प्यूठान–चट्याङ लागेर प्यूठानमा एक बालिकाको ज्यान गएको छ। नारिकोट–८, धनमुढा निवासी ९ वर्षीया बालिका राधिका सुनारको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
गएराति परेको चट्याङबाट स्थानीय ४ जना घाइत छन्। प्रहरीका अनुसार २२ वर्षीया लक्ष्मी बिक, १६ वर्षय केयरसिंह सुनार, २२ वर्षीया सुकमारी सुनार र १८ वषीया पुष्पा सुनार घाइते भएका छन्।
विपन्न परीवारका घाइते उनीहरुको उपचार हुन सकेको छैन।
महिला र केटाकेटी मात्र घरमा भएकाले र आर्थिक अभावका कारण घाइतेहरुको उपचार हुन नसकेको स्थानीयले गुनासो गरेका छन्। चट्याङ लागेरै स्थानीय नरबहादुर कुवरको एउटा गाई मरेको छ भने लक्ष्मण सुनारको घर चर्केको छ।