बजार अनुगमन गरी म्याद नाघेका सामान नष्ट
१९ फागुन २०७८
•
२ मिनेट पाठ
बजार अनुगमन गरी म्याद नाघेका सामान नष्ट
भक्तपुरको कमलविनायक पाइपलाइनमा बिहीबार बजार अनुगमन गरी म्यान नाघेका सामानहरु नष्ट गरिदिएको छ।

भक्तपुर नगरपालिका अनुगमन समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा वडा नं १० पाइपलाइनमा बजार अनुगमन गरी सामानहरु नष्ट गरिदिएको हो। अनुगमनमा बेष्ट भेराइटीमा मूल्य सुची राख्नुपर्ने, तराजु नापतौल विभागमा नवीकरण गर्न, प्याकेजिङ्ग सामानमा खाद्य विभागबाट अनुज्ञापत्र लिई लेवल राखी मात्र विक्रीवितरण गर्न निर्देशन दिइयो।

यस्तै म्याद नाघेको सामानहरु म्यागो जुस १ वटा, केक गोब्लस् १ पाकेट, ज्ञान आँटा ६ पाकेट, रोजमेरी ८ बट्टा, भ्यासिलिन १ वटा, कोकोनट क्रन्च १ पाकेट, पोटाटो चिप्स १ पाकेट, ल्याक्टोजेन २ पाकेट, सेरेलेक १ पाकेट, फाण्टा १वटा जफत गरी नष्ट गरियो।

लाइभ बेकरीमा मूल्य सुची राख्नुपर्ने, तराजु नापतौल विभागमा नवीकरण गर्न, प्याकेजिङ्ग सामानमा खाद्य विभागबाट अनुज्ञापत्र लिई लेवल राखी मात्र विक्रीवितरण गर्न, ओभन भएको स्थानमा फोहर देखिएकोले सरसफाईमा ध्यान दिन, कामदारलाई एप्रोन, हेयरनेट, र ग्लोब प्रयोग गर्न निर्देशन दिई म्याद नाघेको सामानहरु स्लाइस ७ वटा, तान्ग हेभेन १ पाकेट, क्रिमवेल आईसक्रिम ५ पाकेट र म्याद नाघेको खाद्य कलर जफत गरी नष्ट गरियो।

साथै तीन दिनभित्र कार्यालयमा उपस्थित हुन निर्देशन दियो। एच.के. खाद्य स्टोरमा तराजु नापतौल विभागमा नविकरण गर्न, चामलको बोराहरुमा उत्पादन मिति नभएकोले उत्पादन मिति नभएको विक्री वितरण नगर्न निर्देशन दियो।

त्यस्तै राज्यलक्ष्मी कोण्डाको किराना पसलमा मूल्य सुची राख्नुपर्ने, तराजु नापतौल विभागमा नवीकरण गर्न, याद नाघेको सामानहरु छुट्टै राख्न निर्देशन दियो। गिरी किराना तथा खुद्रा स्टोरमा मूल्य सुची राख्नुपर्ने, तराजु नापतौल विभागमा नवीकरण गर्न निर्देशन दिई म्याद नाघेको सामानहरु शुद्ध आटा १ पाकेट, सेभियान सुजी २ पाकेट जफत गरी नष्ट गरियो।

ज्यू आमाको पसलमा मूल्य सुची राख्नुपर्ने, तराजु नापतौल विभागमा नवीकरण गर्न, प्याकेजिङ्ग सामानमा खाद्य विभागबाट अनुज्ञापत्र लिई लेवल राखी मात्र विक्री वितरण गर्न निर्देशन दियो। पाइपलाइन ऐला वेभरेज नवीकरण गर्न, मूल्य सुची राख्नुपर्ने, तराजु नापतौल विभागमा नवीकरण गर्न निर्देशन दिई म्याद नाघेको सामानहरु जम्बो ड्यु ७ वटा, ५०० मिलिको ड्यु ८ वटा, पशुपति पापड ५ पाकेट, विकानेट पापड ६ पाकेट जफत गरी नष्ट गरिएको वडा निरिक्षक रामकृष्ण प्रजापतिले बताए।

अनुगमन समितिका सदस्य हरिराम सुवाल, रोशनमैंया सुवाल, भनपा श्यानिटेशका नगर निरीक्षक. दिलिपकुमार सुवाल, वडा निरीक्षक.रामकृष्ण प्रजापति, उद्योग वाणिज्य संघका गौतम सुजखु, राष्ट्रिय उपभोक्ता मञ्चका लक्ष्मी भण्डारी, महानगरीय प्रहरी प्ररिसरका प्रहरी सहायक निरीक्षक रेशमबहादुर कार्की, घरेलु तथा साना उद्योग संघका लक्ष्मीप्रसाद कवाँको सहभागिता थियो।
अर्को समाचार
भक्तपुरमा बजार अनुगमन : म्याद नाघेका सामान नष्ट
३० असार २०७८
•
१ मिनेट पाठ
भक्तपुरमा बजार अनुगमन : म्याद नाघेका सामान नष्ट
भक्तपुर नगरपालिका अनुगमन समितिले बुधबार नगरको लिवाली क्षेत्रका बजार अनुगमन गरी म्याद नाघेका समान नष्ट गरेको छ।

समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा लिवालीमा खाद्य पसल अनुगमन गर्दा खाद्य अनुज्ञापत्र नलिई प्याकेजिंग सामानमा लेवल नराखी विक्रीवितरण भएको, खाद्यको अनुज्ञापत्र विना लेवल हातले लेखी राखेको र म्याद नाघेको सामान भेटीएको जफत गरी नष्ट गरेको जनाएको छ।  

अनुगमन टोलीले शर्मिला किराना पसल, आयान किराना पसलमा राखिएको सामानमा खाद्य अनुज्ञापत्र लिई लेवल राखी मात्र विक्रीवितरण गर्न, मूल्यसूचि राख्न, सरसफाइमा ध्यान दिन, तराजु नवीकरण गर्न निर्देशन दिई म्याद नाघेको सामानहरु धावत मखन २ पाकेट, ओरेन्ज जुस १ बट्टा, ह्यापी घ्यू १ बट्टा जफत गरी नष्ट गरेको थियो।

टोलीले नविन स्टोर, लिवाली खाद्यान स्टोर, लवजू किराना पसल, आसगोपाल किराना पसल सञ्चालकलाई सचेत गराएको वडा निरिक्षक रामकृष्ण प्रजापतिले बताए।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock २ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock २ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ३ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ४ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस