई नभएसम्म बन्द जारी राख्ने बन्दकर्ताहरुले बताएका थिए।