काठमाडौं-काठमाडौं महानगरपालिकाले बर्सेनि लाखौं रुपैयाँ खर्च गरेर सञ्चालन गरिरहेको मेट्रो एफएमले महानगरबासीलाई आफ्नो सरोकारका गतिविधि सम्प्रेषण गर्न सकेको छैन। महानगरपालिका प्रशासनले वास्ता नगर्दा काम गर्नेले आफूखुसी कार्यक्रम सञ्चालन गरेर एफएमलाई राजनीतिक गफ गर्ने भाँडो मात्र बनाएको सरोकारवालाको आरोप छ।
उद्देश्यमुखी कार्यक्रम प्रसारण नहुँदा दक्षिण एसियामै स्थानीय निकाय स्तरबाट सञ्चालित पहिलो भनिएको एफएम सञ्चालन वा बन्द भन्ने दोधारको अवस्थामा पुगेको छ।
महानगरपालिकाले बेवास्ता गर्दा बर्सेनि तलब तथा भत्ताका लागि ६८ लाख रुपैयाँ लगानी खेर गएको छ। महानगरका एक कर्मचारीका अनुसार बिहान पत्रिका हेरेर समाचार भन्नुदेखि राजनीतिक नेतासँगको गफ, सामाजिक संस्थालाई फाइदा हुने कार्यक्रम, रसियन भाषाका कार्यक्रमसहित दैनिक साढे १६ घन्टा प्रसारण हुन्छ।
‘प्रत्येक दिन बिहान पौने आठदेखि पौने नौसम्म आउने नेपाल भाषाको ‘नेपाल मण्डल' नामक कार्यक्रमले संघीयताका गफ प्रसारण गरिरहन्छ,' एफएमका एक असन्तुष्ट कर्मचारीले भने, ‘महानगरपालिकामा बढीजसो नेपाल भाषी भएका कारण महानगरपालिकाका गतिविधि प्रसारण गर्नुपर्नेमा मनपरी भएको छ।'
त्यस्तै तामाङ, मिथिला, मगर, भाषामा कार्यक्रम सञ्चालन गरेर महानगरका नक्सा पास, दर्ता लगायत कार्यक्रम सञ्चालन गर्नुपर्नेमा मनलाग्दी कार्यक्रम सञ्चालन गरिएको उनले बताए। यसबाहेक प्रत्येक शनिबार १ बजेदेखि २ बजेसम्म चाइनिज, पाकिस्तानी, हिन्दी, थाइल्यान्ड क्षेत्रका गीत पनि प्रसारण गरिन्छ।
‘बिहान छ बजे प्रसारण हुनुपर्ने समाचार पनि कहिले समयमा हुन्छ, कहिले हुँदैन। यसमा सम्पूर्ण समाचार पत्रिकाको हुन्छ। तर पत्रिकाको स्रोत खोलिँदैन,' उनले भने, ‘पत्रकारहरुलाई पनि सही तरिकाले काम लगाउने र समाचार खोज्न लगाउने प्रबन्ध भएको छैन।'
महानगरले एफएमलाई भनेर २१ पत्रकारलाई जागिर दिएको छ। ‘दैनिक सञ्चालन हुने कार्यक्रमको कार्ययोजना हुँदैन,' उनले विकृति प्रस्ट्याए, ‘एफएम स्टेसन म्यानेजर (सूचना शाखा प्रमुख रामप्रसाद पौडेल) लाई उनीहरुले ‘के प्रसारण हुँदैछ भन्ने पनि जानकारी हुँदैन।' सबैले आफूखुसी कार्यक्रम सञ्चालन गर्नुबाहेक केही नहुने ती कर्मचारी दाबी गर्छन्।
महानगरपालिकाको सेवा सुविधाबारे सूचना प्रदान गर्ने भन्दै २०५६ मा महानगरका तत्कालीन मेयर केशव स्थापितले स्थापना गरेको ‘मेट्रो एफएम ९४.६ मेगाहर्ज' ले बिस्तारै आफ्नो बाटो छोडिरहेको महानगरकै जिम्मेवार कर्मचारी बताउँछन्।
‘स्थानीय सरकारले पनि राष्ट्रिय सरकारको जस्तो न्यायपालिका, कार्यपालिका र व्यवस्थापिका बनाउने अवधारणा अनुसार सूचना सम्प्रेषणका लागि महानगरबासीमैत्री एफएम सञ्चालन भएको हो,' महानगरपालिका सूचना शाखा प्रमुख रामप्रसाद पौडेलले भने, ‘पछिल्लो पटक एफएम सञ्चालनमा विकृति आएका छन्, जस्तो, स्थानीय समाचारलाई प्रथामिकतामा पारिएको छैन। राजनीतिक गफ धेरै भएका छन्। यसका लागि कार्यक्रम सञ्चालन प्रणाली विकासको तयारीमा छौं।'
उनले महानगरपालिकाको बेवास्ताका कारण एफएम बन्द गर्ने वा सञ्चालन गर्ने दोधारमा रहेको बताए। सूचना तथा सञ्चार विभागलाई २०५८ सालमा शाखाका रुपमा झारिएपछि एफएमलाई महानगरले हेला गरेको उनको बुझाइ छ।
‘एकपटक बन्द गर्ने कुरा चल्दा पत्रकार महासंघले सूचना दिने माध्यम बन्द नगर्न सुझाव दियो। अहिले हामीले यसलाई पुरानै अवस्थामा फर्काउनका लागि अध्ययन गरिरहेका छौं,' उनले भने, ‘सम्भवतः नयाँ आर्थिक वर्ष यसलाई पुनः राम्ररी सञ्चालन गर्छौं।'