पोखरा- अत्यधिक गिट्टीबालुवा उत्खनन गर्दा गहिरिएको सेती नदीको रामघाट क्षेत्रमा सतह उकास्न थालिएको छ। जिल्ला विकास समिति कास्की र स्थानीय उपभोक्ताको पहलमा नदी संरक्षण गर्न सुरु गरिएको हो। कटान गरेको पूर्वी भित्तातिर तारजाली लगाउन नदीको धार परिवर्तन गर्न सुरु गरिएको जानकारी रामघाट उपभोक्ता संरक्षण समितिकी अध्यक्ष इश्वरी वैरागीले दिइन्।गएको सातामात्रै नदी संरक्षण गर्न जिविसले उपभोक्ता समितिसँग सम्झौता गरेको हो। '३६ लाख रुपैयाँ खर्च गर्ने गरी काम सुरु गरेका हौं,' जिविसका योजना अधिकृत कीर्तन अधिकारीले नागरिकसँग भने, 'केही जिविसले र केही उपभोक्ता समितिले खर्च गर्दैछ।' सेती नदी रामघाटमा फैलिएको भए पनि यसको निकास साँघुरो छ। त्यही साँघुरो ठाउँमा बाँध बाँधेर रामघाटमा नदीको सतह माथि ल्याइएको जिल्ला प्राविधिक कार्यालयका प्रमुख तथा इन्जिनियर नारायण श्रेष्ठले जानकारी दिए। 'नदी संरक्षणका लागि मात्रै जिविसले १३ लाख रुपैयाँ बजेट छुट्याएको छ,' उनले भने, 'अहिले नदीको धार परिवर्तन गर्दैछौं। वैशाख पहिलो सातादेखि नै बाँधको काम सुरु हुन्छ।'
नदी निकास हुने ठाउँमा यो आर्थिक वर्षभित्रै डेढ मिटर अग्लो बाँध बनाइने जानकारी श्रेष्ठले दिए। उनका अनुसार बर्सेनि त्यसलाई अग्लो पार्दै लैजाने योजना छ। बाँध बनाएपछि रामघाटको नदी फैलने ठाउँमा ढुंगागिट्टी र बालुवा थुप्रिएर सतह उकासिने उनले बताए।
उपभोक्ता समिति अध्यक्ष वैरागीले बालुवा संकलक मजदुरसमेतको सहयोगमा पूर्वी किनारतिर तटबन्ध बाँध्न लागेको जानकारी दिइन्। '६५ मिटर लम्बाइ र ७ सय घनमिटर हुने गरी जालीमा ढुंगा भरेर संरक्षण गर्दैछौं,' उनले भनिन्। पूर्वी किनारतिर नदीले धेरै कटान गरेकाले पहिलो प्राथमिकतामा त्यसलाई राखिएको हो। नदीले कटान गरेको पूर्वी किनारमा गुरुङ जातिको धार्मिक संस्था प्येल्हु संघको भवनलगायत पूर्वाधार छन्। त्यस्तै दर्जनौं भूमिहीनको बस्तीसमेत त्यतैपट्टि छ।
अन्नपूर्ण हिमालको फेदीबाट बगेर आउने सेती नदी पोखरा सहर आइपुग्दा भूमिगतजस्तो लुकेर बग्छ। रामघाट आएपछि भने फिँजारिन्छ। यसै फराक ठाउँमा सेती नदीले भित्ता कटान गर्दै चक्ल्याइरहेपछि सहरकै भविष्यलाई खतरा पुग्ने भन्दै बालुवा निकाल्न रोकिनुपर्ने आवाज उठेको थियो। त्यस्तै आवाज चर्कंदै गएपछि जिल्ला विकास समितिले नदी संरक्षणको पहल थालेको हो। रामघाटमा बालुवा निकाल्ने ठेक्का पनि जिविसले नै लगाउँछ। त्यसैले संरक्षण पनि उसैले गर्नुपर्ने माग स्थानीयले गर्दै आएका थिए। पूर्वी र पश्चिम किनारमा निर्मित शवदाहस्थल पनि सेती नदीले बताइसकेको छ। स्थानीयले साढे २ करोड रुपैयाँ खर्च गरी शवदाहस्थल निर्माण गरेका थिए।
गएको वर्षका लागि आस्था ढुंगा, गिट्टी, बालुवा सप्लायर्सलाई जिविसले ८२ लाख रुपैयाँमा बालुवा निकाल्ने ठेक्का दिएको थियो। यो वर्ष भने सवा करोडमा ठेक्का गएको छ। नदीमा एक्स्काभेटरलगायत उपकरण चलाउन दिइएको छैन तर पनि जथाभावी उत्खनन हुँदा जोखिम भएको हो। जिविसले ठेक्का दिँदा किनारबाट ५ मिटर छाडेर बालुवा निकाल्न भने पनि जथाभावी निकालिँदा नदी कटान बढेको छ। बालुवा ठेक्का दिएपछि त्यसको कुनै अनुगमन नहुँदा बालुवा उत्खननमा लापरबाही हुँदै आएको हो।