सिन्धुलीका चारवटा ठुला खाद्यान्न सप्लायर्समा जिल्ला अनुगमन समिति सिन्धुलीले अनुगमन गरेको छ। अनुगमनका क्रममा म्याद नाघेका सामान जफत गरि नष्ट गरिएको प्रमुख जिल्ला अधिकारी भरत खनालले बताए।
अनुगमन समितिले ९२ बोरा चिउरा, चामल र कनिका नष्ट गरेको छ। उद्योग वाणिज्य कार्यालय सिन्धुलीको संयोजकत्वमा सिन्धुलीको तीनपाटन गाउँपालिकास्थित चकमके बजारमा अनुगमन गर्ने क्रममा १५ हजार बराबरको म्याद नाघेका सामान नष्ट गरेको छ।
एक महिनापछाडिको म्याद राखेर उत्पादन गरिएको भुजा फेला परेपछि कमलामाई नगरपालिका ६ राम्माणीस्थित विवेक भुजा उद्योगका शिवलाल चौधरीलाई २० हजार नगद जरिवाना गरिएको छ।
यस्तै प्रमुख जिल्ला अधिकारीको निर्देशनमा कमलामाई नगरपालिका ६ रातमाटाकै सन्तोष शाह प्रोपाइटर रहेको रानी इन्टरप्राइजेजबाट ३८ बोरा म्याद नाघेको चिउरा डम्पिङ साइडमा फ्याँकिएको छ। म्याद नाघेका ३४ हजार दुई सय रुपैयाँबराबरको चिउरा नष्ट गरिएको उद्योग वाणिज्य कार्यालय सिन्धुलीका प्रमुख धु्रव ढकालले जानकारी दिए।
यस्तै अनुगमन समितिले कमलामाई नगरपालिका ४ ढुंग्रेबासका जयकुमार दास प्रोपाइटर रहेको कमला सप्लायर्स र रोबन सप्लायर्सबाट म्याद सकिन डेढ महिना बाँकी हँुदै म्याद थपेर रिप्याकेजिङ गर्दै गरेको अवस्थामा फेला पारिएको २७ बोरा चिउरा जफत गरी नष्ट गरिएको छ।
प्रमुख जिल्ला अधिकारी भरत खनालकै अगुवाइमा उक्त सप्लायर्समा अनुगमन गरिएको थियो। सप्लायर्सबाट १८ बोरा झोला चिउरासमेत जफत गरी नष्ट गरिएको छ। यस्तै म्याद गुज्रेका ६ बोरा चामल र ३ बोरा कनिका नष्ट गरिएको प्रजिअ खनालले जानकारी दिए।
‘म्याद सकिनै लागेका सामानलाई म्याद थप गरी प्याकिङ गर्दै गरेको अवस्थामा फेला पारेका हौं’, प्रजिअ खनालले भने। समितिले उक्त सप्लायर्सबाट चामल, चिउरा, कनिका गरी ९७ हजार बढीको खाद्यान्न नष्ट गरेको छ।
यस्तै सोही सप्लायर्सबाट म्याद नाघेको क्लासकोला नामक पेय पदार्थ १७ सय ७६ पिस नष्ट गरिएको प्रजिअ खनालको भनाइ छ। ६७ हजार पाँच सय मूल्य बराबरको क्लासकोला नष्ट गरिएको अनुगमन समितिले जनाएको छ।
कमला सप्लायर्सलाई म्याद सकिनै लागेको सामान म्याद थपेर प्याकिङ गरेको भन्दै प्रादेशिक व्यापार व्यवसाय ऐन २०७६ अनुसार रिप्याकिङ गरेको कसुरमा दुई लाख पचास हजार जरिवानासमेत गरिएको उद्योग वाणिज्य कार्यालय सिन्धुलीका प्रमुख ढकालले जानकारी दिए।
यस्तै कमलामाई नगरपालिका ७ स्थित दिनेश एन्ड सप्लायर्समा १ सय ७२ बोरा मकैका दानामा म्याद नभेटिएकाले सो सामान फिर्ता गर्नुपर्ने र फिर्ता गरेको जानकारी गराउनुपर्ने निर्देशन भएको अनुगमन समितिले जनाएको छ।
जिल्लास्थित खाद्यान्न पसलबाट म्याद नाघेका सामान बजार गएको सूचना पाएपछि अनुगमन गरिएको र उपभोक्ताको स्वास्थ्यलाई ध्यानमा राखी अस्वस्थ खाद्यान्न तथा म्याद नाघेका सामान नराख्न समितिले अनुरोध गरेको छ।
ठुलो परिमाणमा खाद्यान्न डम्पिङ साइडमा फ्याँकिएकोमा उद्योग वाणिज्य संघ सिन्धुलीले आपत्ति जनाएको छ। संघका अनुसार म्याद नाघेको नाउँमा त्यति ठुलो परिमाणमा खाद्यान्न नष्ट गर्नु उचित होइन। संघका अध्यक्ष अर्जुनकुमार श्रेष्ठले भने, ‘म्याद नाघ्न डेढ महिना बाँकी रहेका चिउरासमेत फालियो, जुन उचित होइन।’
अध्यक्ष श्रेष्ठले व्यापारीलाई हतोत्सहित पार्ने गरी अपराधीलाई जस्तो रात्रि समयमा अनुगमन गर्ने प्रशासनबाट अभद्र व्यवहार भएको भन्दै आपत्ति जनाएका छन्।