सिटी मार्केटको ६५ लाख उठ्न सकेन
१४ चैत्र २०७१
•
४ मिनेट पाठ
सिटी मार्केटको ६५ लाख उठ्न सकेन
काठमाडौं-महानगरपालिकाले ‘सिटी मार्केट'का पसलेबाट भाडाबापत लिनुपर्ने ६५ लाख रुपैयाँ उठाउन सकेको छैन। महानगरले मार्केटका पहिलेका व्यवस्थापकले पनि करिब दुई करोड रुपैयाँ नतिरेपछि पाँच महिनाअघि हटाएको थियो।
तीनलाई हटाएर आफैं पैसा उठाउने व्यवस्था गरे पनि त्यहाँका पसलेले पाँच महिनादेखिको भाडा दिएका छैनन्। महानगरपालिका पुरानो बसपार्कस्थित सिटी मार्केटको राजस्व उठाउन असफल भएको छ। व्यवस्थापक हटाएपछि अर्को टेन्डर नहुन्जेल महानगर आफैंले मासिक रुपमा भाडा उठाउन गरेको प्रयास असफल भएको हो। मार्केटका १ सय २३ वटा पसल मालिकबाट भाडा उठाउन महानगरले पटकपटक सूचना जारी गरिसकेको छ।
‘उनीहरुले शुक्रबारसम्म तिर्छौं भनेका छन्,' महानगरपालिका राजस्व महाशाखा प्रमुख ध्रुव काफ्लेले भने, ‘त्यसपछि पनि नभए कडा कारबाहीमा जान्छौं।' त्यहाँ रहेका १ सय ४२ वटा कोठामा १ सय १३ वटा पसल भाडामा छन् जसले मासिक १२ लाख ९७ हजार रुपैयाँ भाडा तिर्नुपर्ने प्रावधान छ।महानगरपालिकाले सञ्चालन थालेपछि सात दिनमा दाखेला गर्न सूचना पहिलो पटक जारी गरेको थियो। उनीहरुले त्यसलगत्तै फेरि सात दिनको म्याद दिए पनि बेलाबेलामा पसलेहरुसँगको बैठकका कारण फेरि शुक्रबारसम्म दिने भन्दै महानगरपालिकाले छाडे पनि दिएनन्।
५७ सालदेखिको २ करोड १९ लाख रुपैयाँ बक्यौता नतिरेको भन्दै महानगरपालिकाले सुरेन्द्रप्रसाद दाहाल सञ्चालक भएको ग्रान्ड सिटी मार्केट प्रालिलाई व्यवस्थापनबाट हटाएको हो। पुरानो सञ्चालकले लिएको धरौटी रकम फिर्ता हुनुपर्ने र सेवासुविधा पनि बढाउनुपर्ने भन्दै रकम तिर्न आनाकानी गरिरहेको बजार व्यवसायीले जनाएका छन्।
‘हामीले भाडा नदिने भनेका छैनौं, तर हामीले सेवासुविधा पाएपछि र पुरानो सञ्चालकसँग हिसाबकिताब मिलेपछि मात्र दिन्छौं,' सिटी व्यापार संघका सल्लाहकार केसरी गौतमले नागरिकसँग भने, ‘हामीले व्यवसायीहरुको बैंक खातामा भाडा डिपोजिट गरेका छौं। हाम्रा माग पूरा भएर भाडा हस्तान्तरण गर्छौं।'
यसबारे महानगरपालिकासँग पटकपटक बैठक बसे पनि शुक्रबारै रकम दिने नदिनेबारे उनले प्रस्ट्याएनन्। ‘राज्यको सम्पत्ति नदिने भन्ने होइन,' उनले भने, ‘पहिले हाम्रो सम्पत्ति र सुविधा पनि यकिन भएपछि हामी विश्वस्त हुन्छौं।'
पूर्व सञ्चालक दाहालले आफैंले बक्यौता तिरेर फेरि पाउनुपर्ने अन्तरिम आदेश लिन सर्वोच्च अदालत पुगेका कारण नयाँ सञ्चालक महानगरपालिकाले खोज्न सकेको थिएन। कर्मचारीस्रोतका अनुसार मंगलबार सर्वोच्च अदालतले अन्तरिम आदेश नदिएपछि नयाँ टेन्डर गर्ने बाटोसमेत खुलेको छ।
दाहालको सम्पत्ति जफत गरेर बक्यौता रकम उठाउने काम पनि प्रारम्भ भइसकेको उनले बताए। ‘हामीले राष्ट्र बैंकलाई दाहालको असुलउपर गर्न यस्तो प्रक्रिया थालिएको छ,' उनले भने, ‘उनको चल/अचल सम्पत्तिबाट बक्यौता जफत गरिनेछ।' कात्तिक पहिलो साता अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दाहालसँग सम्झौता तोड्न, बक्यौता उठाउन र टेन्डरबाट सञ्चालक छनोट गर्न निर्देशन दिएको महानगरपालिकाले जनाएको छ।
अर्को समाचार
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
६ घण्टा अघि
•
१ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। आइतबार साँझ करिब ५:५० बजे रुकुम खलंगाबाट दुलीतर्फ जाँदै गरेको लु १ ज २१६० नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब १० देखि १५ मिटर तल खसेको हो। Yetiairlinescontenttopbanner दुर्घटनालगत्तै खटिएको प्रहरी टोलीले घाइते ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिम पठाएको थियो। तीमध्ये जीप चालक रुकुम पश्चिमकै मुसिकोट नगरपालिका-९ का करिब २८ वर्षीय भीम सिंह बुढामगरलाई साँझ ७:१० बजे चिकित्सकले जाँच गरी मृत घोषणा गरेका थिए।

दुर्घटनामा बाँफिकोट गाउँपालिका-८ दुलीकी करिब ३१ वर्षीया निर्मला के.सी., उनका करिब २ वर्षीय छोरा दिनेश के.सी., सोही स्थानकी करिब ३२ वर्षीया मनिषा बस्नेत र करिब ३६ वर्षीय कर्णबहादुर खत्री घाइते भएका छन्। घाइतेमध्ये निर्मला, मनिषा र कर्णबहादुरको अवस्था सामान्य छ भने दिनेशको अवस्था मध्यम रहेको छ।

यस्तै, सोही दुर्घटनामा मुसिकोट नगरपालिका-१० की करिब १८ वर्षीया जेनिशा वली घाइते भएकी छन्। उनको अवस्था मध्यम रहेको छ। जीपमा चालकसहित १० जना सवार रहेकोमा अन्य चार जना सकुशल छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस